चैतको दोस्रो सात स्याङ्जाको फेदी खोलामा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । हिमशिखर क्लबको आयोजनामा चैतको १३ देखि १६ गतेसम्म जिल्ला स्तरीय पुरुष भलिबल आयोजना हुन लागेको हो ।
प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष निगरानीमा राखेको जनाएको छ ।
पश्चिम म्याग्दी युवा क्लब र कालीपुल युनाइटेड क्लब म्याग्दीको बेनीमा जारी म्याग्दी कप–२०७९ आमन्त्रित म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हित र प्रक्रियाअनुसार नै अगाडि बढेको र त्यसमा दायाँबायाँ नहुने बताउनुभएको छ। संविधान र नियमानुसार नै सरकार अगाडि बढेको र आफू सोहीअनुसार नै क्रियाशील रहेको उहाँले स्पष्ट पार्नुभयो।
साफ यू–१७ महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ । ढाकामा सोमबार भएको खेलमा भारतले नेपाललाई ४–१ गोलले हरायो ।
दशरथ रङ्गशालामा चैत ८ देखि १७ गतेसम्म आयोजना हुने प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
सर्लाहीको हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसमा पुन : मतगणना गर्दा अखिल क्रान्तिकारीका प्रेमराज दाहाल एक मतले विजयी हुनुभएको छ ।
जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रशंसा गर्नुभएको छ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकार बनाउने र भत्काउने खेलले देशको समृद्धि हुन नसक्ने बताउनुभएको छ।
अभिनेता तथा गायक प्रशान्त तामाङले भारतीय सिरिज ‘पाताल लोक’को दोस्रो शृङ्खलामार्फत बलिउडमा डेब्यु गर्नुभएको छ ।
कपिलवस्तुको शिवराज नगर पालिका –८ देवीपुरका कृषकले लगाएको बगरे खेती नष्ट भएको छ । आइतबार राति पानी पर्दा आएको बाढीको कारण सुरही खोलाको किनारमा लगाएको खेती नष्ट भएको छ ।
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताउनुभएको छ।
जङ्गलमा घाँस काट्न जानुभएकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरूको विशेष पहलमा बनेको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन हुने आशामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको बताउनुभएको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हितलाई कमजोर बनाएको आरोप लगाउनुभएको छ ।