पश्चिम नवलपरासीको सुनवल वार्ड नम्बर आठको सिरान टोलमा अस्पताल निर्माणका लागि शिलान्यास भएको तीन वर्ष बितिसक्दा समेत अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन ।
कोहलपुर–सुर्खेत सडक खण्ड दुई लेनमा विस्तार हुने भएको छ । निर्माण भएको लामो समय सम्म पनि स्तरोन्नति हुन नसकेको रत्नराज मार्गको क्षेत्र निर्धारण र कार्यसूची (टिओआर) स्वीकृत भएसँग वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) अन्तिम चरणमा पुगेको हो ।
अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले नागरिक लगानी कोषले लगानी विविधीकरण गर्दै जानुपर्ने बताउनुभयो । अन्य प्रतिस्पर्धी संस्थाको तुलनामा कोषप्रति आकर्षण बढ्दो क्रममा रहेकाले लगानी विविधीकरण गर्दै बढी प्रतिफल आउने गरी पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने सचिव घिमिरेले बताउनुभयो ।
नेपाल–भारतबीचको विद्युत् आदानप्रदान समितिको बैठकले नेपालले भारतको विहार राज्यको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने निर्णय गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार सम्पन्न समितिको १४औँ बैठकले विहारको ग्रिड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत भारतका अन्य प्रान्तमा नेपालले गर्ने विद्युत् निर्यातको मोडालिटी एक महिनाभित्रमा तय गर्ने निर्णय गरेको हो ।
जिल्लाको पश्चिम भेगका किसानले खेर गएको जग्गामा लगाएको दालचिनी बिक्री गरेर राम्रो आम्दानी गर्न थालेका छन्। दालचिनीको पात र बोक्रा मसलाका रूपमा प्रयोग हुन्छ। बल्ढेङ्गढी, सत्यवती, छहरा, जुठापौवा, दोभान, कचल, कोलडाँडालगायतका किसानले खेर गएको जग्गामा दालचिनीको खेती नै गरेका छन्।
पछिल्लो समय बाजुराका अधिकांश स्थानीय तहका विद्यालय भवन जीर्ण बन्दै गएका छन्। केही महिना पहिला बाजुरामा गएको भूकम्पले चर्किएका ती विद्यालय भवन समयमै मर्मत नभएपछि जीर्ण बन्दै गएका हुन्। भवन जीर्ण बन्दै गएपछि अहिले बालबालिकालाई कक्षाकोठाभित्र राखेर पठनपाठन गराउन समस्या भएको शिक्षकले बताएका छन्। त्रिवेणी नगरपालिका वडा नम्बर २ छताराको त्रिभुवनेश्वरी माविका प्रधानाध्यापक प्रेमलाल जैसीले २०७२ सालको भूकम्पले चर्किएको विद्यालय मर्मत गर्न नसकेपछि जीर्ण बन्दै गएको बताउनुभयो।
जाजरकोटमा दुई वर्ष नबित्दै सडक मर्मत गर्न थालिएको छ। भेरी नगरपालिका–४, रामजानकी टोलदेखि भेलहाले मूल सडक जोड्ने सडक प्राविधिकको गलत स्टिमेटका कारण पुनः मर्मत गर्नु परेको बताइएको छ।
वि.सं २०७७ असारमा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा कार्यालय रहने गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा बस्तुको प्रत्यक्ष बिक्री गर्ने उद्देश्य राखी खुलेको ग्लोबल ओरियन्स नेपाल प्रा.लि. नामको कम्पनीले टीकापुरमा सम्पर्क कार्यालय खोली करोडौँ रुपियाँ उठाएको पाइएको छ ।
