कोभिड महामारीले थलिएको पर्यटन क्षेत्रलाई राहत पु-याउन बागमती प्रदेश सरकारले अघि सारेको आन्तरिक पर्यटन काज कार्यक्रमबाट कर्मचारी लाभान्वित हुँदै आएका छन्। प्रदेश सरकारका मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारीलाई पर्यटन भ्रमण सुविधा दिई मनोबल बढाउँदै सेवाप्रति उत्प्रेरित गर्न आन्तरिक पर्यटन काजको व्यवस्था गरिएको हो।
मालपोत कार्यालय काभ्रेपलाञ्चोकले ४४ वर्ष पुराना लिखत तथा मिसिल खोज्न सुरु गरेको छ। जिल्लाको भुम्लु गाउँपालिका–७ र ८ (साबिक भुम्लुटार, फलाँटे गाविस)का जग्गाधनी पुर्जाविहीन (लालपुर्जा) नागरिकलाई लालपुर्जा दिन सहजीकरण गर्ने उद्देश्यले मालपोत कार्यालयले पुराना लिखत तथा मिसिल खोज्न सुरु गरेको हो।
कुनै पनि आयोजनाको शिलान्यास जहाँ गरियो, संरचना निर्माण त्यहीँ हुनुपर्ने हो तर खानेपानी तथा सरसफाइ आयोजनाले भने एक ठाउँमा शिलान्यास गरेर अर्कैतिर पानी ट्याङ्की निर्माण गर्न थालेको छ, त्यो पनि ऐतिहासिक सम्पदा मिचेर। गत भदौ १३ गते नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले नगरपालिकाले हाल पार्किङको रूपमा प्रयोग गरिरहेको जमिनमा आयोजनाको शिलान्यास गर्नुभएको थियो तर अहिले त्यही आयोजनाको ट्याङ्की निर्माण जिल्ला प्रशासन कार्यालय नजिकै रहेको भानुपार्कमा सुरु गरिएको छ।
बजार अर्थतन्त्रमा उपभोक्ता सार्वभौम हुन् भन्ने मान्यता राखिन्छ। उपभोक्ताको उपभोगबाटै बजार अर्थतन्त्र चलेको हुन्छ। उपभोक्ताले वस्तु तथा सेवाको खरिद र उपभोग गरेर नै बजार चलेको हुन्छ। बजार नै अर्थतन्त्रको मुटु नै हो। बजारबिना अर्थतन्त्रको चलायमान कल्पना पनि गर्न सकिन्न। धेरै मुलुक खास गरी विकसित देशमा उपभोक्तालाई मर्का पर्ने गरी वस्तु तथा सेवाको बिक्री वितरण हुँदैन, मूल्य प्रणाली वैज्ञानिक हुन्छ। तर नेपालमा भने उपभोक्ता पाइलैपिच्छे ठगिनु पर्ने बाध्यताजस्तै भएको छ। भन्न त उपभोक्ता अर्थात् ग्राहकलाई भगवान् नै भन्ने गरिन्छ तर तिनै भगवान् ठगिनुपर्छ। केही दिनअघि दूधको मूल्य बढेसँगै उपभोक्ता दोहोरो मारमा पर्न थालेको प्रसङ्गले अहिले समाचारमा प्राथमिकता पाइरहेको छ।
वि.सं. २००३ को माघमा कलकत्तामा सम्पन्न महाधिवेशनले विधिवत् नेपाली राष्ट्रिय कांग्रेसको स्थापना ग-यो। त्यसबाट उत्साहित भएर वा नेपाली राष्ट्रिय कांग्रेसको उद्देश्य, नीति र कार्यक्रमलाई जनसमक्ष पु-याउन विलम्ब गर्नुहुन्न भन्ने निष्कर्षमा आएर गिरिजाप्रसाद कोइरालाले नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाको डेढ महिना पनि नपुग्दै विराटनगरमा मजदुर आन्दोलन प्रारम्भ गर्नुभयो। राणातन्त्रको विरोधमा साहसका साथ अघि आएर नेपाली जनताले आफ्नै भूमिमा गरेको यो पहिलो आन्दोलन थियो। यसले देशभ
यो मेरो मन तरङ्गित, चञ्चल र अविश्रान्त मन, केही खोजिरहेछ माथि माथि आकाशमा उडेर ब्रह्माण्डको अंशियार बन्न । ताराहरू टिपेर पोल्टो भर्न खोजिरहेछ ।
