• २० असोज २०८१, आइतबार

मङ्गल क्याम्पसमा सांस्कृतिक कार्यक्रम

blog

गोरखापत्र अनलाइन

कीर्तिपुर, भदौ ३० गते । यहाँस्थिति मङ्गल बहुमुखी क्याम्पसका स्नातक तहका विद्यार्थीले सांस्कृतिक कार्यक्रम गरेका छन् । शनिबार कीर्तिपुरस्थित क्याम्पसमा आयोजना भएको स्वागत र बिदाइ कार्यक्रममा विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका हुन् । 

कार्यक्रममा थारु नृत्य, कौडा नृत्य, तीज नृत्य, देउडा, तामाङ नृत्य, नाटक, स्टायण्ड–अप कमेडी, कविता तथा गजल वाचनलगायतको प्रस्तुति भएको थियो ।


कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. लक्ष्मीबहादुर महर्जन, प्राचार्य प्रदीप महर्जनलगायतको उपस्थिति थियो ।