हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पछिल्लो समय तनहुँमा डेंगुको प्रकोप बढेको छ । डेंगुको प्रकोप बढ्न थालेपछि सरकारी तथा निजी अस्पताल र स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढेको हो । साढे दुई महिनाकै अवधिमा जिल्लामा झण्डै एक हजार जनामा यसको सङ्क्रमण देखिएको छ ।
गुल्मीदरबार गाउँपालिकाले अविवाहित महिला र पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले ४० वर्ष पूरा भएका महिला र ४५ वर्ष पूरा भएका अविवाहित पुरुषलाई सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिने भएको हो ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण सुहाउँदो विद्युतीय सवारी साधनको प्रवर्द्धनमा सरकारले थप नीतिगत प्रबन्धका अलावा थप सहजीकरण गर्ने बताउनुभएको छ ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड जहाजको इन्जिन मर्मतका लागि इजरायल पठाइने भएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले तीनकुने हत्या प्रकरणमाथि अनुसन्धान जारी रहेको बताएको छ ।
विश्वभरिका गैरआवासीय नेपालीको साझा संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका ८, नयाँगाउँ नजिकै ढकेरी–सम्शेरगन्ज सडकखण्डमा एक्कासी ठूलो खाल्डो (ढ्वाङ) परेको पाइएको छ ।
हेटौंडामा चिकित्सकमाथि भएको आक्रमणपछि आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारले गठन गरेको वार्ता टोलीबीच छलफल सुरु भएको छ।
नेपाली हिन्दु नारीहरुको महान् चाड हरितालिका तीजका अवसरमा यतिबेला बजारमा तीजको चहलपहल बढेको छ । केहिदिन अगाडिदेखि तीज मनाउने प्रचलन सुरु भएसँगै किनमेल गर्नेको पनि भीड देखिन्छ ।
संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी आयातमा कर तथा भन्सार छुटको सहमति प्रदान गरिदिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ४२ दशमलव १४ अङ्कले घटेको छ । नेप्से परिसूचक दुई दशमलव ०९ प्रतिशतले घटेर एक हजार नौ सय ६४ दशमलव ९१ अङ्कमा कायम भएको हो ।
गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले जनयुद्धले नेपाली महिलाहरुको हक र अधिकारलाई स्थापित गरेको बताउनुभएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आइतबार सार्वजनिक भएका छन् । सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्नेसहित विभिन्न २३ वटा निर्णय गरेको छ ।
पोखरामा दोस्रो राष्ट्रिय फुटसल प्रतियोगिता असोजमा हुने भएको छ । राजन एन्ड द ब्रदर्शको आयोजनामा असोज २७ देखि ३० गतेसम्म पोखरा रंगशालास्थित कभर्ड हलमा फुटसल हुन लागेको हो ।