अर्जुन काफ्ले
स्याङ्जा, असोज २ गते । आधुनिक गायनमा छोटो समयमै चर्चाको शिखरमा रहेकी बाग्लुङकी सिम्रन परियार पछिल्लो समय दर्शकको मन जित्न सफल भएकी छिन् । उहाँले तीजको अवसरमा स्याङ्जाको अर्जुन चौपारीमा आयोजित कार्यक्रममा दर्शकलाई नचाउनुभयो ।
महिलाहरूको महान् चाड हरितालिकाभएको हो ।
¨जुन दिन भन्थ्यौ पर्छौ र को मेरो
जिन्दगीलाई कालो दिन हो मेरा
पानी परेको तिम्रो याद आयो र बेसी झरेको .......”
बोलको गीतले मेलामा आफ्नो प्रस्तुति सुरु गर्नु भएकी सिम्रनले दर्शलाई नचाउनुभएको थियो ।
सिम्रनले ¨माया गर्ने मुटुमा घाउ छ
घाउ भरी नै तिम्रो नाउँ छ.... ”,
¨यो आँखाको तिमी गाजल बन्नु है, मुस्कुराउँदा मुखको लाली बन्नु.... ” लगायतका पाँच वटा गीत गाएर दर्शकको माझमा भाइरल बन्नुभएको थियो ।
छोटो समयमा गायनको छेत्रमा उदाएकी सिम्रनले मेलामा सयौँको सङ्ख्यामा उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन गर्नुभएको थियो । रमाइलो मेलामा युस्कल परियार र पवित्रा काफ्लेले समेत प्रस्तुति गरेर दर्शलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
दर्शकले ¨वान्स मोर, वान्समोर ” भन्दै गीत गाउन आग्रह गर्दा सिम्रनलाई आयोजकले समयको अभाव भएको जनाएको थियो । स्थानीय आमा समूहको तिज गीत प्रतिस्पर्धा र एकल तथा सामूहिक नृत्य प्रतियोगितामा विजयीलाई पुरस्कार प्रदान गरिएको थियो ।