• २० असोज २०८१, आइतबार

मजिपाः लाखेनाचलाई व्यवस्थित गरिने

blog

छलफल कार्यक्रमका सहभागीहरु । तस्बिर : अमिर मैया रञ्जित

गोरखापत्र समाचारदाता

काठमाडौं, भदौ ३० गते । असोज दोस्रो साता (द्वादशी) देखि सुरु हुने इन्द्रजात्रामा परम्परागत मजिपाः लाखे नाचलाई व्यवस्थित गर्न इन्द्रजात्रा श्री लाखे आजु गुठीले शनिबार लाखेनीमा छलफल आयोजना गरेको छ ।

इन्द्रजात्राको अवसरमा अमर्यादित, आपराधिक गतिविधि हुन नदिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन पूर्वमन्त्री जीवनराम श्रेष्ठ, इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्य, प्रहरी प्रशासनका पूर्व पदाधिकारी शारदाभक्त रञ्जित, दीपक रञ्जित, जनसेवा प्रभागका डिएसपी, पूर्व सांसद ध्यान गोविन्द रञ्जित लगायतले प्रतिबद्धता जनाउनुभयो ।

सोहीअनुसार वडा २० का अध्यक्ष राजेन्द्र मानन्धर, पूर्व वडाध्यक्ष विजयकृष्ण श्रेष्ठ, योङ स्टार क्लबका पूर्व पदाधिकारीबिच भएको छलफलमा उपस्थिति व्यक्तिहरूले आ–आफ्नो जिम्मेवारीअनुसार सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

लाखे इन्द्रजात्राको थप मनोरञ्जन पक्ष भएको भन्दै पूर्वमन्त्री श्रेष्ठले कृषि, जलस्रोत, संस्कृति, सम्प्रदायहरूको विकासलाई निरन्तरता दिन सकेमा पर्यटन क्षेत्रबाट अत्यधिक रूपमा आयआर्जन हुने र देश कहिल्यै गरिब नहुने बताउनुभयो ।

त्यसैगरी गुठीका संरक्षक दीपक रञ्जितले इन्द्रजात्रामा मजिपाः लाखे नाचले लाखेको पहिचान गर्ने भएकाले नाच अवधिभरि मुकुटले अनुहार ढाक्नुपर्ने सल्लाह उहाँहरूले दिनुभयो ।