तनहुँमा एक महिला उद्यमीले उत्पादन गरेको सिउँडी फल (ड्र्यागन फ्रुट) ग्राहक बारीमै आएर टिपेर लैजाने गरेका छन्। व्यास नगरपालिका–५, ढोडेनीमा नेपाल घरेलु तथा साना उद्योग महिला उद्यमी समिति तनहुँको अध्यक्ष कल्पना गौलीले लगाएको ड्र्यागन फ्रुट किन्न ग्राहक बारीमै पुग्छन्।
पूर्वी नवलपरासी कावासोतीका माझी, मुसहर र बोटे समुदायका मानिस वैकल्पिक पेसातर्फ उन्मुख हुन् थालेका छन्। सन्तबहादुर माझीले माझी, मुसहर र बोटे समुदायका मानिसमा चेतनाको विकास भएसँगै माछा मारेर मात्र जीवन नचल्ने देखेर अन्य पेसा अँगाल्न थालेको बताउनुभयो। अहिले खेतीपाती, ज्याला मजदुरी, वैदेशिक रोजगारीमा र कतिपय सिकर्मी डकर्मी पेसातर्फ उन्मुख भएका छन्। कावासोती–७ साँढको मुसहर बस्तीका १८ घर मुसहर परिवार माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य वैकल्पिक पेसातर्फ लागेको छ। नदीमा माछा मारेर जीविकोपार्जन गर्ने यो समुदायलाई वैकल्पिक पेसातर्फ उन्मुख गराउन सामाजिक संस्थाको उल्लेखनीय भूमिका रहेको छ।
बझाङ जिल्लाको तत्कालीन सदरमुकाम चैनपुर अहिले जयपृथ्वी नगरपालिका भएको छ । मानवतावादी राजा तथा राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको जन्मस्थल रहेको यस पालिकाको नामकरण राजा जयपृथ्वीको नामबाट गरिएको हो । बझाङ राज्यको इतिहाससँग जोडिएको यो नगरपालिका ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । नगरपालिकाको केन्द्र भाग हुँदै घुमाउरो फन्को मारेर सेती नदीसमेत बगेको छ । साबिकको सुबेडा, रिठापाटा, चैनपुर, लुयाटा, हेमन्तवाडा र
कैलालीका राजनीतिकर्मी गणेश ढकालको कृषिप्रति मोह बढेको छ । लम्कीचुहा नगरपालिका–१ निवासी ढकालले राजनीतिसँगै कृषि पेसामा सक्रियता बढाउदै आउनुभएको छ । उहाँले लम्कीमै ड्र्यागन फ्रुट खेती गरिरहनुभएको छ । आफ्नै पाँच कट्ठा जमिनमा रोपेको ड्र्यागन अहिले लटरम्म फलेको छ । “अहिलेसम्म आठौँ लट ड्र्यागन टिपेर बिक्री गरिसकेँ,” उहाँले भन्नुभयो, “राजनीतिकर्मी भए पनि म भाषण गर्दैन, काम गर्छु ।” ढकाल नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) एवं सोही पार्टीको उत्पादन विभागका केन्द्रीय सदस्य हुनुहुन्छ । मुलुकमा समाजवाद ल्याउनका लागि अबको क्रान्ति उत्पादन हुनुपर्ने आफ्नो पार्टीको जोडले उहाँलाई ड्र्यागन फ्रुटको काँडा र हिलोमाटोसँग खेल्ने बनायो ।
नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्यो होला ? नेपालमा दुई–दुईपटक संविधान सभाको निर्वाचन गरेर बल्लतल्ल संविधान जारी भएको घटनाका प्रत्यक्षदर्शी भएकाले भट्टराईको त्यो अप्ठेरोको अनुमान सहजै लगाउन सक्छौँ ।
बाजुराको बुढीगङ्गा नदीमा चालु आर्थिक वर्षमा दुई वटा पक्की पुल निर्माण हुने भएपछि त्रिवेणी नगरपालिकाका स्थानीय खुसी भएका छन् । बुढीगङ्गा नदीमा पक्की पुल नहुँदा स्थानीयले जोखिम मोलेर नदी वारपार गर्नुपर्ने बाध्यता रहेको थियो । बर्खाको समय दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै सास्ती खेप्दै आएका स्थानीय नगरवासीले पुल निर्माण भएमा धेरै कुराको सहज हुने बताएका छन् । त्रिवेणी नगरपालिका –८, रत्न माविका शिक्षक मानबहादुर ऐडीले भन्नुभयो, “हिउँदमा गाडी गुड्ने गाउँबस्ती बर्खाको समय सुनसान हुन्छन् ।” पुलको अभावमा यातायातका साधन बुढीगङ्गा नगरपालिका–६ को बाम्कामै रोकिने गरेका छन् । पुल निर्माण हुन लागेपछि बल्ल यहाँका स्थानीयको मुहारमा खुसी आएको त्रिवेणी नगरपालिका–८ का वडाध्यक्ष गगनजङ्ग बुढाले बताउनुभयो ।
परराष्ट्रमन्त्री एनपी साउदले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको बताउनुभएको छ । मङ्गलबार आणविक परीक्षण प्रतिबन्ध सन्धिका (सिटीबिटीओ) कार्यकारी सचिव रोवर्ट फलोइडसँगको भेटघाटका अवसरमा उहाँले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको स्पष्ट पार्नुभएको हो ।
