अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ ।
रामेछापको मन्थली नगरपालिका–९, पुरानागाउँ बाहुनचुरामा रहेको थानापति महादेवको मन्दिरमा २१ फिट अग्लो तामाको त्रिशूल राखिएको छ। रामेछाप जिल्लाकै महत्वपूर्ण धार्मिक स्थल थानापति महादेव मन्दिरमा हरितालिका तिजका अवसरमा सोमबार तामाको त्रिशूल राखिएको हो।
चालु आर्थिक वर्ष धुलिखेल–सिन्धुली बर्दीबास सडक (बिपी लोकमार्ग) आयोजनाको बजेट घटेको छ। अघिल्ला आर्थिक वर्षमा दिइरहेको बजेटमा कटौती गरी सङ्घीय सरकारले कम बजेट दिएको हो। बिपी लोकमार्गको रेखदेख तथा मर्मत सम्भार गर्दै आएको धुलिखेल–सिन्धुली बर्दीबास सडक आयोजनाको बजेट गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष ९६ प्रतिशत कटौती भएको छ। आव २०७९/८० मा पुँजीगततर्फ ५८ करोड नौ लाख र चालुतर्फ एक करोड ८१ लाख गरी ५९ करोड ९० लाख रुपियाँ बजेट रहेको उक्त आयोजनामा चालु आवमा चालु र पुँजीगततर्फ गरी दुई करोड ५६ लाख रुपियाँ मात्रै विनियोजन भएको छ।
संविधान सभाका अध्यक्ष एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण स्थगित बिपी साहित्य महोत्सवको समापन असोज ३ गते हुने भएको छ । नेपाली कांग्रेसले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक बिपी कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘बिपी साहित्य महोत्सव’ को समापन असोज ३ गते हुने भएको हो ।
अस्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकले आगामी अक्टोबर नेपाल भ्रमण गर्नुहुने भएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले सभामुखको नेपाल भ्रमणबारे जानकारी गराउनुभएको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाका नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार, पुरस्कृत हुने राष्ट्रिय शिल्ड तथा नगद पुरस्कार एक लाखदेखि तीन लाख रुपियाँसम्म प्राप्त गर्ने छन् । पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाहरू यस प्रकार छन् :
‘बिहेबारी, बिस वर्ष पारि’ भन्ने नारा र ऐन, कानुन भए पनि बैतडीमा २० वर्ष नपुग्दै आमा बन्नेको सङ्ख्या बढ्दो छ । बैतडीमा मात्र वार्षिक चार सय किशोरीले २० वर्ष नपुगी सन्तान जन्माएर आमा बनेका छन् । बालविवाह न्यूनीकरणका क्षेत्रमा सरकारी तथा गैरसरकारी क्षेत्रले काम गरेको दाबी गरे पनि बैतडीमा बालविवाह रोकिएको छैन । स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा ४१५, आर्थिक वर्ष २०७८/७९ मा ३८७ र २०७९/८० मा ३२३ जना किशोरी आमा बनेका छन् ।
संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा संचालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नुभएको छ।
गृह मन्त्रालयबाट जारी ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ आज राजपत्रमा प्रकाशित भएको छ। जारी निर्देशिका अनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्लेख हुनेछैन।
चट्याङमा परेर नौजना घाइते र एक जनाको मृत्यु भएको छ ।
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषदका सदस्यहरूसँग समसामयिक विषयमा छलफल गर्नुभएको छ ।
संयुक्त राष्ट्र संघको सभा हलमा आयोजित एसडीजी समिटलाई सम्बोधन गर्नुहुँदै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेज
जिल्ला प्रहरी कार्यालय चितवनले लागूऔषतसहित एक जनालाई पक्राउ गरेको छ।
चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ ।
नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको हो।