बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रादेशिक संरचना सुदृढ नभएसम्म सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था बलियो हुन नसक्ने बताउनुभएको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालबाट वार्षिक १२/१३ खर्ब रुपियाँको विद्युत निर्यात भई व्यापार घाटाको अवस्था अन्त्य हुने बताएका छन् ।
नेपालको राजनीतिक फाँटमा बौद्धिक छविका रुपमा परिचित डा बाबुराम भट्टराई संविधानसभाको पहिलो निर्वाचनमा भारी मतका साथ गृह जिल्ला गोरखाबाट निर्वाचित हुनुभएको थियो ।
औषधि व्यवस्था विभागले एक सय तीन प्रकारका एन्टिबायोटिक औषधि र तिनका सम्मिश्रण उत्पादन तथा आयातमा प्रतिबन्ध लगाएको छ ।
कर्णाली प्रदेश सरकारले हिमाली क्षेत्रमा पछिल्लो समय पत्ता लागेका नयाँ तालको प्रमाणित गर्ने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले नयाँ तालतलैया भेटिनु खुसीको कुरा भएको बताउनुभएको छ
प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २६औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
राष्ट्रपति रामचन्द्र पौडेल असोज ६ गते शनिबार आफ्नो गृह जिल्ला तनहुँ आउनुहुने भएको छ । राष्ट्रपतिले दमौलीमा निर्माण गरिएको जिल्ला सभाहलको समुद्घघाटन गर्नुहुने कार्यक्रम रहेको छ ।
ललिपुर पुल्चोकस्थित राणकालीन दरबार श्रीमहल यतिबेला अलपत्र अवस्थामा छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको श्रीमहल आठ बितिसक्दा पनि अझै पुनः निर्माण हुन सकेको छैन ।
भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्व आज देशभर मनाइँदै छ । ऋषिपञ्चमीका दिन काठमाडौंको पशुपति क्षेत्र र टेकुस्थित ऋषेश्वर मन्दिरमा भक्तजनको भीड छ । आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को दीक्षान्त समारोह यही असोज १८ गते हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं न्याम्सका सहकुलपति मोहनबहादुर बस्नेतको अध्यक्षतामा आईतबार बसेको २७ औं सिनेट बैठकले न्याम्सको दीक्षान्त समारोह असोज १८ गते गर्ने निर्णय गरेको हो ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा चिर्पट प्रहार गरी पिताको हत्या भएको छ । नगरपालिकाको वडा नम्बर ८ बोडगाँउमा सोमवार राती अन्दाजी ९ बजे हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक गङ्गाबहादुर थापाले बताउनु भयो ।
आधुनिक गायनमा छोटो समयमै चर्चाको शिखरमा रहेकी बाग्लुङकी सिम्रन परियार पछिल्लो समय दर्शकको मन जित्न सफल भएकी छिन् । उहाँले तीजको अवसरमा स्याङ्जाको अर्जुन चौपारीमा आयोजित कार्यक्रममा दर्शकलाई नचाउनु भयो ।
धनकुटा नगरपालिका–४ दानाबारीस्थित जिल्ला प्रशासन कार्यालयको नयाँ प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गृह मन्त्रालयको नौ करोड १२ लाख १८ हजारको लागतमा उक्त साढे तीनकोठे भवन बनिरहेको हो ।
शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिकरूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आउनुभएको छ । मौसमी र बेमौसमी काँक्रो खेती गरी उहाँले वार्षिकरूपमा रु पाँच लाख बढी आम्दानी गर्दै आउनुभएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–७ भगरा गाउँमा गत आइतबार राति लुटपाट मच्चाउने तीन जना शङ्कास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गाउँमा लुटपाट मच्चाउने तीन जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।