• ७ जेठ २०८१, सोमबार

एसिया कप क्रिकेट फाइनल : श्रीलङ्का टस जितेर ब्याटिङ गर्दै

blog

काठमाडौं, भदौ ३१ गते । एसीसी एसिया कप क्रिकेटको फाइनल साविक विजेता श्रीलङ्का र भारतबीच प्रतिस्पर्धा हुँदैछ । श्रीलङ्काको आर प्रेमदासा स्टेडियममा घरेलु टोली श्रीलङ्काले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

आयोजक श्रीलङ्का लगातार दोस्रो उपाधि जित्ने लक्ष्यमा छ । अघिल्लो संस्करणको फाइनलमा श्रीलङ्काले पाकिस्तानलाई हराएको थियो । अहिले पनि श्रीलङ्का घरेलु मैदानमा उपाधि जित्दै उपाधि सङ्ख्या सातौं बनाउन चाहन्छ । यता भारत पनि श्रीलङ्कालाई कडा टक्कर दिने अभियानमा छ । सर्वाधिक सातौं पटक विश्वकप उपाधि जितेको भारत आठौं उपाधि चुम्ने दाउमा छ । 

भारत र श्रीलङ्काबीच १३ वर्षपछि उपाधि भिडन्त हुन लागेको हो । भारतले यसअघि सन् २०१८ मा उपाधि जितेको थियो । सुपर चारमा भारतले पाकिस्तान र श्रीलङ्कालाई हराएको थियो ।

सुपर चारमा श्रीलङ्काले बङ्गलादेश र पाकिस्तानलाई पन्छाउँदै फाइनल यात्रा तय गरेको थियो । यदि वर्षाका कारण आज (आइतबार) को खेल रद्द भएमा सोमबार ‘रिजर्भ डे’ मा पुन: खेलाइने छ । एजेन्सी 

भारत–११

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, हार्दिक पाण्डेय, लोकेश राहुल, ईशान किशन, रविन्द्र जडेजा, कुलदीप यादव, वासिन्टन सुन्दर, जस्प्रित बुमराह र मोहम्मद शिराज ।

श्रीलङ्का–११ 

दासुन शानका (कप्तान), पाथुम निसांका, कुशल परेरा, कुशल मेन्डिस (विकेटकिपर), सदिरा समाराविक्रमा, चरिथ असलंका, धनन्जय डि सिल्भा, दुनिथ वेलालागे, दुशान हेमान्था, प्रमोद मदुशान र मथिशा पाथिराना ।