विगत केही वर्षदेखि नेपाली निजामती क्षेत्रमा सङ्घीय निजामती ऐन निर्माण प्रक्रिया प्रारम्भ गरिए पनि हालसम्म यसबारेमा कुनै निष्कर्ष हासिल भएको छैन । यो ऐनका निम्ति विधेयक मस्यौदाकै चरणले लामो समय लिएको छ । निजामती सेवाका हरेक विषयवस्तुलाई सम्बोधन गर्ने अपेक्षामा यसको व्यग्र प्रतीक्षा आमकर्मचारीबीच हुनु नौलो विषय पनि होइन । यससम्बन्धी विधेयक संसद्बाट पारित भएपछि मात्र यसले ऐनको रूप लिन सम्भव हुन्छ तर अघिल्लो संसदीय कार्यकाल प
त्रिभुवन विश्वविद्यालयका आङ्गिक, सम्बन्धन प्राप्त क्याम्पस/कलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आइतबार हुँदै छ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीका अनुसार बिहान ८ देखि अपराह्न ४ बजेसम्म विद्यार्थीले आफ्नो प्रतिनिधि चयन गर्न सक्नेछन् ।
नेपाल पत्रकार महासङ्घले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको अभिव्यक्तिबाट समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको भन्दै आपत्ति जनाएको छ। महासङ्घले शनिबार विज्ञप्ति जारी गर्दै संसद्को मुख्य नेतृत्वबाट पदीय हैसियत र मर्यादाविपरीत सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको हो। सङ्घीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्न र सभामुखलाई बधाई ज्ञापन गर्ने कार्यक्रममा शुक्रबार सभामुख घिमिरेले दिनुभएको अभिव्यक्तिप्रति महासङ्घले असन्तुष्टि जनाएको छ।
द्वन्द्वपीडित परिवारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न सङ्घीय संसद् सचिवालयमा प्रस्तुत विधेयकलाई परिमार्जन गर्न माग गरेका छन्। विधेयकमा आफूहरूको असहमति रहेको भन्दै परिमार्जनको माग गरेका हुन्।
काठमाडौं, चैत ४ गते। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ। जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। भोलि आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भावका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।काठमाडौँमा आज अपराह्न हल्कादेखि मध्यम वर्षा भएको छ। प्रि–मनसुनी वर्षाले उपत्यकामा केही चिसो महसुस भएको छ। महाशाखाको पछिल्लो विवरणमा काठमाडौँमा तीन मिलीमिटर वर्षा मापन गरिएको छ। आज सबैभन्दा धेरै ओखलढुङ्गामा १० मिलीमिटर वर्षा भएको छ। ताप्लेजुङमा दुई, भैरहवामा तीन, नेपालगन्जमा दुई र धनगढीमा एक मिलीमिटर वर्षा भएको छ। आज काठमाडौँको न्यूनतम तापक्रम १० दशमलव पाँच र अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहेको छ। रासस
त्रिभुवन विश्वविद्यालयले भोलि चैत ५ मा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सबैलाई सहयोग गर्न अपिल गरेको छ ।
कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा शनिबार नागरिक अभिनन्दन तथा रथारोहण भएको छ।
गुल्मीको तम्घासमा चार जना डेरी व्यवसायी मिलेर डेरी उद्योग सञ्चालनमा ल्याएका छन् । यहाँ डेरी व्यवसाय गर्दै आउनुभएका नवराज भुसाल, बालकृष्ण भण्डारी, नर्जन श्रेष्ठ र जुद्ध बस्नेतले रेसुङ्गा नगरपालिका– ९ मा गुल्मी डेरी उद्योग प्रालि सञ्चालन गर्नुभएको हो ।
शहीद स्मारक ‘ए’ डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले शनिबार एक दिवसीय विश्वकप छनोटका लागि स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई दशरथ रंगशालामा सम्मान गरेको छ ।
अन्तरराष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका –८ दोखुका किसानलाई कृषि प्रयोजनका सामग्री वितरण गरिएको छ । कृषि क्षेत्रमा संलग्न स्थानीय किसानलाई टनेल, ड्रमलगायतका सामग्री वितरण गरिएको हो ।
काठमाडौं महानगरपालिका-९ तिलगङ्गामा ना ३ ख ६०६४ नम्बरको गाडीको ठक्करबाट शनिबार पैदल यात्रीको मृत्यु भएको छ।
तिलोत्तमा गोल्डकप फूटबल प्रतियोगिता २०७९ शनिबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम फुटबल संघले रुपन्देही–११लाई ३–१ गोलले हरायो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी थारुले सङ्घीय निजामती ऐन यही अविधेशनबाट टेबुल हुने बताउनुभएको छ । जनकपुरधाममा शनिबार आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती मधेश प्रदेशको दोस्रो अधिवेशनमा उहाँले यस्तो बताउनुभएको हो ।
नेपाल चलचित्र कलाकार संघको नेतृत्वका लागि निर्वाचन सुरु भएको छ। शनिबार संघको नेतृत्वका लागि मतदान सुरु भएको हो।