पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने
जहाँ छन् बुद्धका आँखा (२०७८) कवि बमबहादुर थापा ‘जिताली’को नवप्रकाशित गीतिकविताहरूको सङ्ग्रह हो । ‘जिताली’को यो कृति रचनाको प्रकृतिका आधारमा खण्ड क, खण्ड ख, खण्ड ग र खण्ड घ गरी चार भागमा विभक्त छ । यसरी समग्रमा यस कृतिमा अधिकांश एक पृष्ठका र केही दुईदेखि चार पृष्ठसम्मको आयामका १५३ वटा रचना समाहित छन् ।
दाङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन मिति नजिकिँदै गर्दा सरकारी तथा गैरसरकारी क्याम्पस÷कलेजहरूमा निर्वाचन सरगर्मी बढेको छ । यही महिनाको ५ गते हुने स्ववियु निर्वाचनका क्रममा क्याम्पसहरूमा राजनीतिक चहलपहल बढेको छ । स्ववियु निर्वाचनका उम्मेदवारहरूले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।
सडक निर्माणको ठेक्का लिएको साढे पाँच वर्षपछि पुनर्निर्माण कार्य सुरु भएको छ । बाँकेको खजुरास्थित दुई किलोमिटर सडक अलपत्र अवस्थामा थियो । स्थानीयको चौतर्फी दबाब र विरोधपछि सडक निर्माणको काम पुनः सुरु गरिएको हो । फोरलेनको उक्त सडक निर्माण गर्ने जिम्मा गजुरमुखी निर्माण सेवा इलामले पाएको थियो ।
गत कात्तिक २ गते अर्घाखाँची, भूमिकास्थान नगरपालिका–१, साम्ने गाउँ बस्ने ६९ वर्षीय वीरबहादुर गमालको आफ्नै दाजु ७६ वर्षीय हिमबहादुर गमालले घोप्टेसाल भन्ने स्थानमा रहेको भीरबाट धकेलेर भाइको हत्या गरे । भीरबाट लडेर भाइको मृत्यु भएको खबर फैलिएसँगै प्रहरीले अनुसन्धानका लागि दाइ हिमबहादुरलाई पक्राउ गरेका हुन् ।
एकै व्यक्तिका अनेक रूप– कवि, बाल कथाकार, पत्रकार, सम्पादक, सङ्कलक तथा अनुसन्धानकर्ता । एकमा ब
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको जलाशयमा हुने जलयात्रा सङ्कटमा परेको छ। कालीगण्डकी कोरिडोर र छेउछाउमा मोटरबाटोको माटो जलाशयमा खस्दा जलयात्रा सङ्कटमा परेको हो। मिर्मीबाट धार्मिकस्थल सेतीबेनी जान र स्थानीय पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले बनाइएको छ किलोमिटर जलाशय पुरिएर दुई किलोमिटर जलयात्रा छोटिएको छ। २० वर्ष पहिला बनेको आँधीखोला ड्यामबाट सेतीबेनीसम्म नै जलयात्रा हुने गरेकोमा अहिले दुई किमि वरै झरेर शिलाको दर्शन गर्न जानुपर्ने बाध्यता रहेको छ।
देशकै सबैभन्दा धेरै मतदाता रहेको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्ववियु निर्वाचनका लागि फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यसूची राखिएको थियो। तर क्याम्पसको निर्वाचन कार्यालयमा लागेको ताला नखुल्दा उम्मेदवारी दर्ता हुन सकेन। उम्मेदवारी दर्ता अगावै निर्वाचन समितिले विद्यार्थीको व्यक्तिगत विवरण सार्वजनिक गरेको भन्दै विद्यार्थी सङ्गठनहरूले तालाबन्दी गरेपछि उम्मेदवारी दर्ता हुन नसकेको हो।
नियमनकारी निकाय जिम्मेवार नहुँदा आमउपभोक्ता दैनिक उपभोग्य वस्तुको मूल्य र गुणस्तरमा समस्या भोग्न बाध्य भएको सरोकारवालाले गुनासो गर्दै आएका छन् । विश्व उपभोक्ता दिवसका अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चले बिहीबार राजधानीमा आयोजना गरेको ‘सार्वभौम उपभोक्ता र बजारको वर्तमान अवस्था’ विषयक अन्तक्र्रियामा सहभागी सरोकारवालाले यस्तो गुनासो गरेका हुन् ।
