जग्गा अभावका कारण पाल्पा अस्पतालको स्तरोन्नतिमा समस्या थपिएको छ। अस्पतालको भवन निर्माणलगायतको काम गर्न जग्गा अभाव हुँदा निर्माणको बजेटसमेत फिर्ता भएको छ। तीन वर्षदेखि अस्पतालका लागि जग्गाको खोजी भए पनि अहिलेसम्म जग्गा प्राप्त हुन नसकेको अस्पतालले जनाएको छ। जग्गा अभावकै कारण लुम्बिनी प्रदेश सरकारले तीन वर्षअघि ५० शय्याको अस्पताल बनाउने घोषणा गरे पनि काम अलपत्र बनेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले आज (भदौ ३१ गते) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।
नवलपुरको कावासोतीमा अवस्थित कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा पानीको गुणस्तर कम्प्युटरबाटै मापन गर्न सकिने भएको छ । खानेपानी पाइपमा ‘सुपरभाइजरी कन्ट्रोल डाटा एक्युजन (स्काडा)’ प्रणाली जडान गरेर कम्प्युटरबाटै गुणस्तर मापन गर्न मिल्ने बनाउन लागिएको हो ।
मनाङ जिल्लामा आन्तरिक आम्दानीको स्रोत बढाउने उद्देश्यले चार स्थानीय तहले जिल्लाभित्र रहेका हिमतालको खोजी गर्ने योजना बनाएका छन्। धेरै पर्यटक भित्र्याउन स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्। यसै सन्दर्भमा चामेस्थित चामे गाउँपालिका–४, लमजुङ हिमालको फेदीमा सिङ्गरखर्क नजिकै काजिनसरा ताल भेटिएको थियो। ताल भेटिएपछि २०७६ असोज १० देखि १४ गतेसम्म चामे गाउँपालिकाले काजिनसरा तालको प्रचारप्रसारका लागि कार्यक्रम गरेको थियो। तालको प्रवर्धन गर्न चामे गाउँपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, नेपाल पत्रकार महासङ्घ मनाङ तथा स्थानीयवासीको संलग्नतामा ताल नजिक कार्यक्रम गरिएको थियो। गुगलको जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) का अनुसार समुद्री सतहबाट पाँच हजार सात मिटर उचाइमा काजिनसरा ताल रहेको छ । चामेबाट लमजुङ हिमालको बेस क्याम्प हुँदै करिब पाँच घण्टामा यस तालमा पुग्न सकिन्छ ।
नेपालगन्ज नाकाबाट एक महिनामै डेढ करोड रुपियाँको प्लाइउड भारत निर्यात गरिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनामै एक करोड ४६ लाख मूल्य बराबरको २५ हजार चार क्युबिक मिटर प्लाइउड भारत निर्यात गरिएको हो ।
द्वितीय विश्वयुद्धको अन्त्यपछि सन् १९४५ अक्टोबर २४ मा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्दै राष्ट्रहरूका बिच मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्ने उद्देश्यले स्थापित संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको नेपालले करिब ६८ वर्षमा यो संस्थामार्फत बहुपक्षीय लाभ लिन सकेको छ । सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्यता हासिल गरेको नेपालले यो अन्तर्राष्ट्रिय मञ्चमार्फत विश्व शान्ति एवं राष्ट्रसङ्घीय चासो बनेका विविध विषयमा आफ्नो गच्छे अनुसारको सक्रिय योगदान पु¥याइरहेको छ । शान्ति मानव जीवन रक्षाका लागि अपरिहार्य छ, शान्ति कायम गर्न जीवन र जगत्सँग सम्बन्धित विषयको सन्तुलन
