छविलाल पाण्डे
बुटवल, असोज ४ गते । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले शान्तिको अपिल गर्दै प्रदर्शन गरेको छ ।
बिहीबार बिहान रुपन्देही सैनामैना नगरपालिका–६ कलौनीमा आयोजित प्रदर्शनमा ‘हिंसाको भविष्य छैन, शान्तिको विकल्प छैन, ‘सङ्क्रमणकालीन न्याय पीडितमैत्री र मानव अधिकारमैत्री बनाऊँ’ भन्ने नारासहित प्रदर्शन गरिएको थियो ।
त्यसैगरी मानवताविरुद्धको अपराधमा संलग्नलाई उन्मुक्ति नदेऊ’ ‘सत्य निरूपण गरी पीडितलाई न्याय देऊ’ भन्ने नारा र प्लेकार्ड प्रदर्शन गरिएको छ ।
प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै मानव अधिकार तथा शान्ति समाजका निवर्तमान अध्यक्ष गोविन्द खनालले माओवादी द्वन्द्वपछि मुलुक शान्ति प्रक्रियामा आएको पनि डेढ दशक भइसके पनि द्वन्द्वको अवशेष अझै बाँकी रहेकाले शान्ति प्रक्रियाका बाँकी काम छिटो टुङ्गो लगाउन सरकारसँग अनुरोध गर्नुभयो ।
उहाँले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी आयोग गठन भएको लामो समय भए पनि ती आयोगले काम गर्न नसकेको भन्दै शान्ति प्रक्रियाका काम नसकिएसम्म मुलुकले शान्तिको महसुस गर्न नसक्ने बताउनुभयो ।
खनालले मुलुकमा विद्यमान गरिबी, बेरोजगारी र असमानता र विभेद अन्त्य तथा युवा शक्तिलाई स्वदेशमै रोजगारी दिन सरकार, राजनीतिक दल सक्षम बन्नुपर्ने बताउनुभयो ।
निवर्तमान अध्यक्ष खनालले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुगाउने भनी सरकारले ल्याएको अध्यादेशले गम्भीर प्रकृतिका मानवताविरुद्धका अपराधमा संलग्नलाई आममाफी दिने र पीडितले न्याय नपाउने अवस्था रहेको बताउनुभयो ।
नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष विमल ज्ञवालीले मुलुक द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको पनि लामो समय भए पनि मुलुकमा साँचो अर्थमा शान्तिको अनुभूति नेपाली जनताले गर्न नसकेकोमा चिन्ता प्रकट गर्नुभयो । उहाँले सत्य निरूपण तथा मेलमिलाप र बेपत्तासम्वन्धि आयोगले कामै गर्न नसक्दा द्वन्द्वपीडितले