म्याग्दी जिल्लाको कला संस्कृति, साहित्य, लघुउद्यम, कृषि तथा पशुपालन र सामाजिक क्षेत्रमा योगदान पुर्याउने चार जनालाई सम्मान गरिएको छ ।
जिल्लाको कुशे गाउँपालिकामा अरिङ्गालले टोकेर एक जनाको ज्यान गएको छ । कुशे गाउँपालिका –८ जिन्तालाकी ६३ बर्षीया कालिकादेवी सिंहको ज्यान गएको हो ।
नेपाल रेडियोलोजी सोसाइटीले सिरहाको धनगढीमाई नगरपालिकास्थित आरके मेडिसिटी अस्पतालमा कार्यरत रेडियोग्राफी रञ्जित सिंह उपर भएको आक्रमणप्रति दुःख व्यक्त गरेको छ ।
सुदूरपश्चिमका सात पहाडी जिल्लामा चाडपर्व नजिकिरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीले खाद्यान्न (चामल) निर्यात गरिरहेको छ ।
भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ ।
एनएसआरए इन्टर क्लब स्क्वास टिम च्याम्पियन्सीप २०२३ को दोस्रो दिन क्लब इन्टरनेसनल र आयोजक एनएसआरए टिम ए आआफ्नो समूहमा शीर्ष स्थान बनाउन सफल भएको छ ।
पाँचथर सदरमुकाम फिदिमको खेल मैदान निर्माणको काम सकिएको छ । ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि अलपत्र परेको खेल मैदान स्तरोन्नतिको काम अगाडी बढाउन फिदिम नगरपालिकाले दबाब दिएसँगै फुटबल खेल्न सक्ने अवस्थामा पुगेको हो ।
बाफल ब्याडमिन्टन क्लब च्याम्पियन्सीपमा बिहीबार भीम राई र शङ्कर श्रेष्ठको जोडी च्याम्पियन हुनुभएको छ ।
केन्याले एल निनो वर्षाबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न र तयारीका लागि छलफल गर्न राष्ट्रिय आपत्कालीन समिति गठन गर्ने भएको छ ।
एसियाडको उद्घाटनअघि हाङझावमा आयोजना गरिएको एसियाड टर्च र्यालीमा नेपालका बक्सर दीपक मर्हजनले सहभागिता जनाउनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरुलाई आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह गर्नुभएको छ ।
सङ्घीय संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलन गर्न काठमाडौंमा केन्द्रित भएपछि सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको हो ।
नेकपा माओवादी केन्द्रको तीनमहिने रुपान्तरण अभियान अन्तर्गत श्रमदान गरी विपन्नको घर निर्माण गरिएको छ ।
नेपालगञ्ज विमानस्थलबाट अवैधरुपमा राजधानी लैजान लागिएको ३२ थान मोबाइल सेट सहित चार जना भारतीय नागरिकलाई पक्राउ परेका छन् ।
विद्यालय शिक्षा विधेयक विरुद्धमा शिक्षकहरु आन्दोलनमा गएको आफ्ना शिक्षकको यातायात खर्च विद्यालय कोषबाट दिने भएको छ ।