प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोभिड महामारीपछिको आर्थिक तथा विकासको पुनरुत्थानका लागि अति कम विकसित देशलाई सघाउन शक्तिराष्ट्रलाई आह्वान गर्नुभएको छ। संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभाको अवसर पारेर आयोजना गरिएको ‘महामारी रोकथाम, तयारी तथा प्रतिकार्य’ विषयक उच्चस्तरीय बैठकलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले महामारीको सङ्कटबाट बाहिर निस्कन सङ्घर्षरत अति कम विकसित मुलुकलाई अन्तर्राष्ट्रिय सहयोगको खाँचो रहेको औँल्याउनुभएको हो।
प्रेस काउन्सिल नेपालले यस वर्षको गोपालदास पत्रकारिता पुरस्कार अग्रज पत्रकार महिला निर्मला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । करिब तीन दशकदेखि नेपाली पत्रकारिताको विभिन्न विधामा रही सामाजिक रूपान्तरण, लैङ्गिक न्याय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर कलम चलाउँदै आउनुभएकी शर्मालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको काउन्सिलले जनाएको छ । पुरस्कारको राशि एक लाख ५१ हजार रुपियाँ रहेको छ ।
राहदानी विभागले फेरि ३४ पानाको राहदानी वितरण गर्ने भएको छ । अर्को सातादेखि ३४ पानाको राहदानी वितरण हुने जानकारी विभागले दिएको छ । विभागका प्रवक्ता कुमार राईका अनुसार ३४ पानाको राहदानीका लागि असोज १ देखि आवेदन खुला गरिएको छ । अब भरिएको आवेदन अनुसार अर्को साता इनरोलमेन्टका लागि मिति प्राप्त गरेकाले पहिलेकै शुल्क १२ हजार रुपियाँमा द्रुत सेवामार्फत राहदानी पाउने राईले बताउनुभयो । पुरानै कम्पनीसँग विभागले गरेको सम्झौता अनुसार अर्को साता २८ लाख प्रति राहदानी नेपाल आइपुग्ने भएको छ ।
पाँच विश्व नेपाली स्वास्थ्य सम्मेलन २० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
साफ यू–१९ च्याम्पियनसिपमा नेपालले पाकिस्तानसँग पराजित भएको छ । समूह ‘ए’ अन्तर्गत दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा नेपाल पाकिस्तानसँग १–० गोलले पराजित भयो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुङ्ग्याउनुपर्ने बताउनुभएको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो प्रभावित परिवारलाई खाना पकाउने ग्यास सिलिण्डर र चुल्हो वितरण गरिएको छ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरूका बिचमा अविश्वास भएका कारण शान्ति प्रक्रियाको बाँकी काम नसकिएको बताउनुभएको छ।
नेपालको राष्ट्रिय दिवस (संविधान दिवस)को उपलक्ष्यमा नेपाली राजदूतावासले ब्रसेल्समा स्वागत समारोह आयोजना गरेको छ।
सल्यानमा आधा शरीर जलेको अवस्थामा शव फेला परेको छ । शव एउटै घरका आमाछोरीको भएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले रेसुङ्गा नगरपालिकाको दुई स्थानमा गाँजा फडानी गरेको छ । रेसुङ्गा नगरपालिका–१ को क्याम्पसरोड र वडा–९ को चौदिलामा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोटहरू फडानी गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको कार्यक्रमको प्रशंसा गर्नुभएको छ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को अवसरमा हेटौँडामा आयोजित दुई दिने हस्तकला मेला सम्पन्न भएको छ । बागमती प्रदेश हस्तकला सङ्घको आयोजना र बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको प्रवर्धनमा बुधबारदेखि आयोजित मेला सम्पन्न भएको हो ।
केही समय यता आएर कोहलपुर क्षेत्रमा सडक दुर्घटना बढ्दैगएकाले न्यूनीकरण तथा ट्राफिक सचेतना प्रवाह गर्न ट्राफिक प्रहरीलाई सहयोगी सामग्री हस्तान्तरण गरिएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा उपसभापति तथा कार्यवाहक प्रधानमन्त्री एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षक महासङ्घको वास्तविक माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।