नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा आयोजित बिपी साहित्य महोत्सव बुधबार सम्पन्न भएको छ । गत भदौ २४ र २५ गते तथा संविधान दिवसको अवसर पारेर बुधबार महामानव बिपीको व्यक्तित्व र कृतित्वका विविध पक्षमाथि बौद्धिक विमर्श गर्दै महोत्सव सकिएको हो । तीनदिने कार्यक्रम अन्तर्गत गत भदौ २६ गतेको कार्यक्रम संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको अचानक निधन भएपछि नेपाली कांग्रेसले स्थगित गरेको थियो ।
लिटिल बुद्धका रूपमा परिचित र्यापर साकारले पोखरामा एकल प्रस्तुति गर्नुभएको छ । ‘इभोलुसन टुर–साकार इन पोखरा’ नाम दिइएको कन्सर्टमा साकारले विभिन्न गीत गाउनुभएको थियो । पोखराको लेकसाइडमा आयोजित कन्सर्टमा साकारले हाउसफुल दर्शकमाझ आफूलाई प्रस्तुत गर्नुभएको थियो । उहाँको कन्सर्टमा करिब सात सय दर्शक उपस्थित थिए । उहाँले ‘गाजा मेन’, ‘कब्जा’, ‘१००’, ‘नेप्लिज स्टाइल’, ‘मेक द्याट मनी’ र उनको पछिल्लो एलबम ‘इकेस्टेसी इन द प्यालेस’ का गीत सुनाएका आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप एक खर्ब ३३ अर्ब २४ करोडले घटेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको २०८०/८१ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार साउनमा निक्षेप परिचालन २.३ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप एक खर्ब ७७ करोड (२.० प्रतिशत) ले घटेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक क्षेत्रको विकासले मात्र प्रजातन्त्रको स्थायित्व सम्भव हुने बताउनुभएको छ । उहाँले नागरिकको जीवनस्तर उकास्न भोकमरीविरुद्धको अभियान र प्रजातन्त्रको दिगो विकासका लागि बेरोजगारी न्यूनीकरण अपरिहार्य भएको उल्लेख गर्नुभयो ।
सरकारको चाडपर्वलक्षित संयुक्त बजार अनुगमन टोलीले कुलेश्वरको चिनी र दलहनको गोदाममा सिलबन्दी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा असोज १ गते सुरु भएको सो अनुगमन टोलीले मङ्गलबार साँझ कुलेश्वरको चिनी र दलहनका बोरामा कैफियत भेटिएपछि थप अनुसन्धानका लागि गोदाममा सिलबन्दी गरेको हो । विभागको नेतृत्वमा असोज १ गतेदेखि दैनिक पाँच/छ वटा छुट्टाछुट्टै विषयगत टोलीले संयुक्त रूपमा चाडपर्वलक्षित अनुगमन सुरु गरेको छ ।
नेपाल समाजवादी पार्टीसँग एकता गर्न नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पार्टीको नाम फेर्न तयार भएको छ। माओवादी केन्द्रको गत भदौ २५ गते बसेको पदाधिकारी बैठकले कोस्ठभित्रको माओवादी केन्द्रको नाम फेर्न तयार भएको भन्दै नेसपालाई पत्र पठाएको छ।
‘रेन्बो फेमिली’ ले अछामको रामारोशनमा गर्ने भनिएको भेलामा आएर सीमामा रोकिएका विदेशीलाई नरोक्न गृह मन्त्रालयले आदेश दिएको छ। प्रमुख जिल्ला अधिकारीलाई गृहले भिसा भएकालाई नरोकी यातायातमा सहजीकरण गर्न भनेको बताइएको छ। “हामीलाई यातायातमा सहजीकरण गरिदिनू, भिसा भएकालाई आगमनका लागि नरोक्नू भनेर निर्देशन आयो,” प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भन्नुभयो।
पाल्पामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक बगनासकाली गाउँपालिका ७ का २८ वर्षीय सुधन भट्टराईको मृत्यु भएको हो ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनमा जोडबल गर्न आफ्नै पार्टीका नेतालाई आग्रह गर्नुभएको छ।
संविधान दिवसको अवसरमा जिल्ला कारागारबाट दुई जना कैदीबन्दीले कैद सजाय मिनाहा पाएका गुल्मी कारागारका प्रमुख जेलर रेश्मीराज पन्थीले जानकारी दिनुभयो ।
संविधान दिवसको अवसरमा रुकुम पश्चिममा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।
चीनको हाङझाव सहरमा असोज ६ देखि २१ गतेसम्म आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) मा नेपाली टोलीको ‘सेभ दि मिसन’ को रुपमा सहभागीता जनाउन सदस्य सचिव घिसिङ चीन प्रस्थान गर्नुभएको हो ।
संविधान दिवसका अवसरमा सरकारले छ सय ७० जना कैदीको बाँकी कैद माफी मिनाहा गरेसँगै बाँके कारागारबाट २३ जना कैदी छुटेका छन्।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलाल नोकरशाही पुँजीवादका कारण नेपालको संविधान कार्यान्वयनमा समस्या भएको बताउनुभएको छ।
नेपाल स्क्वास एन्ड र्याकेट्स सङ्घको आयोजनामा बुधबारदेखि एनएसआरए इन्टर क्लब स्क्वास टिम च्याम्पियन्सीप २०२३ सुरु भएको छ ।