गोरखापत्रकर्मी लक्ष्मण दर्नालद्वारा लिखित ‘दलित समुदायको राजनीतिक प्रतिनिधित्व २००७/२०७९’ पुस्तक सार्वजनिक भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले विदेशी संस्कार, संस्कृतिले नेपाली मौलिक संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ।
नेपाल शिक्षक सङ्घले राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो भन्दा छिटो टुङ्गोमा पुर्याउनुपर्ने बताउनु भएको छ।
आगामी जेठ ५ गतेलाई प्रदर्शन मिति तय गर्दै फिल्म ‘गणपति’ले पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा शीर्ष कलाकार मुकुन भुसाल र मेनुका प्रधानलाई देख्न सकिन्छ ।
धेरैले घोडोजात्रा भन्ने बित्तिकै टुँडिखेलमा उफ्रिएका घोडा र नेपाली सेनाले देखाएको कलालाई सम्झिन्छन्।
५८ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा नेपाल उत्पीडित जातीय मुक्ति समाज स्याङ्जाले अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान गरेको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसलाई अब कुनैपनि गल्ती गर्ने छुट नरहेको बताउनुभएको छ।
रुसको दुई दिने राजकीय भ्रमणमा रहनुभएका चीनका राष्ट्रपति सी चीनफिङ र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच क्रेमलिनमा भेटवार्ता भएको छ।साथै वार्ताका माध्यमबाट युक्रेन द्वन्द्व अन्त्य हुनुपर्नेमा चिनियाँ राष्ट्रपतिले जोड दिनुभएको छ।
डेढ महिनापछिको हिमपातले हुम्लाका किसानहरू खुसी भएका छन् । हिमपातले खडेरीले सुकेको जेठासी बाली र कात्तिके बाली लगाउन सहज हुने भएपछि किसान खुसी भएका हुन् ।
यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन सम्बन्धी कानुनी प्रावधानबारे जानकारी नहुँदा नेपालमा अपेक्षा गरिए अनुसार अझै मातृ मृत्यु दरमा कमी आउन सकेको छैन ।
घोडे जात्रा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम सम्पन्न भएको छ।
स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा महेन्द्र बहुमुखी क्याम्पसमा समाजवादीका विद्यार्थी युवराज राई अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको भवन नहुँदा कार्यालयको काम–कारबाहीमा समस्या भएको छ । प्रहरीको आफ्नो भवन नहुँदा ट्राफिक प्रहरीको बसोबास र कार्यालय सञ्चालनमा समस्या भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा दलित समुदायको लागि विशेष कार्यक्रम घोषणा हुने बताउनुभएको छ।