न्याय परिषद्ले जिल्ला अदालतमा रिक्तमध्ये ३६ न्यायाधीशको पदपूर्ति गरेको छ । परिषद्को सोमबारको बैठकले नियुक्ति र पदस्थापन गरेको हो । कार्यक्षमता, ज्येष्ठता र वरिष्ठताका आधारमा सात, खुला प्रतिस्पर्धाबाट एक र खुला तथा आन्तरिक प्रतिस्पर्धाबाट पूरा हुन नसकेका बाँकी पदमा पनि परिषद्ले नियुक्ति एवं पदस्थापन गरेको हो ।
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सार्वजनिक विद्यालयका शिक्षकहरू आफ्ना मागबारे सरकारलाई जानकारी नै नगराई आन्दोलनमा उत्रिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलबार आयोजना गरेको कार्यक्रममा उहाँले सडक आन्दोलन गरेर मात्रै माग पूरा नहुने भएकाले वार्ता र छलफलमा आउन शिक्षकलाई अनुरोध गर्नुभयो । शिक्षकका माग सम्बोधन गर्नकै लागि विगतमा मन्त्रीपरिषद्ले पारित गरिसकेको विधेयकमाथि थप एक महिना छलफल गरेर सरोकारवालाको सहमतिमा टु्ङ्ग्याएको बताउँदै उहाँले भन्नुभयो,
अछाम जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र रामारोशनमा आयोजना हुने भनिएको अन्तर्राष्ट्रिय सम्मेलन जमघट मात्र रहेको पाइएको छ । ‘रेन्बो फेमिली’ तथा ‘रेन्बो ग्यादरिङ युनिटी’ नामक नेटवर्कमार्फत विभिन्न देशका नागरिक अछाम पुगेका छन् । अझै कतिपयको आउने क्रम जारी छ भने केही रोकिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ ।
पाथीभरा याङ्वरक गाउँपालिका–६ थुम्बेदिनले तिरिङ्गेलाई पराजित ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपाली भाषामा अनुवादित भएको छ। ‘द ट्रुथ वी होल्ड’को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ सार्वजनिक भएको हो।
नेपाल राष्ट्रिय बास्केटबल लिग यसै महिना हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा असोज १२ देखि असोज २७ गतेसम्म सञ्चालन हुने लिगको तयारी अन्तिम चरणमा पुगेको नेपाल बास्केटबल सङ्घले जनाएको छ ।
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख जेङ यान नेतृत्वको प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग शिष्टाचार भेटवार्ता गरेको छ ।
कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गबीच रक्षा मन्त्रालय, सिंहदरबारमा मंगलबार शिष्टाचार भेट भएको छ ।
नेपाल स्क्वास एन्ड र्याकेट्स सङ्घको आयोजनामा बुधबारदेखि एनएसआरए इन्टर क्लब स्क्वास टिम च्याम्पियन्सीप - २०२३ हुने भएको छ ।
संविधान दिवसको अवसर पारेर चलचित्र विकास बोर्ड द्वारा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कलाकारहरूलाई पुरस्कार प्रदान गर्नुभएको छ । उहाँले दश जना चलचित्रकर्मी र एक समितिलाई सम्मान गर्नु भएको हो ।
तनहुँको मुख्य व्यापारिक क्षेत्र सदरमुकाम दमौली लगायतका बजार क्षेत्र चाडपर्वको बेला समेत सुनसान देखिन्छ । ठुलो चाड दसैँ, तिहार नजिक आएपनि किनमेल गर्नेको चहलपहल हुन नसकेको व्यापारीहरूले बताएका छन् ।
भद्रपुरको झाडीमा भेटिएका शिशुको अभिभावकत्व विराटनगरका चिकित्सक दम्पतीलाई दिइएको छ । भद्रपुर नगरपालिकाले विराटनगर १३ का चिकित्सक दम्पती सुनित अग्रवाल र अंकिता राठीलाई अभिभावकत्वको जिम्मा लगाएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘१९औँ एसियाली खेलकुद प्रतियोगिता’ अन्तर्गत महिला ह्याण्डबलमा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियल लगायत बक्सिङ खेलमा सहभागी हुने खेलाडीलाई बिदाइ गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।