भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
काठमाडौं महानगरपालिका–३२ तिनकुनेस्थित दिव्या सः मिलभित्र धारिलो हतियार प्रयोग गरी ४ जनाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्नुभएको छ ।
आन्दोलनरत चिकित्सक र सरकारी वार्ता टोलीबीच ६ बुँदे सहमति भएको छ । स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेदेखि चलेको बैठक सहमति पत्रमा हस्ताक्षर गर्दै टुंगिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका पुग्नुभएको छ। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका पुग्नुभएको हो।
नौ जना डिजाइनरले निर्माण गरेका पहिरनमा ग्लाम नेपाल इन्टरन्यास्नलद्वारा आयोजित फेसन सोमा मोडलहरुले र्याप वाक गरेका छन् ।
भारतका तीव्र गतिका बलर मोहम्मद शिराजले घातक बलिङ गरेपछि एसीसी एसिया कप क्रिकेटको फाइनलमा घरेलु टोली श्रीलङ्काले भारतलाई जितका लागि ५१ रनका लक्ष्य दिएको छ ।
सरकारले दसैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले दुई/चार दिनभित्रै चाड पर्वलाई लक्षित गरेर सो पसल सञ्चालनमा ल्याउन लागिएको बताउनुभएको हो ।
केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रणका लागि संवेदनशील नाकाहरूमा आकस्मिक गस्ती बढाउने निर्णय भएको छ ।
मिथिलाको लोकआस्थाको महान् पर्व चौठचन्द्र भोली (सोमबार) मिथिलाञ्चलमा मनाउने तयारी हुँदैछ । भाद्र शुक्ल पक्ष चतुर्थी तिथिमा मनाइने चन्द्रोपासनाको यो पर्वलाई लोकलवजमा चौरचन पनि भनिन्छ ।
प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गम्भीर प्रकृतिका बेरुजुको सूची तयार गर्ने भएको छ । समितिको आज (आइतबार) को बैठकमा सदस्यको सुझावका आधारमा समितिले त्यस्ता बेरुजु फछर्यौटका सम्बन्धमा यसअघि दिएका निर्देशनको अवस्थाबारे सरकार र महालेखा परीक्षकको कार्यालयसँग सुझाव लिन लागेको छ ।