कालिकोटको कृषि ज्ञान केन्द्र (हाल कृषि विकास कार्यालय) का तत्कालीन निमित्त कार्यालय प्रमुख भरतबहादुर बस्नेतसहित नौ जनामाथि ६६ लाख ५० हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।
काठमाडौं, चैत ६ गते। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गर्नुभएको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो। उहाँले अहिलेको गबठन्धन आगामी पाँच वर्ष नै टिकेर देश विकास गर्ने र देशलाई समृद्धिको विकासतर्फ अग्रसर बनाउने बताउनुभयो। उहाँले वैशाखमा विश्वासको मत फेरि लिनुपर्ने होइन भन्ने प्रश्न उठिरहेको भन्दै त्यो प्रश्न गर्नु अस्वाभाविक नरहेको बताउनुभयो। उहाँले अहिलेको गठबन्धनको अवस्थालाई दृष्टिगत गर्दा गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गर्नुभयो। उहाँले नेपालको राजनीति कसरी अघि बढ्छ भन्ने बारेमा आफू परिचित रहेको भन्दै राजनीतिक यात्राको बारेमा आफूलाई राम्रोसँग हेक्का रहेको जिकिर गर्नुभयो। अध्यक्ष नेपालले भन्नुभयो, ‘‘यो गठबन्धन पाँच वर्ष नै टिक्छ, राज्यका सबै समस्याको समाधान गरेर अघि बढ्छ। यो गठबन्धन एकताबद्ध भएर अघि बढ्छ। यस कुरामा विश्वस्त हुन सबैलाई आह्वान गर्न चाहन्छु। सङ्ख्याले मात्रै हुँदैन, म आफैँ पनि त्यस्तो मान्छे हुँ २१ महिनासम्म २२ वटा पार्टीलाई साथमा लिएर कुनै पनि किसिमको समस्या बिना अन्तिम बिन्दुसम्म लैजाने काम गरेको छु। नेपालको राजनीतिक यात्रा कस्तो हुन्छ भन्ने हेक्का मलाई पनि छ। हाम्रो घटकसँगको सहकार्यलाई हेर्दा यो टिकाउ हुन्छ भन्ने विश्वास छ।’’अध्यक्ष नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताउनुभयो। अध्यक्ष नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको विकल्प भएकाले तत्काल काम सुरु गर्न सरकारसँग आग्रह गर्नुभयो।
सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेकपा (एमाले) राष्ट्रिय सहमतिबाट भागेको आरोप लगाउनु भएको छ।
नेकपा (एकीकृत समाजवादी) निकट पेशागत महासङ्घ नेपालले सातौं राष्ट्रिय महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरेको छ । काठमाडौंमा सम्पन्न भएको महासंघले प्रेमलकुमार खनालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धोका दिनुभएपछि आफूहरुले सरकार छोडेको बताउनुभएको छ।
मुलुककै जेठो क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा सर्वसम्मत रुपमा स्ववियुको निर्वाचन सम्पन्न भएको छ।
नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेकपा (एमाले)सँग सहयात्रा टुङ्ग्याउनुको जवाफ माग गर्नुभएको छ।
धनुषामा चैते धानमा किसानको आकर्षण बढ्दै गएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा गठबन्धनको संस्कारलाई आत्मासात गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ।
नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले जनता समाजवादी पार्टी (जसपा) बाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । जसपाका कार्यकारिणी समिति सदस्य रहनुभएका यादवले यही चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिनुभएको थियो ।
पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकास्थित मौलाकालिका मन्दिरमा वैशाख १ गतेबाट केवलकार सञ्चालनमा आउने भएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले लैनचौरस्थित कार्यालयमा पदबहाली गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ लिएलगत्तै उपराष्ट्रपति यादवले उपराष्ट्रपतिको कार्यालय हरितगृह, लैनचौर पुगेर पदबहाली गर्नुभएको हो ।
प्रतिनिधिसभामा उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएका जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवको पद रिक्त रहेको जानकारी दिइएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै त्यससम्बन्धी जानकारी सदनलाई गराउनुभयो ।
नगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा नेकपा (एमाले) निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियुले जित हासिल गरेको छ । स्ववियु सभापतिमा अनेरास्ववियुका कुबेर खड्का प्यानलसहित विजयी हुनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारले अविलम्ब शान्ति प्रक्रियाका सम्पूर्ण काम टुङ्ग्याउन सक्रियताका साथ लागेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत लिनुपूर्व सम्बोधन गर्नुहुँदै उहाँले यसका लागि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप ऐन, २०७१ संशोधनका लागि विधेयक तयार गरी संसदमा पेश गरिसकेको बताउनुभयो ।