राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारको लागि सरकार गम्भीर नबनेको आरोप लगाउनुभएको छ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १५औं स्थानमा उक्लिएको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका –५ तारानगरमा चट्याङ लागेर एक घरमा क्षति भएको छ । स्थानीय कुन्नुनारायण चौधरीको घरमा चट्याङ लागेर क्षति भएको हो ।
खार्पुनाथ गाउँपालिकाले फागुन मसान्तसम्मको भौतिक र वित्तीय प्रगति न्यून भएको पाइएको छ । गाउँपालिकाले आयोजना गरेको अर्धवार्षिक समीक्षा र सुनुवाइ कार्यक्रममा सो अवस्था देखिएको हो ।
फ्रान्स राष्ट्रिय फुटबल टोलीको कप्तानमा युवा स्टार केलियन एमबाप्पे नियुक्त हुनुभएको छ । फ्रान्स फुटबल महासंघले मंगलबार राति २४ वर्षीय एमबाप्पेलाई टोलीको कप्तानमा नियुक्त गरेको हो ।
राष्ट्रिय सभाका सांसद डा. विमला राई पौड्यालले मङ्गलबार केही युवाहरूमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गर्नुभएको छ ।
पूर्वी नवलपरासीका अधिकांश सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेपछि विशेष अभियान सञ्चालन गरिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वासको मत लिनेगरी आज बुधबारका लागि तय भएको कार्यक्रम स्थगित भएको छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै कार्यालय, विद्यालय, अस्पताललगायतका सार्वजनिक ठाउँमा मादक पदार्थ सेवन (मापसे) परिक्षण गर्ने भएको छ ।
गोरखापत्र अनलाइनकाठमाडौं, चैत ८ गते । राष्ट्रिय सभाको बैठक सुरुभएको छ । अपराह्न १ बजेदेखि सुरुभएको बैठकमा अहिले राष्ट्रिय सभाका सदस्यहरूले शून्य समयमा धारणा राखिरहनुभएको छ ।
रासायनिक मलमाथिको निर्भरता कम गर्न तथा अर्गानिक उत्पादनमा वृद्धि ल्याउन मधेश प्रदेशका सबै वडामा अर्गानिक मल उत्पादनका लागि उद्योग सञ्चालन गरिने भएको छ ।
चैतेदशैँको अवसरमा आज महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिर परिसरको त्रिशूली देवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ ।
काठको ठेकी बनाउने चुँदाराले श्रमअनुसारको ज्याला पाउन सकेका छैनन । लामो समयदेखि यो पेसा गरे पनि ठेकी कुँदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने गरेको उनीहरूको गुनासो छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–४ सीतापुरीमा गए राति जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
नेपाल–चीनबीचको तातोपानी नाका र खासा नाकामा महिनैपिच्छे दुई देशका प्रशासन र सुरक्षा अधिकारीबीच बैठक हुदैं आईरहेको छ । केही समय अघिदेखि दुई देशका जिल्ला स्तरीय प्रशासनिक प्रमुख र सुरक्षा अधिकारीबीच नाकाका बिषयमा छलफल हुदैं आएको छ ।