बैतडी सदरमुकामको दशरथचन्द नगरपालिका र पञ्चेश्वर गाउँपालिका एकआपसमा जोडिएका छिमेकी पालिका हुन् तर पञ्चेश्वरबाट दशरथचन्द नगरपालिका पुग्न नौ सय रुपियाँ गाडीभाडा लाग्ने गरेको छ। पञ्चेश्वर गाउँपालिाका–६ र दशरथचन्द नगरपलिकाको ११ नम्बर वडा एक–आपसमा जोडिएका छन् तर गाडीभाडा अति धेरै भएपछि स्थानीय पैदल हिँडेर सदरमुकाम आवतजावत गर्दै आएको पञ्चेश्वरका भाष्करदत्त भट्टले बताउनुभयो।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५, रेक्चामा खानेपानीको चरम अभाव भएपछि सर्वसाधारण बस्ती नै छोडेर बेँसी तथा अन्यत्र बसाइँ सरिरहेका छन्। पानीको कुनै मुहान नहुनु र भएको पनि गर्मी नलाग्दै सुकेपछि त्यहाँका बासिन्दा बर्सेनि बसाइँ सरिरहेका छन्। पाँच वर्षअघिसम्म सो ठाउँमा करिब ११५ घरधुरी थिए, अहिले ८० घरधुरी छन्। घरधुरी घट्नुको मुख्य कारण नै खानेपानीको अभाव हो। स्थानीय बासिन्दा जितन बीसीले सो ठाउँमा चार/पाँच वर्षको अवधिमा ३५ घरधुरी खानेपानीकै कारण बसाइँ सरेको बताउनुभयो। रेक्चामा रेक्चा, खाडगाडी, हाडकाँध, खेल र ढुङ्गालोटे बस्ती पर्छ। यी बस्तीबाट प्रत्येक वर्ष कुनै नै कुनै परिवार बसाइँ सरिरहेको उहाँले जनाउनुभयो।
यहाँको हिमा गाउँपालिका–५ मा सबै बालबालिका विद्यालयको पहुँचमा पुगेका छन्। वडाले घरधुरी सर्वेक्षण गरेर सबै घरमा रहेका बालबालिका विद्यालयको पहुँचमा पुगेका र कोही पनि पढ्ने उमेरका बालबालिका विद्यालयबाहिर नरहेको भन्दै ‘विद्यालयबाहिर बालबालिकाविहीन वडा’ घोषणा गरेको हो।
साना किसानको आर्थिक तथा प्राविधिक स्तरोन्नति र विकासबाट समृद्धि सम्भव हुने विज्ञहरूले बताएका छन् । मङ्गलबार राजधानीमा आयोजित नेपालमा साना दुग्ध उत्पादक किसानका लागि ग्रामीण कृत्रिम गर्भाधान अभिवृद्धि (तराई) परियोजनाको अभिमुखीकरण कार्यशालाका सहभागीले सो धारणा व्यक्त गरेका हुन् ।
संसारमा धेरैजसो मुलुकमा राजनीतिक परिवर्तनअघि शान्तिपूर्ण वा सशस्त्र सङ्घर्ष भएको हुन्छ । यही सङ्घर्षबाट राजनीतिक परिवर्तन हुन जान्छ । बिनारक्तपात राजनीतिक सत्ता परिवर्तन भएको न्यून सङ्ख्यामा मात्र पाइन्छ । नेपालमा मल्लकालीन, शाहकालीन, राणाकालीन सत्ता परिवर्तनमा पनि रक्तपात भएको इतिहास पाइन्छ । भारतमा पनि सत्ता परिवर्तनका निम्ति ठूलो रक्तपात भएको देखिन्छ । चीनमा पनि सशस्त्र युद्ध नै भएको पाइन्छ । रसियन क्रान्ति, फ्रान्सेली क्रान्ति, बेलायती क्रान्ति, युरोपमा भएका विभिन्न देशको क्रान्ति पनि सशस्त्र युद्धको दर्दनाक अवस्था इतिहासमा अङ्कित छ ।
औपचारिक, अनौपचारिक र अनियमित गरी शिक्षाका तीन किसिमका प्रारूप छन् । प्राणी जगत्मा सिक्ने र सिकाउने सम्पूर्ण कार्य यी तीन प्रारूपबाट नै हुने गर्छ । शिक्षाका थरिथरिका परिभाषा पाइन्छ । पूर्वीय संस्कृतिका महान् दार्शनिक स्वामी विवेकानन्दले मानिसभित्र लुकेर रहेको प्रतिभा उजागर हुने प्रक्रिया नै शिक्षा हो भनेका छन् । शिक्षा बाहिरबाट अप्रत्यासित प्राप्त हुने चिज हैन ।