पाल्पामा दुई करोड रुपियाँको लगानीमा फन पार्क सञ्चालनमा आएको छ । आइकोनिक ग्रुप प्रा.लि.ले रामपुर नगरपालिका–५, मटेरीमा रामपुर फनपार्क सञ्चालनमा ल्याएको हो ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले विभिन्न देशका पर्यटक अछाम पुगेकोबारे प्रदेश मन्त्रालयलाई जानकारी नरहेको बताउनुभएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको आर्थिक रूपान्तरणका लागि देशभित्र र बाहिर हुने नेपालीहरूको सहभागिता आवश्यक रहेको बताउनुभएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले सवारी चेकजाँच स्थलमै प्रशिक्षण दिने गरी अभियान चलाएको छ ।
विराटनगर महानगरपालिकाले तीन जना नगर रक्षकलाई पदमुक्त गरेको छ । जनता समाजवादी पार्टीका नेतालाई दुर्व्यवहार गरेको विषयलाई लिएर महानगर प्रमुख नागेश कोइरालाले नगर रक्षकहरूलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संवैधानिक विधि र विधानको पालना एवम् अनुसरण गर्दै लोकतन्त्रको यात्रा सुखमय र समृद्धिमय बनोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कले बढेको छ । आजको कारोबारपछि परिसूचक १६ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ८५ दशमलव ४३ अङ्कमा कायम भएको हो ।
लामो समयदेखि प्राविधिक कर्मचारीहरू रिक्त हुँदा धनकुटाको राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम प्रभावित भएको छ । अनुसन्धानका लागि आवश्यक कुल ३७ कर्मचारीको दरबन्दीमध्ये हाल ६ जना कर्मचारी मात्र छन् ।
पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र भित्रको सावरी साधन पार्किङ स्थलको सम्झौता रद्द गरेको छ । पशुपति क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा तत्व इन्भेस्टमेन्ट प्रालिले पाएको भएपनि सम्झौता अनुसारको काम तथा समयमै बक्यौता रकम तिर्न नसकेका कारण उक्त सम्झौता रद्द गरिएको विकास कोषले जनाएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को अवसरमा हेटौँडामा भएको दौड प्रतियोगिताको उपाधि नेपाली सेनाले जितेको छ ।
तान्जानीय पठाउने भनी रकम ठगी गर्ने ४२ वर्षीय गणेश बहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले १९औँ एसियाली खेलकुद (एसियाड) मा खराब सुरुवात गरेको छ । चीनको हाङझावमा बुधबार भएको पहिलो खेलमा नेपाल बहराइनसँग पराजित भयो ।
सर्पदंशबाट बाँसगढी नगरपालिका-३ उत्तरभकारी बर्दियाका ५ वर्षीय बालक जय थारुको मृत्यु भएको छ । गोमन सर्पको टोकाइबाट ती बालकको मंगलबार मृत्यु भएको हो ।
धनुषाको मिथिलाबिहारी नगरपालिका–९ स्थित श्री रामजानकी प्राथमिक विद्यालयका शिक्षिका निलम कुमारी यादवलाई नक्कली नियुक्ति पत्र बनाएको आरोप लागेको छ ।
गण्डकी प्रदेश सांसद तथा नेपाली कांग्रेसका प्रमुख सचेतक नन्दुप्रसाद न्यौपानेले नागरिकको अधिकार खोसिन नदिन सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण भएको बताउनुभएको छ ।