निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।
तीन वर्ष बित्न लाग्दा पनि दलित सशक्तीकरण ऐनले पूर्णता नपाएको भन्दै मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापन पत्र बुझाइएको छ ।
जनता समाजवादी पार्टी, (जसपा) नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक आज (मङ्गलवार) मध्यान्ह पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी सचिवालयले जनाएको छ ।
रामेछाप जिल्लाको महत्वपूर्ण तीनवटा सडक कालोपत्रे हुने भएका छन्। जिल्लाकै रणनीतिक रूपमै महत्वपूर्ण मानिएका सडक विस्तार तथा कालोपत्रेका लागि बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले बहुवर्षीय योजनाअन्तर्गत ६० करोड रुपियाँ बजेट स्वीकृत गरेको छ।
अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडक खण्ड विस्तारको काम सुरु भएको नौ महिना पुरा भयो । अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्ड स्तरोन्नति तथा विस्तार गर्नका लागि सडक डिभिजन कार्यालय भक्तपुर र गौरी पार्वती निर्माण सेवा प्रालिबीच सम्झौता भएको थियो ।
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–३ बोक्चेन, नाम्थाङ, छेताङ र सुनकोशी गाउँपालिका–७ कोठे, पाखरदोभान, थुम्पाखर, दोलखा जोड्ने पक्की पुल निर्माण हुने भएको छ। पुल निर्माणका लागि विस्तृत परियोजना प्रस्ताव (डीपीआर) तयार गरिसकिएको छ। भोटेकोशी गाउँपालिकाको १० किलो भन्ने स्थानबाट हिमाली गाउँ बोक्चेन, नाम्थाङ, छेताङ पुग्न पक्की पुल बनाउने काम अघि बढाइएको सो गाउँपालिकाका अध्यक्ष पासाङनृर्पु शेर्पाले जानकारी दिनुभयो।
भौतिक विकास सधैँ र सबैका लागि उपयोगी नहुन पनि सक्छ भन्ने भनाइ कैलालीको जानकी गाउँपालिका–१, दुर्गौलीका मोहनप्रसाद उपाध्याय र देवबहादुर चौधरीमा लागू भएको छ। उहाँहरू उपाध्याय र चौधरी बाल्यकालका साथी हुनुहुन्छ। पछिल्लो २० वर्ष झन् नजिक हुनुभएको छ। दुवै जनाको दुर्गौली बजारमा वा पतञ्जली विद्यास्थलीमा नियमित भेट हुन्थ्यो तर उहाँहरूको कुराकानी र भेटघाटलाई बाधा पुग्ने गरेर ढल र पर्खाल गर्दा उहाँहरूको भेटघाट हुन सकिरहेको छैन।
जिन्दगीमा निराशाको हाबी भयो प्रिया त्यो मायामा फेरि कसको दाबी भयो प्रिया ।
बझाङमा मानवबस्तीको अन्तिम गाउँ हुन् साइपालका बलौडी र धुली । सेतीको मुहान नजिकै ठीक वारिपारि भएका दुई गाउँको सम्बन्ध नदीको बहाब घटेपछि मात्रै जोडिन्छ । नदीले छिमेकी दुई गाउँको भाषा, पहिरन, चालचलन, संस्कार, संस्कृति पनि छुट्याइदिएको छ । नियमित दुई गाउँको सम्पर्क नहुँदा यो अवस्था सिर्जना भएको हो ।
आर्यघाटमा दनदन दन्किरहेको चिताग्निको राप र प्रकाशलाई छलेर थोरै पर रातिको समयमा म र मेरो मित्र बागमतीको डिलमा उभिएका छौँ । वरपरका बिजुलीका
कर्णाली कोरिडोरको स्याम्नेदेखि सिमकोट खण्डको सडक निर्माण कार्य तीन वर्षदेखि ठप्प छ। सिमकोट गाउँपालिका–५ का स्थानीयले क्षतिपूर्तिको माग गर्दै निर्माण कार्य अघि बढ्न नदिएपछि सडक निर्माण कार्य ठप्प भएको हो। स्थानीयको विरोधपछि २०७७ साल चैत महिनाबाट उक्त खण्डको निर्माणको काम रोकिएको हो। स्थानीय चाना रोकायाले खेतीयोग्य जग्गाको क्षतिपूर्ति माग गरेपछि सडक निर्माण अवरुद्ध भएको हो। हिल्सा–सिमकोट सडक आयोजनाले क्षतिपूर्तिको व्यवस्था नगरेपछि सडक निर्माणको काम रोक्नु परेको रोकायाले बताउनुभयो।
नेपालको प्रथम चरा आरक्ष (चरा अभय आरण्य क्षेत्र) घोडाघोडी सिमसारमा जलपन्छीको सङ्ख्या घट्दै गएको छ। पछिल्लो तीन वर्ष हिउँदमा गरिएको अनुगमन/अध्ययनले घोडाघोडी सिमसारमा जलपन्छीको सङ्ख्या घट्दै गएको देखाएको हो। चराको संरक्षण गर्ने उद्देश्यका साथ कैलालीको प्रसिद्ध घोडाघोडी सिमसारलाई गत वर्ष चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको थियो।
धनगढी उपमहानगरपालिका–१ मा अस्थायी बसोबास गरिरहनुभएका कञ्चनपुरको लालझाडीका २१ वर्षीय राजकुमार चौधरीलाई मुख्य बजारको भीडभाडमा गाडी चलाउन कठिन लाग्ने गरेको थियो। उहाँले भन्नुभयो, “तर केही समययता धनगढीको मुख्य सडकको विकल्पमा शहीदगेट क्याम्पसरोड सडक सुधार भएपछि गाडी चलाउन सहज लाग्न थालेको छ।” स्कुल र कार्यालय खुल्ने समयमा मुख्य सडकमा गाडी चलाउनु निकै जोखिमपूर्ण हुने गरेकोसमेत उहाँले बताउनुभयो।