सिँचाइको अभावले बाजुराको अधिकांश जमिन बर्सेनि बाँझो रहँदै आएको छ । बुढीगङ्गा नगरपालिका–१० का स्थानीय विनोदबहादुर सार्कीले खेतीयोग्य प्रशस्त जमिन भए पनि सिँचाइ सुविधा नहुँदा हिउँदमा बाँझो राख्नु परेको बताउनुभयो । उहाँले भन्नभुयो, “गाउँमा सिँचाइको अभावले जमिन सधैँ बाँझो राख्नु परेको छ तर अर्कोतिर स्थानीय सरकारले तिरो तिर्न भन्छ । अन्य आयस्रोत छैन । विकल्प केही नभएपछि अहिले भारतबाट कमाइ गरेर जमिनको तिरो तिर्ने गरेको छु । २०७८ सालमा यहाँका स्थानीयको पु
कैलालीको धनगढी उपमहानगरपालिका–३, बडहरामा रहेको होल्डिङ सेन्टरमा अस्पताल सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ। उपमहानगरपालिकाले स्त्री तथा बालरोग उपचारसम्बन्धी अस्पताल चलाउने गरी प्रक्रिया अगाडि बढाएको हो। त्यसका लागि रक्षा मन्त्रालयबाट होल्डिङ सेन्टर प्रयोगको अनुमति माग गरिएको उपमहानगरपालिकाको कार्यालयले जनाएको छ। नेपाली सेनाको भवानी दल गणको अनुगमन र व्यवस्थापनमा बनेको होल्डिङ सेन्टर रक्षा मन्त्रालय अन्तर्गत रहेको छ।
संस्कृत साहित्यमा आचार्य (स्नातकोत्तर तह) उत्तीर्ण बैतडीका कृष्ण दमाईं रोजगारी नपाएर भौँतारिनुभएको छ । दलितले वेद पुराण पढ्न हुँदैन भन्ने गलत धारणा चिर्दै दमाईंले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ लालझुन्डी, दाङबाट संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गर्नुभएको हो । २०६४ सालमा कन्चनपुरको वैजनाथ माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि दलित समुदायमाथिको विभेदविरुद्ध संस्कृत विषय अध्ययनमा जुट्नुभएको थियो । रोजगारीका लागि उहाँका प्रयत्न सफल हुन सकेका छैनन् ।
दाङ घोराही उपमहानगरपालिका–१४, स्वर्गद्वारी आश्रम टोल निवासी ६५ वर्षीय जुठे बादीले तिजका लागि नयाँ मादल बनाउनुभएको छ। तिजसँगै दसैँ, तिहारलगायतका पर्व नजिकिँदै गर्दा घरखर्चका लागि आयस्रोत जुटाउन उहाँले मादल बनाउनुभएको हो । बनाएका मादल बिक्री भने हुन सकेका छैनन्। केही वर्षअघिसम्म चाडपर्वको समयमा नयाँ मादल बेचेर नभ्याउने गरेको स्मरण गर्दै जुठे भन्नुहुन्छ, “पछिल्लो समय मादलको बिक्री ह्वात्तै घटेको छ ।” साढे चार दशकदेखि मादल बनाएर बेच्दै आएका उहाँको मादल बिक्न कम भएको छ । उहाँले पेसा नै हराउँछ कि भन्ने चिन्ता लाग्ने गरेको बताउनुहुन्छ ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संस्कृति हाम्रो पहिचान भएको बताउनुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिकीकरणको नाममा तीज पर्वलाई भड्किलो बनाउनबाट रोक्नुपर्ने बताउनुभएको छ । हरितालिका तीजका अवसरमा आज शुभकामना दिँदै उहाँले नेपाली मौलिकतालाई जीवन्त राख्न संस्कार र संस्कृतिको परिधिभित्रै रहेर मनाउनुपर्ने बताउनुभयो ।
सभामुख देवराज घिमिरले हिन्दू महिलाले महादेवको पूजा आराधना गरी मनाउने हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रो देश अनेक धर्म, अनेक संस्कृति र अनेक पर्वले समृद्ध रहेको उल्लेख गर्दै यी पर्व हाम्रा पहिचान र गौरव भएको उल्लेख गर्नुभएको छ ।
प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् ।
प्राविधिक ज्ञान र सिप भएका जनशक्ति तयार गर्ने उद्देश्यका साथ दोलखाका चार वटा माध्यमिक विद्यालयमा प्राविधिक धार अन्तर्गत सञ्चालन भएका बाली विज्ञानको पठनपाठनमा समस्या आएको छ । सम्बन्धित निकायको खासै चासो नहुनु, विद्यार्थी भर्ना न्यून र अन्य आयस्रोत नहुँदा बाली विज्ञान प्राविधिक धार सञ्चालनमा सङ्कट आएको बताइएको छ ।
विगतका वर्षहरूको तुलनामा पछिल्लो वर्ष काभ्रेपलाञ्चोक जिल्लामा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा कमी आएको छ। स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको तथ्याङ्कमा आर्थिक वर्ष २०७९/८० मा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्यामा कमी आएको हो । कार्यालयका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईंले पछिल्लो वर्ष काभ्रे जिल्लामा सुरक्षित गर्भपतन सेवा लिने महिलाको सङ्ख्या घटेको जानकारी दिनुभयो। उहाँले स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस) मा दर्ता भएको तथ्याङ्क अनुसार आव २०७९/८० मा काभ्रेपलाञ्चोकमा कुल एक हजार ३१७ महिलाले सुरक्षित गर्भपतन सेवा लिएको बताउनुभयो ।
अन्तर्राष्ट्रिय सम्मेलनका लागि भनेर अछामको प्रमुख पर्यटकीय क्षेत्र जाने पर्यटक हुलका हुल भित्रिँदै छन् तर त्यस्तो सम्मेलनबारे कुनै पनि तहका सरकारलाई जानकारी छैन। कतिपय पर्यटक अछामका विभिन्न स्थानमा अलपत्र परेका छन्। सरकारको इजाजतबिना नै सम्मेलनमा सहभागी हुन ठुलो सङ्ख्यामा अछाम पुगेका पर्यटक कोही जिल्लाको प्रवेश नाकामा रोकिएका छन् भने कोही सम्मेलन हुने भनिएको स्थलमा त्रिपाल टाँगेर बसेका छन्।
सर्वोच्च अदालतले नेपाल–भारतको खुला सीमा नियमन गर्न सरकारका नाममा परमादेशको आदेश जारी गरेको छ । नेपालको राष्ट्रिय हित प्रवर्धनका लागि आवश्यक भएमा थप सन्धि सम्झौता गरेर पारस्परिक हितका लागि सीमा नियमन तथा व्यवस्थापन गर्न अदालतले आदेश गरेको हो ।
धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।
राष्ट्रिपति रामचन्द्र पौडेलले हरितालिका (तीज) पर्व नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउने र यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उल्लेख गर्नुभएको छ ।