• १६ वैशाख २०८१, आइतबार

ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

blog

गुणबहादुर रोका

सुलिकोट, भदौ ३० गते । गोरखामा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका –४ अमराईमा बसको ठक्करबाट मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षका रामलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

अजिरकोट गाउँपालिकाको भच्चेक बजारबाट गोरखा सदरमुकामतर्फ आउँदैगरेको ग १ ख ९७३६ नम्बरको यात्रुवाहक बसले र विपरीत दिशाबाट आइरहेको ग ७ प १५१० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कुमालको उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा पुगाइएको थियो । उहाँको उपचारका क्रममा मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो । 

मोटरसाइकललाई ठक्कर दिने बस र बसचालक ४९ वर्षका रेशम गुरुङलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।