अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय हुँदै पठाइएको लागू औषध गाँजासहित कन्ट्रोल डेलिभरी (हुलाकी)गर्ने व्यक्तिसहित १० जना पक्राउ परेका छन् ।
प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा आयोजक वडा नं २३ प्रिक्वाटर फाइनलबाट बिदा भएको छ ।
नेपाल चिकित्सक सङ्घको आह्वानमा चिकित्सकले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले घोडचढी र पौडी खेल्नु आफ्नो बाल्यकालको सौख रहेको बताउनुभएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने बताउनुभएको छ ।
एसीसी एसिया कप क्रिकेटको फाइनल साविक विजेता श्रीलङ्का र भारतबीच प्रतिस्पर्धा हुँदैछ । श्रीलङ्काको आर प्रेमदासा स्टेडियममा घरेलु टोली श्रीलङ्काले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
पथरी शनिश्चरे प्रिमियर क्रिकेट लिगको चौथो संस्करण आगामी कात्तिक १० गते बाट हुने भएको छ ।
वालिङमा आयोजित अन्तर विद्यालय बुद्धिचालको उपाधि पिसजोन इन्टिग्रेटेड एकेडेमी एले हात पारेको छ ।
अनोज खड्का र सुष्मा यादवले तेस्रो चेल्सी अन्तर विद्यालय रोड रेसमा आइतबार स्वर्ण जित्नुभएको छ । ४.५ किलोमिटर दूरीको छात्रमा अनोज तथा छात्रामा सुष्मा पहिलो हुनुभएको हो । दुवै बुढानीलकण्ठ स्कुलका हुनुहुन्छ ।
कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याई हुनाका साथै मूर्ति किन्नेको भिड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले बताउनुभयो । यहाँ सबै सवारी साधनका धनी तथा कलकारखानामा विषेश उत्सवकारुपमा विश्वकर्माको पूजा गरिने भएकाले इनरुवासहित जिल्लाको विभिन्न ग्रामीण क्षेत्र तथा सहरी क्षेत्रमा यसको चहलपहल बढेको हो ।
दाङमा हाइसले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-६ गोलौरा निवासी १३ वर्षीय दामोदर भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिनुभएको हो ।
स्याङ्जाको गल्याङ नगरपालिले बजार क्षेत्रको फोहोर लामो समयदेखि वडा नं ११ को छरछरेमा व्यवस्थापन गर्दै आएको थियो । गएको जेठ २७ गते नगरपालिकाले सङ्कलन गरेको फोहोरमा अज्ञात समूहले आगो लगाएको वातावरणीय संरक्षण मञ्चका सदस्य निर्मल भट्टराईले बताउनुभयो । उहाँका अनुसार आगो १५ दिनपछि मात्र नियन्त्रणमा आएको थियो ।
इलामको रोङ गाउँपालिकाले पालिकाका ज्येष्ठ नागरिकलाई रेडियो वितरण गरिने भएको छ । बुढेसकालको साथीको रूपमा सुन्न र गाउँपालिकाका गतिविधि रेडियो मार्फत सूचना प्रवाह गर्नका लागि ज्येष्ठ नागरिकलाई रेडियो वितरण गर्न लागेको हो ।
भदौरे झरीमा खोला र खहरेमा उर्लेको भेललाई छिचोल्दै तीजकै लागि छोरीचेली र दिदीबहिनी लिन जाने चलन अब हराउँदै गएको छ ।
पछिल्लो समयमा बाँकेमा लागु औषधको सेवन तथा ओसारपसार बढ्दै गएपछि विद्यार्थीलाई कुलतबाट जोगाउन प्रहरीले विद्यालयमै पुगेर सेचत गराउन थालेको छ ।