प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको छ ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनुको विकल्प नरहेको बताउनुभएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताउनुभएको हो ।
गोरखामा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका –४ अमराईमा बसको ठक्करबाट मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षका रामलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताउनुभएको छ ।
नेकपा (एमाले) मधेश प्रदेशका मुख्य सचेतक लखन दासले समतामूलक समाज निमार्णका लागि छुवाछूत पुर्णरुपमा अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
हिन्दु महिलाको धार्मिक एवं सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै छ । गाउँ, सहरमा यसको रौनक सुरु भइसकेको छ । तीज नजिकिँदै गर्दा नेपालमा तीजको मौलिकता भने हराउँदै गएको छ र विकृति मौलाउँदै गएको छ ।
प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा शनिबार वडा नं ११, वडा नं १३ वडा नं २६ र वडा नं १५ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
यहाँस्थिति मङ्गल बहुमुखी क्याम्पसका स्नातक तहका विद्यार्थीले सांस्कृतिक कार्यक्रम गरेका छन् । शनिबार कीर्तिपुरस्थित क्याम्पसमा आयोजना भएको स्वागत र बिदाइ कार्यक्रममा विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका हुन् ।
बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा केही दिनमै बाल क्यान्सरको उपचार सेवा सुरु गरिने भएको छ ।
दाङको घोराही उपमहानगरपालिका–१४ स्वर्गद्वारी आश्रम टोल निवासी ६५ वर्षीय जुठे बादीलाई विगतका वर्षहरूमा तीजको समयमा नयाँ मादल बनाउन र पुराना मादल बनाउन भ्याइनभ्याई हुन्थ्यो ।
काठमाडौंको गैरीगाउँस्थित दिव्य सःमिलमा गए राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले छानविन समिति गठन गरिएको छ ।
शिक्षा सेवीहरूले राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिक परिवर्तनको नेतृत्व गर्न सक्षम भए पनि शिक्षा क्षेत्रको आमूल परिवर्तनका लागि भने ध्यान नदिएको गुनासो गरेका छन् ।
न्युजिल्यान्डविरुद्ध चार खेलको एकदिवसीय सिरिज घरेलु टोली इङ्गल्यान्डले जितेको छ । शुक्रबार राति भएको सिरिजको चौथो तथा अन्तिम खेलमा इङ्गल्यान्डले न्युजिल्यान्डलाई एक सय रनले हरायो । जितसँगै इङ्गल्यान्डले सिरिज ३–१ ले जितेको हो ।
असोज दोस्रो साता (द्वादशी) देखि सुरु हुने इन्द्रजात्रामा परम्परागत मजिपाः लाखे नाचलाई व्यवस्थित गर्न इन्द्रजात्रा श्री लाखे आजु गुठीले शनिबार लाखेनीमा छलफल आयोजना गरेको छ ।
टर्कीमा कोभिड–१९ इजी भेरियन्टका नौ वटा नयाँ सङ्क्रमित फेला परेका छन् । शुक्रबार परीक्षणका क्रममा नौ वटा नयाँ सङ्क्रमित फेला परेका हुन् । सङ्क्रमितहरूलाई उपचार गरिरहेको बताइएको छ ।