नेपाली चियाका लागि अहिले चिया परीक्षण तथा प्रवद्र्धन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सूर्योदय नगरपालिकास्थित कन्याममा निर्माण भइरहेको केन्द्रको निर्माण हालसम्म ९० प्रतिशत सम्पन्न भएको जनाइएको छ । प्रदेश सरकारको ८० प्रतिशत र सूर्योदय नगरपालिकाको २० प्रतिशत साझेदारीमा निर्माण भइरहेको केन्द्र सञ्चालनमा आएपछि नेपाली चियालाई बजारीकरणका ठूलो सहयोग पुग्ने अपेक्षा लिइएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आइतबार भएको निर्वाचनमा कर्णाली प्रदेशका ३९ क्याम्पसमध्ये ३५ वटाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
१. ९५औँ संस्करणको प्रसिद्ध ओस्कार अवार्डमा सर्वोत्कृष्ट फिल्मको उपाधि जित्ने चलचित्र कुन हो ? एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्स – यस फिल्मले सर्वोत्कृष्ट फिल्मको उपाधि र निर्देशनसहित सात विधामा सर्वाधिक ओस्कार चुमेको । – यस फिल्ममा एक चिनियाँ अमेरिकी लाउन्ड्री व्यवसायको मालिकको कथा र उसको लेखापरीक्षकको सङ्घर्षको कथावस्तु समेटिएको । ओस्कार अवार्ड विजेता : २०२३ सर्वोत्कृष्ट चलचित्र : एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्स
विद्युतीय शासनमा सञ्चार प्रविधि १. नेपालको तीन तहको सङ्घीय संरचनामा प्रदेश र स्थानीय तहबीचको समन्वय र अन्तरसम्बन्धका विविध पक्षहरूको जानकारी प्रस्तुत गर्नुहोस् । नेपालको संविधानले राज्यशक्तिलाई सङ्घ, प्रदेश र स्थानीय तहमा बाँडफाँट गरेको छ । तीन तहका सरकारबीच सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित सम्बन्ध रहने उल्लेख छ । प्रदेश तथा स्थानीय तहका एकल अधिकार र तीनै तहका साझा अधिकारको कार्यान्वयन गर्न प्रदेश र स्थानीय तहबीच
सप्तकोशीको बहाव गाउँतिर मोडिएपछि नदी कटानको उच्च जोखिममा परेको उदयपुरको बेलका नगरपालिका–८ स्थित मेखबारी क्षेत्रको जमिन र बस्ती जोगाउन रिभेटमेन्ट अर्थात् कटान क्षेत्रको भित्तो संरक्षणको काम सुरु गरिएको छ। बीचमा बग्नुपर्ने नदी पूर्वतर्फबाट पश्चितिर मोडिएर पानीको सम्पूर्ण बहाव पश्चिमी किनारामा एकीकृत हुँदै गएपछि सुनसरी मोरङ सिँचाइ आयोजनाले छ करोडभन्दा बढी रुपियाँको लगानीमा दुई सय मिटर लामो ‘लन्चिङ एप्रोच’सहितको यस किसिमको भित्ता संरक्षण गरी बेलकातर्फको कटान नियन्त्रणको काम अगाडि बढाएको हो।
गाउँघरमा गुरु पुरोहितको अभाव हुन थालेपछि गुरुकुल शिक्षाप्रतिको आकर्षण बढेको छ। गुरुकुलमा निःशुल्क पढाउने परम्परा रहेकोले सञ्चालनमा भने समस्या हुने गरेको छ। मोरङको लेटाङ–९, जाँतेस्थित वैजनाथ अधिकारी प्रारम्भिक संस्कृत विद्यापीठमा २६ जना ब्राह्मण बाल बटुकले गुरुकुल शिक्षा लिइरहनुभएको छ। सरकारी सहयोगबिना नै सञ्चालन भएको विद्यापीठमा अध्ययन गरिरहेका विद्यार्थी पढाइ नसक्दै गुरु पुरोहित हुने गरेका छन्।
निर्माण सम्झौता भएको तीन वर्षपछि विराटनगर–१७ रानी भन्सारको एक नम्बर ढाट नजिक स्वागतद्वार र आकाशे पुलको शिलान्यास गरिएको छ। कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रबाट उद्योग सङ्गठन मोरङको संयुक्त लगानीमा निर्माण हुने संरचनाको मङ्गलबार शिलान्यास गरिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउन सक्ने सङ्कटलाई दृष्टिगत गर्दै भूमिगत पानीको स्रोतमा कमी हुन नदिन जलाधार क्षेत्र र गाउँ–गाउँमा रहेका आहाल, पोखरी, तालतलैयाहरूको संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ । विश्व पानी दिवसका सन्दर्भमा शुभकामना सन्देश दिनुहुँदै उहाँले सहरी क्षेत्रमा वर्षात्को पानीमार्फत भूमिगत पानी स्रोत बढाउन पूर्वाधार निर्माण गर्दा सम्बद्ध सबै पक्षले ध्यान दिन जरुरी रहेको बताउनुभएको हो । उहाँले भन्नुभएको छ, “यत्रतत्र पोखरीहरू निर्माण गरी आकाशेपानी सङ्कलनसमेत गरी पानीका स्रोतहरूको संरक्षण गर्न अतिआवश्यक भइसकेको छ ।”
विगतमा मुद्रा अभावमा निर्धारित दरभन्दा बढी भुक्तान गरी भारु खरिद गर्नुपरेकामा नेपालगञ्ज क्षेत्रमा अहिले स्थिर विनिमय दरभन्दा कममा भारुको कारोबार हुने गरेको छ । केही महिना पहिलेसम्म भारतीय मुद्राको अभावका कारण स्थानीयले सय रुपियाँ भारु लिँदा ६ रुपियाँसम्म बढी तिरेर लिनुपर्ने बाध्यता थियो भने अहिले प्रतिसय रुपियाँमा ५ रुपियाँ कम दिएर पनि पाउन थालेको छ । नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको स्थिर विनिमय दरअनुसार नेपाली १६० रुपियाँ बराबर भारतीय एक सय हुन्छ ।
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो सात महिनामा कुल आन्तरिक कर्जा ३.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ९.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ माघ मसान्तमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ४.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १३.६ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ माघ मसान्तमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ३४.३ प्रतिशतले बढेकोमा २०७९ माघ मसान्तमा यस्तो दाबी ५१.३ प्रतिशतले बढेको छ ।
धादिङको सल्यानटार आसपास क्षेत्रको हेलीबाट कैद गरिएको दृष्य । तस्बिरः प्रदीपराज वन्त/रासस
विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा विवाह ढिला गर्छन्।
नेकपा (माओवादी केन्द्र)को पाँचदिने पार्टी केन्द्रीय स्कुल मङ्गलबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा विभिन्न कार्यक्रममा भाग लिन मंगलबार भारत प्रस्थान गर्नुभएको छ।
नेपाली रङ्गकर्मी विमल सुवेदीले निर्देशन गर्नुभएको नाटक ‘दि डिपार्टेड डाउन’ भारतको प्रतिष्ठित ‘महेन्द्र एक्सेलेन्सी थिएटर अवार्ड’ को चार विधामा मनोनयनमा परेको छ।