मुलुकको सङ्घीय राजधानीमा रहेको काठमाडौँ महानगरपालिकालाई बस व्यवस्थापनमा सकस परेको छ ।
१. सुनकोशी सुनजस्ती, तामाकोशी तामाजस्ती अटल लाग्छिन् गौरीशङ्कर, मेरै आमाजस्ती । तोरी फुल्दा मधेशझैँ कस्ती मग्मगाउँछिन् जूनकीरीझैँ अँधेरीमा ज्योति जग्मगाउँछिन्
कुहिरोभित्रको घाम रुँदै छ कि हाँस्दै छ थाहा हुन्न मनभित्र उज्यालोको रहर मर्दै छ कि बाँच्दै छ थाहा हुन्न ।
बेजमानीको बात म के जानूँ चोरी ठगीको भात म के जानूँ ! विश्वास विश्वासमै हुर्कें, बढेँ अविश्वासको लात म के जानूँ !
महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट्् बालकृष्ण समलाई नेपाली साहित्यमा ‘त्रिमूर्ति’का रूपमा सम्मान प्रकट गरिँदै आएको छ । यद्यपि, देवकोटालाई महाकवि र समलाई नाट्यसम्राट्को उपाधि जनबोलीले मात्रै दिएको हो । पौड्याललाई चाहिँ सरकारद्वारा नै ‘कविशिरोमणि’को उपाधि प्रदान गरिएको थियो । उहाँहरूका कृतिमाथि अनेक कोणबाट अनुसन्धान एवं चर्चा–परिचर्चा भएका छन् । यसै सेरोफेरोमा प्रा.डा. कुमारप्रसाद कोइरालाद्वारा लिखित ‘समका दुःखान्त नाटकमा द्वन्द्वविधान’ शीर्षकमा भर्खरै अनुसन्धानमूलक कृति प्रकाशित भएको छ । कोइरालाले वि.सं. २०६५ मा पूरा गरेको आफ्नो विद्यावारिधिको शोधलाई सङ्क्षेपीकृतसहित परिमार्जन गरेर कृतिका रूपमा सार्वजनिक गर्नुभएको हो ।
कपिलवस्तु बुद्ध भूमि नगरपालिका ४ बुड्ढीका बिक्की थारु खुट्टा दुखेर झारफुक गराउन गुरवा (थारु समुदायका धर्मगुरु) को मा गएका थिए ।
“हाउ, धान पो काट्नु थियो मेरो त दाजु !” भाइ कान्छाले यसै भने । उनका कुरा ठीकै थिए । तर यै समयको मेलो मिलाएर चुलाचुलीको फेदी आइपुगेथेँ म । दमकको तातो घामसँगै धान खुर्रिन थालेको थियो । हप्ता दिनभित्रै नकाटे बाला झर्ने तम्तयारीमा थिए– धानका । “भोलिलाई चैँ मैले एक दिन मागेँ । जाम्–जाम् भाइ । मास्तिर
बिरामी आँखा नदेख्ने एक युवा उपचार पाउनु त परकै कुरा उहाँ गोठमा बस्न बाध्य छ । सिमकोट गाउँपालिका –२ को ठेहे गाउँका २७ वर्षीय नरेन्द्र बोहरा आँखा नदेख्ने र हिँडडुल गर्न नसक्ने भएपछि उहाँलाई परिवारलाई उपचार गर्न नसक्ने भन्दै गोठमा राख्दै आएको छ ।
भित्र कोठामा आफ्ना बुवाका प्रिय वस्तुहरूलाई संरक्षण गरेर राखिएको हेर्दा कुनै जुहारीले हीराका टुक्राहरूको चमकलाई जोगाउन संरक्षण गरेको होजस्तो लाग्छ । भित्र पस्नेबित्तिकै दाहिने छेउमा टेबुल छ । टेबुलमा ऐना छ । ऐनाको छेउमा स्केच गर्ने केही कागजका टुक्रा छन् । दक्षिणपूर्व कुनामा आधा बनेको गणेशको चित्र छ । त्यसको छेउमा रङका प्यालेट र ब्रसहरू छन् ।
पृथ्वी, सूर्य, तारागणको सामूहिक स्वरूपलाई ब्रह्माण्ड (युनिभर्स) भनिन्छ । यसको निमार्ण कसरी भयो भन्ने विषय पनि रहस्यमय छ । यसको आजसम्म प्रमाणित यथार्थ मानव दिमागले भेटेको छैन । तर मानिस यति धेरै जिज्ञासु छ कि उसले ब्रह्माण्डको रहस्य पत्ता लगाउनका लागि अनेक प्रयास प्रत्येक दिन गरिरहेको छ । ब्रह्माण्डका बारेमा अनेक अनुत्तरित प्रश्न छन् । यीमध्ये दुई प्रश्न धेरै सोधिन्छन् । पहिलो हो, ब्रह्माण्डको निर्माण कसरी भयो ? दोस्रो, यो सीमित छ कि असीमित छ ?
