सङ्घीय संसदअन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ । सोमबार दिउँसो १ बजेदेखि सुरु भएको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने छ ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको उपभोक्तको दृष्टिमा गठबन्धन सरकारको एक वर्ष विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ९कोइराला०ले नेकपा९माओवादी केन्द्र०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहितका माओवादी नेताहरूसँग छलफल गर्नुभएको छ ।
काठमाडौँकोे भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को गोदामघरमा गत बुधबार भएको आगलागीको छानबिन गर्न समिति गठन गरिएको छ । आगलागीबाट परिषद्का महत्त्वपूर्ण दस्तावेज नष्ट भएको थियो तर त्यसको क्षतिको विवरण अहिलेसम्म आएको छैन ।
सरकारले थप कडाइसहित विभिन्न दस वस्तुको आयातमा लगाएको बन्देजलाई निरन्तरता दिएको छ । आगामी भदौ १४ गतेसम्मका लागि ती वस्तुको आयातमा बन्देज लगाइएको हो । सरकारले गत वैशाख १३ गतेदेखि असार मसान्तसम्मका लागि कुरकुरे, कुरमुरे, लेजजस्ता उत्पादन, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सूर्तीजन्य वस्तु, हीरा, छ सय अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजन, एम्बुलेन्स र शववाहनबाहेक जिप, कार र भ्यान, सबै प्रकार खेलौना र तासको आयात बन्देज लगाएको थियो । यिनै वस्तु आयातमा लगाइएको बन्देजलाई भदौ १४ गतेसम्मका लागि निरन्तरता दिने निर्णय असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।
माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवर्धक भारतीय कम्पनी जीएमआर अपर कर्णालीलाई सरकारले दुई वर्ष थप गरेको छ । आयोजनाको वित्तीय व्यवस्थापन गर्न नसकेर अलमलिरहेको सो प्रवद्र्धकलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वित्तीय व्यवस्थापनका लागि सो समय थप गर्ने निर्णय गरेको हो । नौ सय मेगावाट क्षमताको यो आयोजना विकासका लागि सन् २०१४ मा नेपाल सरकार र जीएमआरबीच परियोजना विकास सम्झौता (पीडीए) भएको थियो ।
बिरामी बोक्ने एम्बुलेन्सले आफूखुसी भाडा असुल गर्न थालेका छन् । पछिल्लो समय पेट्रोलियम पदार्थमा भइरहेको मूल्य घटबढको एम्बुलेन्सले आफूखुसी भाडा असुल गर्न बाटो खुलेको हो । केही वर्षअघि निर्धारण भएको एम्बुलेन्सको भाडामा समयअनुसार परिमार्जन हुन नसक्दा एम्बुलेन्स सञ्चालकले फरक–फरक भाडा असुल गर्ने गरेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग व्यवसायको प्रवद्र्धन गरी राष्ट्रिय उत्पादन बढाउनुपर्नेमा जोड दिनुुभयो । आइतबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३५औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री बडूले समग्र औद्योगिक क्षेत्र विस्तार गरी उत्पादन वृद्धि गर्नुपर्ने बताउनुभएको हो । यसका लागि निजी क्षेत्रसँग सहकार्य गर्न अत्यावश्यक रहेको उहाँको भनाइ छ ।
योगमायाको जीवनी र योगदान’ नामक कृति सार्वजनिक गरिएको छ । पुस्तकमा योगमायाले समाज सुधारमा गरेको योगदान, तत्कालीन समाजको चेतनाको स्तर, यसले राणाशासनमा परेको प्रभावलगायतका विविध आयाम समेटिएका छन् । ८० जनाभन्दा बढी नेपाली लेखकले कलम चलाएको यस पुस्तकको सम्पादन लेखनाथ भण्डारीले गर्नुभएको छ । भोजपुर जिल्लाको नेपालेडाँडा मझुवाबेँसीमा बसेर योगमाया र उनका अनुयायीले साधना र बलिदानीको काम गरेका थिए । योगमायालाई विद्रोही चेत भएकी, समा
भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवार बनेका अधिकांश उम्मेदवारले खर्च विवरण नबुझाएको पाइएको छ । निर्वाचन कार्यालय जाजरकोटले का अनुसार कुल एक हजार २९८ जना उम्मेदवार मध्य हालसम्म ५५२ जनाले मात्र खर्च विवरण बुझाएका छन् ।
नेपालका प्राचीन संस्कृतिअनुरूप साउन १ गते साँझ घरघरमा लुतो फाल्ने प्रचलन छ । लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आए पनि विस्तारै त्यस क्रममा प्रयोग गरिने सामग्रीबारेको जानकारी नयाँ पुस्तामा खासै छैन । ‘लुतो लैजा, पिलो लैजा, रोग लैजा भन्दै चिच्याउँदै’ ८१ वर्षीय तुलसीराम विष्ट साउने सङ्क्रान्तिका दिन लुतो फालेको सम्झिनुहुन्छ ।
गुराँस गाउँपालिकामा शुक्रबार साँझ करार कर्मचारीले गरेको आन्दोलनमा भएको गोलीकाण्डको सत्य तथ्य बुझ्न छानबिन समिति गठन गरिएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकपछि दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव ज्ञानमणि नेपालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
‘कबड्डी–४ : द फाइनल म्याच’ ले बक्स अफिसमा ५१औँ दिन मनाएको छ । घरेलु बक्स अफिसमा सर्वाधिक कमाइ गर्ने चलचित्रको रेकर्ड राख्दै शनिबार ५१ दिन पार गरेको हो । जेठ १३ गतेदेखि प्रदर्शन भइरहेको चलचित्र अहिले पनि काठमाडौँका मल्टिप्लेक्समा चलिरहेको छ । नेपालमा मात्र नभई फिल्मले विदेशी बजारमा पनि नयाँ–नयाँ रेकर्ड राखेको छ ।
मेरो मनले खाएका थोरै भेनाजुहरू हुनुहुन्छ । उहाँहरूमध्ये सन्तबहादुर राईको शालीनता, प्रशासनिक क्षमता, मुगाधन राईको जुझारु भावना र शरदचन्द्र शर्मा भट्टराईको धैर्य, लगनशीलता र प्राज्ञिक चेतनासँग म कायल छु ।