ताप्लेजुङमा अरिँगालले टोकेर एक वृद्धाको मृत्यु गएको छ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेकी ७४ वर्षीया सुनमाया तामाङको अरिङ्गालको टोकाइका कारण मृत्यु भएको हो ।
हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजका अवसरमा यति बेला बजारमा तिजको चहलपहल बढेको छ। केही दिन अगाडिदेखि नै तिज मनाउने प्रचलन सुरु भएसँगै किनमेल गर्नेको पनि भिड देखिन्छ। महिलाको विशेष चाड तिज पर्वका लागि विभिन्न पसलमा रातो सारी, कुर्ता र चुरापोते तथा गहना सजाइएका छन्। फेसनअनुसारको पहिरन तथा गरगहना लगाउने सोखका कारण पसलहरूमा भिडभाड बढेको छ। यद्यपि व्यापारीहरू भने पहिलेको तुलनामा व्यापार नभएको गुनासो गर्छन्। पैसाको अभावका कारण ग्राहकले किनमेल कम गरेको उनीहरूको भनाइ छ। कावासोती–८ मा रहेको धर्म वस्त्रालयमा सञ्चालक धर्म काफ्ले तिजमा व्यापार हुने आशा भए पनि निराशाजनक भएको बताउनुहुन्छ।
पाल्पामा कुटपिटबाट एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ २, घोडेबाँसका २४ वर्षका सुनिल खत्री रहनुभएको छ । आइतबार राति १० बजेतिर तिजको नाचगान गर्ने क्रममा स्थानीय युवाबिच झैझगडा हुँदा खत्री गम्भीर घाइते हुनुभएको थियो ।
अर्घाखाँचीमा ८० हजार ५६९ जनाले स्वास्थ्य बिमा गरेका छन्। जिल्लाको कुल जनसङ्ख्या एक लाख ७७ हजार ८६ को ४५.४९ प्रतिशत जनसङ्ख्याले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बोर्ड शाखा कार्यालय अर्घाखाँचीले जनाएको छ। जिल्लाका छ वटा पालिकामध्ये सन्धिखर्क नगरपालिकामा २० हजार ५३८ जनाले स्वास्थ्य बिमा गरेका छन्। जसमा महिला १० हजार ७९० र पुरुष नौ हजार ७४८ जना रहेका छन्। शीतगङ्गा नगरपालिकामा १३ हजार ७२८ जनामध्ये महिला सात हजार ३२ र पुरुष छ हजार ६६६ रहेका छन्। पाणिनी गाउँपालिकामा १५ हजार २३४ जनामध्ये महिला सात हजार ८७३ र पुरुष सात हजार ६६१ जनाले बिमा गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच न्यूयोर्कस्थित मुख्यालयमा आइतबार भेटवार्ता भएको छ । भेटमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम, जलवायु परिवर्तन, एलडीसी, विकास, आपसी सहकार्य र साझेदारी लगायतका विषयमा छलफल भएको छ।
दाङका थारू समुदायमा धार्मिक एवं सांस्कृतिक महत्वको अट्वारी पर्वको उल्लास छ। थारू समुदायले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै अट्वारी पर्व मनाउने गर्छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था गरिने बताउनु भएको छ ।
कृषि क्षेत्रमा पन्ध्रौँ योजनाको लक्ष्य प्रतिस्पर्धा, जलवायु अनुकूल आत्मनिर्भर एवं निर्यातमुखी उद्योगका रूपमा कृषि क्षेत्रलाई रूपान्तरण गर्दै समावेशी र दिगो आर्थिक वृद्धि हासिल गर्ने निर्धारण गरिएको थियो । कृषिमा आधारित समुदायलाई सेवा र उद्योग क्षेत्रबाट बढी आयआर्जन गर्न सक्ने गरी कृषि क्षेत्रको रूपान्तरण गर्ने अवधारणामा आधारित कृषि विकास रणनीति तय गरियो । नारा बनाइयो, ‘आर्थिक वृद्धिलाई गति दिने, जीवनस्तर उकास्ने, खाद्य/पोषण सुरक्षामा योगदान दिने, खाद्य सम्प्रभुता उन्मुख आत्मनिर्भर, दिगो प्रतिस्पर्धी तथा समावेशी कृषि क्षेत्र’ तर बाजुरा जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली, जगन्नाथ, बुढीनन्दा र स्वामिकार्तिकमा उत्पादन गरिएको स्याउ अहिले बारीमै थन्किएको छ । यो समाचारले मुलुकको कृषि लक्ष्य, रणनीतिको कार्यान्वयन अवस्था अनि समुदायको जनजीवन र आयविमुख कार्य प्रणालीलाई उदाङ्गो पारेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार आइरहेको बताउनुभएको छ । आइतबार कर्मचारी सञ्चय कोषको ६२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री महतले राजस्व सङ्कलनमा अझै सुधार आइनसकेको भए पनि विप्रेषण आप्रवाह, पर्यटक आगमनमा वृद्धि आएको र आर्थिक गतिविधि पनि बढ्दै जान थालेको बताउनुभएको हो ।
नेपाल सामाजिक, सांस्कृतिक विविधताले सम्पन्न बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक राज्य हो । राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँ १४२ जातजाति, १२४ भाषाभाषी र १० धर्मावलम्बी बसोबास गर्छन् । यो विविधता सदियौँदेखि नेपालको सामाजिक, सांस्कृतिक मौलिकता र सुन्दरताका रूपमा रहिआएको
हिन्दु धर्ममा महिलालाई देवीका रूपमा नवदुर्गा भगवती, लक्ष्मी, सरस्वती मानेर निकै महत्त्वसाथ पुज्ने प्रचलन छ । अर्कोतिर यही हिन्दु धर्मले महिलालाई पितृसत्ताको नियन्त्रणमा चरणको दासी बनाउने संस्कार र संस्कृति उत्तिकै जबर्जस्त लादिएको छ । यही अन्तरविरोधबिचको पौराणिककालमा ‘हिमालय प्लट’ मा बुनिए
कर्णालीका विभिन्न स्थानमा १२ वर्षअघि सुरु भएको नयाँ सहरको पूर्वाधार निर्माण कार्य कछुवा गतिमा अघि बढिरहेको छ । तोकिए अनुसार पूर्वाधारको कामसमेत सन्तोषजनक नभएको पाइएको छ । हरेक वर्ष बजेट विनियोजन गरिए पनि कार्यान्वयनमा फितलोपनले योजनाले मूर्त रूप पाउन नसकेको हो । राकमकर्णाली नयाँ सहर आयोजना निर्माणको काम निकै सुस्त गतिमा अघि बढेको छ । पहाडबाट तराईमा हुने बसाइँसराइ रोक्न आर्थिक वर्ष २०६७÷०६८ मा सरकारले ल्याएको योजना अन्तर्गत दैलेखको राकममा नयाँ सहर निर्माण थालिएको हो ।
आज राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ । दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलता: सबल अर्थतन्त्रको आधारशीला’ भन्ने आदर्श वाक्य तय गरिएको छ ।
नाग्म–गमगढी लोकमार्ग अन्तर्गतका १० वटा पक्की पुलको निर्माण कार्य अलपत्र परेको छ । जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिकादेखि मुगुको छायानाथ रारा नगरपालिका–१२ सम्मका पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन । पुलको निर्माण सम्पन्न नहुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ ।
दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले १८ घण्टा उत्पादन बन्द गर्ने भएको छ ।