जुम्लामा पहिलो पटक उच्च गतिको फाइबर इन्टरनेट सुरु भएको छ । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक वल्र्ड लिङ्क कम्युनिकेसनले कर्णाली प्रदेशमै पहिलो पटक जुम्लामा यस्तो सेवा सुरु गरेको हो । काठमाडौँकै गुणस्तर बराबरको फाइबर इन्टरनेट जुम्लामा सुरु गरिएको कम्पनीका अध्यक्ष दिलीप अग्रवालले बताउनुभयो ।
काकाकुल काठमाडौंँको तृष्णा मेटाउन मेलम्ची खानेपानी आयोजनालाई उपयुक्त विकल्पका रूपमा लिइए पनि यो समस्या समाधानको सबै विकल्प होइन । मेलम्ची क्षेत्रको भौगोलिक बनावट कमजोर देखियो । आयोजना सञ्चालनमा नआउँदै ठूलै समस्या देखियो । त्यसैले मेलम्ची मात्रले काठमाडौँ उपत्यकाको मागअनुरूप खानेपानीको आपूर्तिमा समस्या समाधान कठिन हुने देखिएको छ । प्राकृतिक कारणले कुनै पनि बेला पानीको सुरुङ बन्द गर्नुपर्ने अवस्था आउन सक्ने छ । यस्तै अनेक कारणला
संसारकै सबभन्दा ठूलो अर्थात् २४५ मिटर अग्लो कपिलवस्तु नगरपालिकाभित्र बुद्धको मूर्तिसहित पार्क निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारी पत्रमा अन्तर्राष्ट्रिय बौद्धिष्ट सेन्टरका प्रमुख चोइङ क्विइ सेङ स्टेवार्ड, सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतम र कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले हस्ताक्षर गर्नु भएको हो ।
वि.सं. २०४६ को जनआन्दोलन उत्सर्गमा पुगेको बेला थियो, त्यो चैतको महिना । त्यसो त, माघ महिनामै जनआन्दोलनका कमान्डर लौहपुरुष गणेशमान सिंहको नेतृत्वमा सिंहकै निजी निवास चाक्सीबारी, क्षेत्रपाटीबाटै जनआन्दोलनको घोषणा भइसकेको थियो । त्यसपश्चात्, करिब एक महिना पुग्दानपुग्दै फागुन ७ गतेदेखि औपचारिक आन्दोलन सुरु भएको थियो । आन्दोलनको सुरुवात् हुनु के थियो त्यसअन्तर्गत सडक–सडक, गल्ली–गल्ली, चोक–चोकमा तत्कालीन पञ्चायतको विरुद्ध प्रत्येक दिन दिनभर जुलुस, कोणसभाहरू हुन्थे भने प्रायः बेलुकीपख ‘ब्ल्याक आउट’को आह्वानका साथ मसाल जुलुसहरू निस्कन्थे । त्यतिखेरै हो राजधानीवासीले सिधै तत्कालीन राजा–रानीमाथि तथानाम गालीगलौज मिसिएका अश्लील खालका समेत नारा सुनेका । डरभर कसैलाई थिएन, स–साना केटाकेटीदेखि लिएर युवा मात्रै होइन बूढापाका पनि आन्दोलनका समर्थनमा निस्फिक्री सडकमा उत्रन्थे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जति चाँडो विदेशिन सक्यो, त्यसलाई नै मूल उपलब्धिका रूपमा हामीले लिने गरेका छौँ । पीआर पाइयोस्, विदेशी नागरिक भइयोस्, त्यसैमा वीरता ठान्दै संसार जितेको महसुस गर्ने अभ्यासमा नेपाली अभ्यस्त भएका छन् । हो, देशमा रेमिट्यान्स भित्रिएको छ । नेपालको अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदानकर्ता बनेको छ । मानिसलाई बसाइँ सर्ने अधिकार छ, यो नैतिक मुद्दा हुनु हुँदैन । हामी सबै व्यक्ति हौँ, आफ्ना लागि कहाँ जाने भनेर छनोट गर्न हामी स्वतन्त्र पनि छौँ तर त्यसो भनेर देश छाड्दैमा सबैथोक प्राप्त हुन्छ भन्नु गलत हो । विदेशमा पनि कठोर सङ्घर्ष गर्नैपर्छ ।
बागलुङको गलकोट नगरपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाइ भएको छ । नगरपालिकाले चार वर्षको प्रयासबीच जग्गा व्यवस्थापन गरेर निर्माण गर्न थालेको प्रशासकीय भवन निर्माण ठेक्का सम्झौताअनुसार अगाडि नबढ्दा समस्या भएको छ ।