साबिक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा निससँग पराजित भएको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा पीएसजी निससँग ३–२ गोलले पराजित भयो ।
भारतको सङ्घीय वाणिज्य तथा उपभोक्ता उद्योग मन्त्रालयले भारतको थोक मूल्य सूचकाङ्क (डब्ल्युपिआई) अगस्टमा ०.५२ प्रतिशतले सङ्कुचन भएको छ ।
जनकपुरधामका युवाहरूले सरकारी बिदाका दिन सरकारी गाडी चलाउन नपाइने भन्दै शनिबारका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएका छन् ।
सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ बाट यस वर्ष फोटो पत्रकार उमेश पुन पुरस्कृत हुनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार भेट गर्नुभएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजना गर्न थालिएको ‘मातृभाषा साहित्य शृङ्खला’ अन्तर्गत दोस्रोपटक ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम यस प्रतिष्ठानको देवकोटा सभा कक्षमा सम्पन्न भयो ।
थारु समुदायमा मौलिक पर्व अटवारीको रौनक सुरुभएको छ । लुम्बिनी प्रदेश सरकारले ३१ गते आइतबारका लागि दाङ, बाँके र बर्दिया जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
गोरखा नगरपालिका–३ स्थित नारेश्वरको ओरालोमा टयाक्टर दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन् । गोरखा सदरमुकामबाट नारेश्वरतर्फ जाँदैगरेको ना ५ त ६०७७ नम्बरको ट्याक्टर आज बिहान ८ बजे दुर्घटनामा परेको हो ।
यो साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो । कूल चार दिनको कारोबारमा तीन दिन बढेको बजार एक दिन घटेको थियो ।
ग्यास चुलो लिक भएर आगलागी हुँदा एकैघरका आमा छोरीको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–२ धामिढुङ्गास्थित शुक बहादुर थापाको घरमा ग्यास चुलोबाट सल्किएको आगलागीमा परी ३२ वर्षीया रेवती थापा र उहाँका नौ महिने छोरी ऋतु थापाको ज्यान गएको हो ।
काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा गए राति एकै परिवारका तीनसहित चार जनाको बीभत्स हत्या गरिएको छ ।
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङले सबै राजनीतिक नेतृत्व पार्टीगत धारणाभन्दा माथि उठेर मुलुक बनाउन लाग्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै आएको बताउनुभएको छ ।
मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ स्थित लोमान्थाङमा दोस्रो गल्फ कोर्स प्रतियोगिता सुरु भएको छ । शनिबार बिहान गल्फ प्रतियोगिताको उद्घाटन गरिएको हो ।
व्यास नगरपालिका–५ पाटनमा रहेको पराशर माध्यमिक विद्यालयले लोपोन्मुख परम्परागत सीप सिकाई रहेको छ । सो विद्यालयले परम्परागत सीप अन्तर्गत सालको पातको दुना तथा टपरी बुन्ने सीप प्रदान गरिरहेको छ । जोस, जाँगरका साथ विद्यार्थी पनि सिकिरहेका छन् ।