पर्सा राष्ट्रिय निकुन्जबाट निस्किएर गाउँमा पसेको बाघको आक्रमणबाट १ जना प्रहरीसहित तीन जना घाइते भएका छन् ।
दैलेख सुर्खेत सडक खण्डको तालपोखरीमा मिनि ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । नेपालगन्ज देखी मनकामना ग्याँस सिलिन्डर बोकेर दैलेख तर्फ आउँदै गरेको भे १ क २२०१ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
हातमा सीप र मनमा आँट भए कुनै पनि काम गर्न न बुढ्यौलीले छेक्छ ,न परिवारले रोक्छ । मोरङको कानेपोखरी ७ का गोरे विश्वकर्मा ७३ वर्षको भएर पनि आरनको सहारा लिएर महिनामा २२-२५ हजार रुपियाँ कमाउनु हुन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गर्नुभएको छ । उहाँले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपण गर्नुभएको हो ।
म्याग्दीको बेनी बजारमा टाँगिएको अव्यवस्थित तार हटाउन सुरु गरिएको छ । बेनी नगरपालिकाले बजारमा रहेका अव्यवस्थित तारहरू हटाउन थालेको हो ।
लाहान नगरपालिका–१० मा खुटी नहरको पानी सिँचाइको लागि निकाल्न निर्माण भइरहेको हेडवर्क्स अन्तिम चरणमा पुगेको छ । यो काम सम्पन्न भएसँगै नहर सञ्चालनमा आउने भएको छ ।
डाँडा पाखा चउर सबमा छैन शोभा र कान्ति नाङ्गो, फुस्रो, मलिन छ धरा छैन आभा र दीप्ति ।
झापाको कमल गाउँपालिका वडा नं ४ सीतापुरमा बोलेरको ठक्करबाट मङ्गलवार राती एक जनाको मृत्यु भएको छ ।
बैतडीका १० वटा स्थानीय तहले अझैसम्म भू–वर्गीकरण गर्न सकेका छैनन्। भू–वर्गीकरण नहुँदा राजस्व घाटा र जग्गाधनी किसान समस्यामा परेका छन्। बैतडीमा चार नगरपालिकासहित १० स्थानीय तह रहेका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले साउन ३१ गते स्थानीय तहलाई परिपत्र गर्दै मङ्सिर २३ गतेसम्म कृषि क्षेत्र र गैरकृषि क्षेत्र छुट्याउनुपर्ने निर्देशन दिएका थिए। यद्यपि बैतडीका स्थानीय तहले आठ महिना बितिसक्दा पनि भू–वर्गीकरणको काम अघि बढाएका छैनन्। जग्गा वर्गीकरण नहुँदा सर्वसाधारणले अंशबन्डा गर्न पाएका छैनन्। सरकारलई राजस्व घाटा भइरहेको छ। चालु अर्थिक वर्षको चैतसम्म ४५ लाख रुपियाँ राजस्व सङ्कलन हुने गरेकोमा यो वर्ष ६० प्रतिशत राजस्व गुमेको मालपोत कार्यालय बैतडीका सूचना अधिकारी कृष्ण बोहराले बताउनुभयो।
मलाई ढुङ्गालाई बेस्मारी गाली गर्नु मन परेको छ ।
तीन दिनदेखिको वर्षाले जाजरकोटवासीको जनजीवन प्रभावित भएको छ। पाक्न लागेको बालीनाली नष्ट गरेको छ। जिल्लाको बारेकोट, कुशे र जुनीचाँदे गाउँपालिकामा पाक्न लागेको गहुँ जौ, र तरकारी तथा फलफूल बालीमा क्षति पु-याएको छ। पाक्न थालेको बालीनाली र फलफूलको फूल नष्ट गरेपछि कृषक चिन्तित छन्।
विद्यालय भवन निर्माणको रकम भुक्तानी नपाएको भन्दै सल्यानको एउटा सरकारी विद्यालयमा तालाबन्दी गरिएको छ। विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ। चार दिन पहिलेदेखि लागेको ताला अझै खुलेको छैन। त्रिवेणी गाउँपालिका–१, रिट्ठाचौर काभ्राको जनता माध्यमिक विद्यालयमा निर्माण व्यवसायीले विद्यालयका दुईवटा भवनमा तालाबन्दी गरेपछि पठनपाठन प्रभावित भएको हो।
सुर्खेतको वराहताल गाउँपालिका–५ की ४१ वर्षीय देवीसरा गन्द्रमा मगरलाई कानुनको सामान्य जानकारी पनि छैन। परम्पराका नाममा विभेद तथा बहिष्करणबाट महिला पीडित भइरहेका छन्। बालविवाह, बहुविवाह, बोक्सीको आरोपमा कुटपिट, घरेलु हिंसा र दाइजोका कारण महिला पीडित हुने गरेका छन्।
चलचित्र ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको पहिलो गीत ‘मार्सी धान’ मङ्गलबार प्रदर्शन गरिएको हो । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै शब्द तथा सङगीत छ ।