सेवाप्रदायकले फोरजी विस्तारलाई प्राथमिकतामा राख्दा यसका प्रयोगकर्ताको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । अर्कोतिर पुरानो बन्दै गरेको थ्रिजी प्रयोगकर्ताको सङ्ख्या भने घट्दै गएको देखिन्छ ।
पछिल्लो दुई महिनामा देशमा धेरै चर्चा चल्यो तस्करी नियन्त्रण, भ्रष्टाचार नियन्त्रण र राष्ट्रहितविरुद्धका अपराधमा कारबाही गर्न सरकार दृढ भएर अगाडि बढ्छ । सबै मिडिया, सामाजिक सञ्जाल आदिमा यत्रतत्र सर्वत्र पक्ष विपक्ष र निष्पक्षताको विचार र नाराको ओइरो नै लाग्यो । प्रिन्ट, डिजिटल र इलेक्ट्रोनिक मिडिया र रेडियो आदिमा धेरै स्थान यस विषयले ओगट्यो ।
संस्थाका उद्देश्य हासिल गर्न परम्परागत रूपमा सम्पादन गरिने कार्यहरूलाई सूचना प्रविधिको प्रयोगद्वारा कार्य प्रक्रियामा सरलीकरण गरी सेवाग्राही वा ग्राहकको चाहना र अपेक्षा अनुरूपको सेवाप्रवाह गर्नु नै डिजिटल ट्रान्सफरमेसन हो । संस्थाको परम्परागत कार्य प्रणालीमा नवप्रवर्धनको माध्यमबाट डिजिटल फ्रेमवर्कमार्फत सेवाप्रवाह गर्ने विषयले संसारभर प्राथमिकता प्राप्त गरेको छ । संस्थागत सुशासनका लागि कार्य प्रक्रियालाई प्रणालीबद्ध गर्ने मानवीय हस्तक्षेप तथा मनोमा
तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको सरकारले गरेका असल काम जनतासम्म पुर्याउने उद्देश्यले भदौ १६ गतेदेखि तीन महिनासम्म ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गरिरहेको छ । माओवादी केन्द्र जनताका आलोचना, गुनासा र सुझावहरू सरकारमार्फत सम्बोधन गर्ने गरी ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मूल नाराका साथ देशभरका छ हजार ७४३ वडामा केन्द्रित भएको छ । पार्टीको तीन महिने अभियानबाट विधान सम्मेलन गरेर व्यवस्थित पार्टी बनाउने लक्ष्य पनि लिइएको छ । यही विषयसहित सरकारका कामकारबाही, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी संशोधन विधेयकलगायतका विषयमा के
राष्ट्रिय सडक सञ्जाल जोडिएको दक्षिणी हुम्लाको सलीसल्लासम्म गाडीमा ढुवानी गरी ल्याइएको इन्धन सदरमुकाम सिमकोटसम्म खच्चडमार्फत ढुवानी गरी खार्पुनाथ गाउँपालिकाको खार्पुमा ल्याइँदै । अहिले ढुवानी दर घटेर प्रतिकेजी ४५ रुपियाँ पुगेको छ ।
नेपाल र चीनको सिमाना रहेको हिल्सामा व्यापार व्यवसायका लागि बस्दै आएका नेपाली व्यापारीले व्यापार व्यवसाय सहज नभएको गुनासो गरेका छन् ।
चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् ।
रामेछापको मन्थली नगरपालिका–९, पुरानागाउँ, बाहुनचुरास्थित अग्लो पहाडको टुप्पोमा थानापति महादेवको मन्दिर छ। यो मन्दिर रामेछाप जिल्लाकै महत्वपूर्ण धार्मिक स्थल हो। यो भेगमा पशुपतिनाथका रूपमा पुजिने थानापति महादेवको मन्दिर रामेछाप जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो। थानापति मन्दिर विकास समितिका अध्यक्ष राजकुमार बोहराले यहाँ प्रत्येक वर्षको हरितालिका तिज, ठुली एकादशी र महाशिवरात्रि जस्ता पर्वमा भक्तजनको घुइँचो लाग्ने गरेको बताउनुभयो। उहाँका अनुसार यी पर्वमा रामेछापलगायत सिन्धुली, सर्लाही, महोत्तरी, ओखलढुङ्गा, काभ्रे, दोलखासहित काठमाडौँ जिल्लाबाट दर्शनार्थी आउने गरेका छन्।