नेपालको संवैधानिक इतिहासमा पहिलो पटक जननिर्वाचित संविधान सभाको अत्यधिक बहुमतबाट पारित संविधान विक्रम संवत् २०७२ असोज ३ गते संविधान सभामा राष्ट्रपतिबाट जारी भएको घोषणा भयो । तत्क्षणबाट कार्यान्वयनमा गएको नेपालको संविधान २०७२ ले सदियौँको राजतन्त्र विधिवत् अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यो । यसले शासकीय प्रणाली मात्र अन्त्य गरेन, एकै पटक सामन्तवादी संरचनाका सांस्कृतिक र आर्थिक प्रणाली कुप्रचलन भत्काए
संविधान भन्नासाथ पुस्तक आकारको दस्ताबेज मानसपटलमा देखा पर्दछ । जसभित्र प्रस्तावनाबाट सुरु भई राष्ट्र र राष्ट्रियताको चिनारी, नागरिक हक, कर्तव्य, सिद्धान्त, राज्यका अङ्ग, राज्य सञ्चालन विधि हुँदै अनुसूचीसम्मका विषय समेटिएका हुन्छन् । हरेक वर्ष संविधान दिवसको दिनले पछिल्लो पटक मुलुकमा संविधान जारी हुँदाको क्षणलाई प्रतिविम्बित गर्दै उक्त संविधानको राम्रा पक्ष, कार्यान्वयनमा लैजान सम्भव भएका र हुन नसकेका प्रावधानहरू तथा सुधार अपेक्षित विषयका सम्बन्धमा चर्चा, परिचर्चा र विवेचना गर्दै खुसीयालीका साथ मनाउने, सम्मान प्रकट गर्ने दिनका रूपमा बुझ्ने ग
देशको विकासपछि जनताको विकास हुन्छ, वा जनता विकसित भएपछि मुलुक विकसित हुन्छ भन्ने प्रश्न निरन्तर चलिरहे पनि जबसम्म सबै नेपाली जनता आर्थिक रूपमा सम्पन्न भई उनीहरूको जीवनस्तरमा सुधार हुँदैन देश विकसित भएको मान्न सकिँदैन । देशका विकासको परिणाम जनताको आँखामा स्पष्ट रूपमा देखिनु पर्छ । यसका लागि दुई वटा कुरा हुनु पर्छ । पहिलो देशले तुलनात्मक लाभको क्षेत्रमा लगानी गर्नु पर्छ । दोस्रो उद्यमीलाई भ्रष्टाचारले अपाहिज गर्नु हुँदैन । वर्तमान सरकारका प्रयास यसैतर्फ उन्मुख भएको देख्न पाइन्छ ।
नेपाली जनताको ठुलो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक संविधान जारी भएको आज आठ वर्ष पूरा भएर नौ वर्ष लागेको छ ।
लहान नगरपालिका–२२ स्थित कल्याणदह नदीको क्षतिग्रस्त बाँध बनेको छ । अविरल वर्षाले बाँध भत्किएको र त्यसले स्थानीय किसानलाई समस्यामा पारेको समाचार गोरखापत्रमा प्रकाशन भएपछि लहान नगरपालिकाले बाँध बनाएको हो ।
झन्डै सात दशक लामो नेपाली जनताको क्रान्ति र बलिदानीपूर्ण सङ्घर्ष नेपालको समुन्नति र विकासको मार्गचित्रकै लागि थियो, जनताको समृद्धिको आकाङ्क्षा र सुनौलो भविष्यको सुन्दर सङ्कल्पको जगमा थियो । त्यही आधारशिलामा टेकेर २०७२ साल असोज ३ गते नेपाली जनताकै प्रतिनिधिले आफैँले लेखेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान नेपालको प्रथम राष्ट्रपतिको जिम्मेवारीमा रहेर जारी गर्ने अवसर पाएँ । यो मेरो राजनीतिक जीवनमा नेपाली जनताका पक्ष
बृहत् पदमार्गका रूपमा रहेको ग्रेट हिमालयन ट्रेल पदमार्गमा विदेशी पर्यटकले पदयात्रा सुरु गरेका छन् । ताप्लेजुङदेखि सुरु भई पश्चिम दार्चुला पुगेर टुङ्गिने पदमार्गमा विदेशी पर्यटकले पदयात्रा सुरु गरेका हुन् ।
नेपालको संविधानको धारा २ मा ‘नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको छ’ उल्लेख छ । यसबाट संविधानले जनताको सहमति र सहभागितामा सञ्चालन हुने राज्यसत्ता र जनताप्रति उत्तरदायी सरकारको मान्यतालाई आत्मसात् गरेको स्पष्ट हुन्छ । ‘सार्वभौमसत्ता र राजकीयसत्ता निहित रहेको’ भन्नुको अर्थ सबै जनताले शासन गर्ने भन्ने होइन । बालिग मताधिकारको आधारमा सम्पन्न हुने स्वतन्त्र र निष्पक्ष आवधिक निर्वाचनका माध्यमबाट निर्वाचित भई आउने जनप्रतिनिधिको संस्था संसद्ले जनतामा निहित सार्वभौमसत्ता र राजकीयसत्ताको प्रयोगद्वारा संविधानको अधीनमा रही निर्माण भएका कानुनको आधारमा मुलुकको शासन व्यवस्था सञ्चालन हुनु हो ।