परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घको फोरम ठूला-साना सबै देशको साझा फोरम भएकाले सोहीअनुसार नेपालको सहभागिता रहने बताउनुभएको छ ।
बुटवलको आधुनिक पशु वधशाला असोजभित्र सञ्चालन गर्ने गरी सम्झौता भएको छ ।
काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य समिलमा भएको चार जनाको हत्या प्रकरणमा सामान्य निहुँमा भएको प्रहरीले निष्कर्ष निकालेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल काठमाडौँको काँडाघारी बस्ने २३ वर्षका सञ्जय भण्डारी एक्लैले हत्या गरेको समितिको निष्कर्ष छ । उनले सुरुमा एक जना मोरङका विशाल राईको हत्या गरेका र उक्त घटना देखेपछि घटना बाहिर जाने डरले अरुको पनि हत्या गरेको स्वीकार गरेका राठौरले बताउनुभयो ।
चितवनमा अवैधरूपमा ल्याइएको दुई हजार किलो माछा नष्ट गरिएको छ । मत्स्य व्यवसायी सङ्घ, पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले बरामद गरेको माछा आइतबार नष्ट गरिएको हो ।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवाधिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ । हरितालिका (तीज)मा पशुपतिमा महिलाहरूको भीड लागेको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आउनुभएका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच भेटघाट भएको छ ।
राप्ती राजमार्ग अन्तर्गत रुकुम सल्यान खण्डको मुसिकोट नगरपालिका ११ र १२ जोड्ने पितिबाङ खोलामा बाढी आउँदा आइतबार दिउँसोदेखि उक्त सडक खण्ड अवरुद्ध भएको छ ।
ताप्लेजुङको सिँकैचामा जन्मनुभएका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेपालको वाम–लोकतान्त्रिक आन्दोलामा लामो समयदेखि संलग्न व्यक्तित्व हुनुहुन्छ । विसं २०७९ को निर्वाचनमा नेकपा [एमाले]का तर्फबाट झापा क्षेत्र नं २ बाट निर्वाचित घिमिरे नेपालको संविधान कार्यान्वयनका क्रममा अघि बढेकाले यसको प्रभावकारी कार्यान्वयनबाट नै आम जनताको जीवनमा परिवर्तन आउने धारणा राख्नुहुन्छ ।
कमला सिँचाइ व्यवस्थापन कार्यालयले पश्चिमी नहर प्रणालीको खजुरी शाखासम्म पानी पुर्याएको छ। यो नहर प्रणालीको खजुरी शाखा धनुषाको उत्तरपूर्वी गणेशमान चारनाथ नगरपालिकामा रहेको प्रणालीको हेडवक्र्सबाट सीमावर्ती भारतीय क्षेत्रभन्दा वर कमला नगरपालिकाको खजुरीसम्म ३० किलोमिटर दुरीमा छ।
बोदेबरसाइन नगरपालिका पूर्ण साक्षर नगर घोषणा भए पनि यहाँका मुसहर तथा दलित बस्तीका ९० प्रतिशत नागरिक अझै औँठाछाप नै रहेका छन्। नगरपालिका–६, प्रितमपुरस्थित पाँच सय परिवारको दुई वटा मुसहर बस्तीमा १९० जना नागरिक अनपढ रहेको पाइएको छ। वित्तीय संस्था तथा सहकारीहरूको समूहमा आबद्ध भएकालाई खाता खोल्न संस्थाका कर्मचारीले महिलाहरूलाई जसोतसो हस्ताक्षर गर्न सिकाएको छ।
काठमाडौँको तीनकुनेस्थित दिव्य सःमिल काठ गोदाममा शुक्रबार राति भएको सामूहिक हत्या घटनामा प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसे–९ का २३ वर्षीय सञ्जय भण्डारीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, प्रहरी नायब उपरीक्षक अङ्कुर जिसीसहितको प्रहरी टोलीले अनुसन्धानका क्रममा आरोपित भण्डारीलाई काँडाघारीस्थित वीरेन्द्र चोकबाट शनिबार पक्राउ गरेको हो ।
आठ वटा स्थानीय तह रहेको पाँचथर जिल्लाको एउटा मात्रै नगरपालिका हो फिदिम। कुल १९२.५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो नगरपालिका साबिकका फिदिम, चोकमागु, लुम्फाबुङ, शिवा, रानीटार, नागीन, लुङरुपा र याङनाम गरी आठ वटा गाउँ विकास समिति समेटेर गठन गरिएको हो । यहाँ १४ वटा वडा छन्। स्थानीय तह
सरकारले राजस्व चुहावटको प्रवृत्ति विश्लेषण र निराकरणका उपायसहितको कार्ययोजना पेस गर्न कार्यदल गठन गरेको छ ।
गण्डकी प्रदेश सरकारले चालु वर्षका लागि दोस्रो पञ्चवर्षीय योजना निर्माण गर्दै छ। प्रदेश नीति तथा योजना आयोगले उक्त योजना निर्माणका लागि तयार गरेको अवधारणपत्र पारित गरिएको छ। प्रदेश मुख्यमन्त्री तथा आयोगका अध्यक्ष सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले अवधारणापत्र पारित गर्ने निर्णय गरेको हो। बढ्दो बसाइँसराइ रोक्ने, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारीको अवसर सिर्जना गर्ने गरी दोस्रो पञ्चवर्षीय योजना बनाउन सुझाव दिएको छ। मुख्यमन्त्री पाण्डेले अब कार्यान्वयन हुने खालका योजना मात्रै दोस्रो पञ्चवर्षीय योजनामा समेट्नुपर्नेमा जोड दिनुभएको हो। गर्नै नसकिने महत्वाकाङ्क्षी योजनाहरू राख्नकै लागि मात्रै उल्लेख नगर्न सुझाव दिनुभयो।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले हाम्रो सांस्कृतिक पक्षको मौलिक रूपमा संरक्षण गर्नु हाम्रो दायित्व भएको बताउनुभएको छ ।