निजामती तथा सार्वजनिक संस्थानका कर्मचारीको तलबको केही हिस्सा जोगाएर लगानीयोग्य रकम जोहो गर्न सक्ने ठूलो हैसियत बनाएको नागरिक लगानी कोषमा आठ लाख जनाको करिब दुई खर्ब छ अर्ब रुपियाँ छ। कोष स्थापनाको ३३औँ वार्षिकोत्सवका अवसरमा कोषका कार्यकारी निर्देशक रमण नेपालसँग गोरखापत्रका गोपालचन्द्र सुवेदीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुनः विश्वासको मत लिनुहुने भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट हटेसँगै मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेश सभाबाट आगामी मङ्गलबार विश्वासको मत लिनुहुने भएको हो।
गत २०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त पारेको करिब आठ वर्षको अवधिमा दोलखामा ६६ हजारभन्दा बढी निजी आवास पुनर्निर्माण भए पनि करिब चार हजार घरमा ताला लगाइएको छ। गत २०७२ वैशाख १२, १३ र २९ गतेको भूकम्पबाट ध्वस्त भएका दुई नगरपालिका र सात गाउँपालिकाका ७४ वडामा निर्माण भएका यहाँका ९९.२५ प्रतिशत अर्थात् ६६ हजार ५९० घरमध्ये चार हजार घरमा बस्ने मान्छे नभएर ताला लगाइएको छ।
गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले विद्यालयमा स्वयंसेवक शिक्षक कार्यक्रम कार्यान्वयन गर्ने कार्यमा कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृतले असहयोग गरेको आरोप लगाउनुभएको छ। अध्यक्ष बुढाले पत्रकार सम्मेलन गरी १२ औँ गाउँ सभाले पारित गरेको शिक्षण सिकाइ अनुदानमा कोटामा स्वयंसेवक शिक्षक नियुक्ति गर्ने कार्यमा अवरोध गरिएको बताउनुभयो। अध्यक्ष बुढाका अनुसार सो प्रयोजनका लागि कार्यविधि–२०७९ समेत पारित गरी सो कार्यविधिअनुसार पदपूर्तिसम्बन्धी व्यवस्थालाई आन्तरिक मामिलाका रायसहित १३औँ हिउँदे सभामा समेत अनुमोदन गरिएको छ। यद्यपि सो कार्यक्रम कार्यान्वयन गर्न प्रशासकीय अधिकृतले आनाकानी गरेको आरोप अध्यक्ष बुढाको छ।
सिगास गाउँपालिका–१, बेसारास्थित गाउँघर क्लिनिक बन्द भएको छ। महिनामा एक पटक खुल्ने गरेको सो क्लिनिक फागुन २८ गतेदेखि पूर्ण रूपमा बन्द भएको स्थानीय जगदीश भट्टले बताउनुभयो। सिगास गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम बोहराका अनुसार गाउँघर क्लिनिक सञ्चालन गर्न करारमा नियुक्त गरिएका अनमीको म्याद सकिएपछि क्लिनिक बन्द अवस्थामा रहेको हो।