राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गर्नुभएको छ ।
काठमाडौँ महानगरपालिकाको वडा नं ४, वडा नं १४, वडा नं २६ र वडा नं १३ सोमबार प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।
‘जनतासँग विशेष रूपान्तरण अभियान’सँगै नेकपा माओवादी केन्द्रका नेता, कार्यकर्ताहरू यतिबेला गाउँ-गाउँमा पुगेका छन् ।
सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलो पटक हुने सुदूरपश्चिम श्री शारीरिक सुगठन (बडी बिल्डिङ) प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।
इनरुवा नगरपालिका पहिलो पटक बहुसांस्कृतिक पार्क निर्माण गरिएको छ ।
१९औँ एसियाली खेलकुद (एसियाड)मा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार टोली चीन प्रस्थान गरेको छ ।
इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकाल्दा उपाधि दाबेदार चेल्सी बर्नमाउथसँग बराबरीमा रोकिएको छ ।
आज भाद्र शुक्ल पक्ष चतुर्थी । गणेश चतुर्थीको अवसरमा सोमबार नेवार समुदायले जीवनमा चोर दोष नलागोस् भन्ने कामना र आउँदै गरेको दशैँ भित्र्याउनका लागि गणेश भगवान् र चन्द्रमाको पूजा गरी चथाः पर्व मनाउँदै छन् ।
सर्लाहीको चक्रघट्टा गाउँपालिकामा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ ।
पाकिस्तान र श्रीलङ्कामा सम्पन्न एसिया कप क्रिकेटको समूह चरणबाट बाहिरिएको नेपाल चीनको हाङझाउ सहरमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) मा सुखद नतिजा निकाल्ने लक्ष्यका साथ तयारीमा व्यस्त छ ।
काठमाडौंको नयाँ बसपार्कमा सवारी साधनहरुको पूजा आराधना गरेर विश्वकर्मा पूजा गरिएको छ ।
हिमालपारिकाे जिल्ला भनेर चिनिने मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको छ । मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका स्याउ बगैँचामा लटरम्मै स्याउ फलेका छन् । स्याउको राजधानीसमेत भनिने मार्फा र टुकुचेका बगैंचा स्याउले राताम्य भएका छन् ।
नेपाली कांग्रेसले स्थगित गरेको बिपी साहित्य महोत्सव असोज ३ अर्थात् संविधान दिवसको दिन हुने भएको छ ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ संविधानलाई समृद्धिसँग जोड्नुपर्ने र संविधानका मौलिक हकको कार्यान्वयनले मात्र संविधानको सफल कार्यान्वयन हुने धारणा व्यक्त गर्नुहुन्छ ।
आज बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बुढी पोल्ने पर्व मनाइँदैछ । हरेक वर्ष असोज १ गते यो पर्व यहाँ धूमधामसँग मनाउने प्रचलन छ ।