आज ‘२१ मार्च’ अन्तर्राष्ट्रिय मातृभाषा दिवस। संयुक्त राष्ट्रसङ्घले विश्वका राष्ट्र समुदायलाई उपलब्ध गराएको एउटा महत्वपूर्ण अवसर हो। यस दिवसका अवसरमा विश्वभरिका मानिसले आ–आफ्नो मातृ भाषाको महत्व र अपनत्वका बारेमा विचार विमर्श गर्न पाउँछन्। अनि सबै मातृ भाषाको संरक्षण तथा संवद्र्धन गर्ने योजना बनाउन, तिनका बारेमा छलफल गर्न र अनुभवको आदान–प्रदान गर्न विभिन्न भाषा समूहका मानिस एकताबद्ध हुन सक्छन्। यस वर्ष संयुक्त राष्ट्रसङ्घले यो अन्तर्राष्ट्रिय भाषा दिवसको विषय ‘बहुभाषी शिक्षा : शिक्षामा आमूल परिवर्तनको आवश्यकता’ भन्ने निकै महत्वपूर्ण विषय तय गरेको थियो। यस सम्बन्धमा विभिन्न शिक्षाशास्त्री,
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ । यसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षासँगै उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भई रहेको महाशाखाले जनाएको छ ।
हाम्रो देशका लागि यो वर्ष निर्वाचन वर्ष बनेको छ। स्थानीय तहको निर्वाचनपछि सङ्घीय तथा प्रदेश सभाको चुनाव सम्पन्न भए। भर्खरै मात्र विद्यार्थीको पनि चुनाव भएको छ। विभिन्न प्रदेशलगायत सङ्घीय संसद्मा सभामुख एवं उपसभामुखका निर्वाचन पनि सहज हिसाबले सम्पन्न भए। सर्वाधिक प्रतीक्षा गरिएको र दलहरूबीच अधिक रस्साकस्सी चलेको राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन पनि सकिएका छन्। यससँगै अब यस्ता निर्वाचन शृङ्खला केही समयलाई रोकिनेछ। प्रधानमन्त्रीले कम्तीमा दुई वर्ष बिनाअवरोध सरकारको रथलाई हाँक्ने सुनिश्चितता प्राप्त गर्नुभएको छ। अबचाहिँ दलहरूबीचको टकराव कम हुने र निर्वाचित सबै पदाधिकारी आफ्नो जिम्मेवारीअनुसारको कार्यसम्पादनमा तल्लीन रहने आशा गर्न सकिन्छ।
लोकतन्त्र, गुणस्तरीय सार्वजनिक शिक्षा र विद्यालयमा कार्यरत शिक्षाकर्मीको पेसागत हकहित संरक्षणमा क्रियाशील नेपालको सबैभन्दा ठूलो शिक्षक संस्था नेपाल शिक्षक सङ्घले आफ्नो ऐतिहासिक नवौँ सङ्घीय महाधिवेशन गर्दै छ। स्थापनाकालदेखि नेपाली शिक्षाकर्मीको पेसागत समस्या समाधान गर्दै देशमा क्रियाशील शिक्षकका सङ्घ/सङ्गठनलाई नेतृत्व दिँदै राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा नेपाल शिक्षक सङ्घले आफ्नो प्रभावकारी उपस्थिति देखाउँदै आएको छ।
कैलालीमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन् ।
लुम्बिनी प्रदेशका विभिन्न क्याम्पस तथा कलेजमा आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मिश्रित परिणाम सार्वजनिक भएका छन्। तानसेन समाचारदाताका अनुसार पाल्पाका चार क्याम्पसमा कतै निर्वाचनमार्फत त कतै सर्वसम्मतबाट स्ववियु पदाधिकारी चयन भएका छन्। मुलुककै जेठो क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा सर्वसम्मत रूपमा स्ववियुको निर्वाचन सम्पन्न भएको छ।
चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन् । जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ ।
पुथाउत्तरगङ्गा गाउँपालिका–२, पेल्मास्थित तातोपानी खोलामा पहराको बीचमा झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यहाँ पुथाउत्तरगङ्गा गाउँपालिका–२ को मुख्य बस्ती पेल्मा गाउँ रहेको छ। उक्त खोला र पहराको कारणले पेल्मा गाउँ आउजाउ गर्ने घुमारो बाटो भएर यात्रा गर्दा डेढ घण्टाको समय लाग्ने गर्दछ। हेर्दा नजिकै देखिने पेल्मा बस्ती पुग्न डेढ घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ।
चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ ।