कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपालको क्रिकेटमा देशको मुहार हेर्न सकिने बताउनुभएको छ । नेपाल क्रिकेट संघको केन्द्रीय साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्नुहुँदै कार्यवाहक प्रधानमन्त्री खड्काले यस्तो बताउनुभएको हो ।
सर्लाही सदरमुकाम मलङ्गवामा कर्फ्यु आदेश जारी गर्दासमेत प्रदर्शन रोकिएको छैन ।
सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच वार्ता जारी रहेको हो ।
आन्तरिक राजस्व कार्यालय, हेटौँडाले चालु आर्थिक वर्षको दोश्रो महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ ।
सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख ८७ हजार रुपियाँ नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् ।
नेपाल र भारतबीचका प्रसारण संरचना र पूर्वाधारलाई अधिकतम क्षमतामा उपयोग गरेर थप आठ सय मेगावाट बराबरको बिजुली निर्यात गर्न सकिने भएको छ ।
ताप्लेजुङस्थित निर्माणाधीन सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले प्रभावित क्षेत्रका सर्वसाधारणलाई तमोर नदीमा पानीको बहाव घटबढ हुन सक्नेभन्दै सचेत रहन आग्रह गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०२६ भित्र अतिकम विकसित देशको अवस्थाबाट स्तरोन्नति बताउनुभएको छ ।
माथागढी–२, मान्केका किसानले लगाएको धानखेतीमा फड्के किराको प्रकोप देखिएको गाउँपालिकाले जनाएको छ ।
कपिलवस्तुका पालिकाहरुले बड्का अटवारी पर्वको अवसरमा आइतबार बिदा दिने भएकाे छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व र सुशासन कायम गरी विभिन्न जात जाति, क्षेत्र, वर्ग लिङ्गका समस्या समाधानतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ।
झडपका क्रममा ११ जना गम्भीर घाइते भएकोमा उनीहरुको उपचार प्रहरीको निगरानीमा नेपालगन्जमा भइरहेको प्रहरीले जनाएको छ ।
भारतीय मूलका क्यानडाली शिखको हत्यामा भारतीय गुप्तचर संस्थाका कर्मचारीको संलग्नता रहेको विवरण गुप्तचरहरूबाटै प्राप्त भएका क्यानडाका एक जना अधिकारीले बताएका छन् ।
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित भए बमोजिम गैर आवासीय नेपाली नागरिकता प्रमाणपत्रको नयाँ व्यवस्था लागू भएको छ ।