इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका थप एक सय जनाको भिसा आएको छ । यसअघि इजरायलको परराष्ट्र मन्त्रालयमा कार्यरत टे«ड युनियनले आन्दोलनका कारण रोकिएको थियो । वैदेशिक रोजगार विभागले सूचनामार्फत एक सय जनाको रोस्टममा परेकालाई कोभिड १९ विरुद्धको खोप लगाएर छ महिना नकटेको कार्डसहित व्यवसायी तथा सीप विकास तालिम प्रतिष्ठान भैँसेपाटीमा साउन ४ गते सम्पर्क गर्न आग्रह गरिएको छ । साथै रोस्ट
प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सुदूरपश्चिम प्रदेश सभामा टेबुल भएको छ । आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले सो विधेयक प्रदेश सभामा टेबुल गर्नुभएको हो ।
वि.सं. २०६१ को हिउँदमा विद्रोही माओवादीविरुद्ध विद्रोह गरेका सर्वसाधारण नागरिकमाथि राज्यको बलमिच्याइँ कायम छ । उनीहरूले अहिलेसम्म आफ्नो जग्गा फिर्ता र क्षतिपूर्ति पाउन सकेका छैनन् । सो वर्षको कात्तिक २३ मा दुल्लु नगरपालिका–८ का राजु वज्राचार्यलाई माओवादी कार्यकर्ताले जबरजस्ती वडा जनसरकार प्रमुख घोषणा गरी ‘कम्ब्याट ड्रेस’ लगाइदिए । अर्को दिन सदरमुकामबाट सेना दुल्लु पुग्यो । मिलिसियाको पोसाक लगाएका राजु भाग्न खोजे । चिया पसलबाट ओरालो दौडिरहेका बेला सेनाको गोलीबाट राजु ढले ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एकै दिन शिलान्यास गरेका ३९६ अस्पतालमध्ये गुल्मी अस्पतालको अवस्था विजोग छ । २०७७ साल मङ्सिर १५ मा तामझाम तथा हतारहतारमा ती अस्पतालको शिलान्यास गरिएको थियो । केन्द्रीयमन्त्री, पूर्वमन्त्री, प्रदेश स्तरका मन्त्री र प्रदेश सभा सदस्यले गाउँगाउँ पुगेर एकै दिन तीनवटा अस्पतालको शिलान्यास गरेका थिए ।
अर्जुनचौपारी गाउँपालिका–६ का ९८ वर्षीय मोतीलाल तिवारी घरमै वृद्ध भत्ता पाएकोमा हर्षित हुनुभएको छ । घरदेखि तीन घण्टा लगाएर बैङ्कमा पुगेर घण्टौँ लाइनमा बसेर वृद्ध भत्ता लिने तिवारीले क्षणभरमै वृद्ध भत्ता पाउनुभएको हो ।
सर्लाहीको उत्तर–पूर्वी भेगमा पर्ने ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोर दोङखोरियामा वनको जग्गा बेचबिखन गरी धमाधम घरटहरा निर्माण भइरहेका छन् । फूलजोर बाबा साझेदारी वनक्षेत्रको पलोट (चौडी)मा पक्की घरसमेत निर्माण भएका छन् ।
जलवायु परिवर्तनबाट स्वास्थ्यमा जोखिम १. जलवायु परिवर्तन भन्नाले के बुझिन्छ ? जलवायु परिवर्तनका कारण सिर्जना हुने स्वास्थ्य जोखिम पहिचान गरी न्यूनीकरण गर्ने उपाय उल्लेख गर्नुहोस् । जलवायु परिवर्तनले कुनै स्थानविशेषको तापक्रम, आद्रता, वर्षा, हावाको बहाव आदिको लामो समयको औसत स्थितिमा फेरबदल भएको अवस्थालाई जनाउँछ । विश्वव्यापी रूपमा तापक्रम वृद्धि भइरहेका कारण पृथ्वी अहिले तीव्र जलवायु परिवर्तनको अवस्थामा रहेको छ । यसका कारण मानवजाति र
प्रत्येक सङ्घ संस्था आफ्ना निश्चित ऐन नियम, कानुनको परिधिअन्तर्गत सञ्चालित हुन्छन् । यिनै विषयले सङ्घ संस्थालाई मार्ग दर्शन गर्ने कार्यसमेत गरिरहेका हुन्छन् । तसर्थ नियम, कानुन र आचारहरूको परिपालना स्वच्छ, निष्पक्ष तथा गतिशील तवरले संस्था सञ्चालनका निम्ति अनिवार्य पक्ष हुन् ।
लोकतन्त्रमा प्राप्त अधिकार र शक्तिको सदुपयोग हुनु पर्दछ । शक्ति आर्जन गर्ने र न्यायपूर्ण तरिकाले शक्तिको उपयोग गर्ने दुई वटा महìवपूर्ण उद्देश्य राजनीतिले लिएको हुन्छ । न्यायपूर्ण सहभागिता राज्यका सबै संयन्त्रमा हुनु पर्दछ । महिलाको राजनीतिक सहभागिता गराउँदा सङ्ख्यात्मक प्रतिनिधित्वले मात्र महत्त्व पाउनु हुँदैन । महि
सङ्घीय संसद्ले संसद् अधिवेशन प्रारम्भ र अन्त्यको विषयलाई अनुमानयोग्य बनाउने गरी वार्षिक कार्यतालिकामा (क्यालेन्डर) निर्माणसम्बन्धी अध्ययन कार्य अघि बढाएको छ । संसदीय व्यवस्था रहेका मुलुकमा सदनको सञ्चालन अवधि, काम कारबाही, समिति सञ्चालनलगायतका व्यवस्था समेटेर क्यालेन्डर निर्माण गर्ने अभ्यास छ तर नेपालमा कार्यतालिका अनुसार संसद् चलाउने अभ्यास छैन । उक्त कमीलाई परिपूर्तिका लागि क्यालेन्डर निर्माणको अध्ययन थालिएको हो ।
डिभिजन वन कार्यालय दाङले सामुदायिक वनको खाली जग्गामा कुरिलो खेती सुरु गरेको छ । सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध विपन्न समुदायको आयआर्जनमा सहयोग पु-याउने उद्देश्यले खाली जमिनमा सो खेती गरिएको हो ।
इटहरीस्थित मुख्य चोकमा जडान गरिएको ट्राफिक लाइटको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मङ्गलबार उद्घाटन गर्नुभएको छ ।प्रदेश सरकारअन्तर्गतको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको आर्थिक सहयोग र इटहरी उपमहानगरपालिका वडा नम्बर ६ को समन्वयमा इटहरीको मुख्य चोकमा जडान गरिएको ट्राफिक लाइटको औपचारिक सुरुवात भएको हो ।
जिल्ला सदरमुकाम मन्थलीमा निर्माणाधीन १५ श-याको अस्पतालमा काम गर्ने मजदुरहरू भुक्तानी नपाएपछि समस्यामा परेका छन् । अस्पताल निर्माणको काम निर्माण कम्पनीले अलपत्र अवस्थामा छाडेपछि गत मङ्सिरदेखि मजदुरहरू भुक्तानी नपाएर समस्यामा परेका हुन् ।