नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ । बिहीबारको कारोबारमा नेप्से परिसूचक ४४ दशमलव ३४ अङ्कले बढेर दुई हजार २९ दशमलव ७८ अङ्कमा कायम भएको छ ।
संविधान दिवसको अवसरमा गोरखामा खुलादौड प्रतियोगिता सम्पन्न भएको छ । लियो क्लब अफ गोरखाले ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ बुधबार पाँचौँ खुला दौड प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सहिष्णुतालाई कमजोर पार्ने गतिविधि भइरहेको भन्दै यसप्रति सचेत हुन अपिल गर्नुभएको छ ।
छैटौं संस्करणको उर्लाबारी रन २०८० को उपाधि गोरखाका सञ्जय श्रेष्ठले जित्नु भएको छ । सामूदायिक विकास मञ्च उर्लाबारी मोरङले आयोजना गरेको उर्लाबारी रनका लागि तय भएको १० किलोमिटर दुरी श्रेष्ठले ३१ मिनेट ५४ सेकेन्डमा पुरा गरी जित्नु भएको हो ।
अव्यवस्थित तारले नवलपुर बजार कुरुप बन्दैगएको छ । अव्यवस्थित तारका कारण बजार कुरुप र जोखिमपूर्ण बनेको छ । इन्टरनेट सेवा बिस्तारका नाममा बिभिन्न सेवा प्रदायक कम्पनीले अब्यवस्थित रुपमा बिद्युत तथा सोलारका पोलमा जथाभावी तार टाङ्गने काम गरेसँगै नवलपुरका मुख्य चोक तथा बजार कुरुप बन्दैगएको छ ।
सत्ताइस वर्षअघि एक जना नृत्य छात्रालाई मारेको अभियोगमा दोषी ठहर भएका ४४ वर्षीय एन्थोनी साञ्चेजलाई बिहीबार बिहान मृत्युदण्ड दिइएको छ ।
पाँच वर्षअघि बागमती प्रदेश सरकारको सहयोगमा निर्माण सुरु गरिएको १० किलोमिटर लम्बाइको सिन्धुलीगढी–चपौली–मझुवा नागी सडक निर्माणको काम सुस्त बनेको छ ।
नवनियुक्त अर्थसचिव डा कृष्णहरि पुस्करले अहिले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कर्मचारी संयन्त्रबाट अधिकतम प्रयास आवश्यक रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य पदमा आठ जनालाई मनोनयन गर्नुभएको छ ।
संविधान निर्माण भए पनि कार्यान्वयनमा सरकारले ध्यान नदिएको सरोकारवालाले गुनासो गरेका छन् । नेपालगन्जका नागरिक अगुवाहरूले सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् ।
गौतम बुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदरबार क्षेत्र प्राचीन तिलौराकोटमा सरसफाइको काम सुरु गरिएको छ ।
वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न नियामक तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
इङ्लिस प्रिमियर लिग क्लब आर्सनलले युइएफए च्याम्पियन्स लिग फुटबलमा सानदार जित निकालेको छ ।
जङ्गलमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका प्रतिनिधिहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग भेट गरेर दसैँ खर्च जुटाइदिन आग्रह गरेका छन् ।
संसदीय समितिले भिभिआइपी तथा भिआइपीहरूलाई मापदण्ड विपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।