जङ्गली जनावरलाई थापिएको करेन्टमा परी सर्लाहीको बलरा नगरपालिकामा एक जनाको मृत्यु भएको छ ।
नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा [एमाले] सम्बद्ध संयुक्त प्यानल विजयी भएको छ । बुधवार मतदान सम्पन्न भई बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार अध्यक्षमा संयुक्त प्यानलका तर्फबाट अनेरास्ववियुका माधव खत्री विजयी हुनुभएको छ ।
मध्यपूर्वका दुई हस्ती साउदी अरब र इरानबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध पुनस्र्थापना भएको छ। दशकौँ पुरानो प्रतिद्वन्द्वी सम्बन्धका कारण तनावपूर्ण रहेको मध्यपूर्वको शान्ति प्रक्रिया यी दुई मुलुकबीचको यो मिलनले सहज रूपमा अगाडि बढ्ने आशा पलाएको छ। चीनको मध्यस्थतामा द्विपक्षीय कूटनीतिक सम्बन्ध पुनस्र्थापना भएसँगै यस कदमको विश्वव्यापी स्वागत गरिएको छ।
विकासको अवधारणा मानवजातिका परिवर्तित आवश्यकता एवं आकाङ्क्षाअनुरूप फेरबदल भएको पाइन्छ। आजको विश्वमा युरोप, अमेरिका, अस्ट्रेलिया र कतिपय अफ्रिका एवं एसिया महादेशका राष्ट्रले भौतिक विकासमा फड्को मारेका छन्। विज्ञान र प्रविधिको विकास गरेका छन्। स्थायी राजनीतिक व्यवस्थाको प्रबन्ध गरेका छन्। यो विकास विशेष गरेर दोस्रो विश्वयुद्ध पछाडिका दशकमा तीव्र रूपले अगाडि बढ्यो। दोस्रो विश्व युद्धको अन्त्य र संयुक्त राष्ट्रसङ्घको स्थापना पछाडि विकासको लक्ष्य आर्थिक समृद्धि र रोजगारीको अवसरलाई मान्ने गरेको पाइन्छ।
मिस नेवा नेपाः ११४३ प्रतियोगिताका लागि आवेदन खुला गरिएको छ । नेप्लिज फेसन होमले नेवार समुदायका १६–२३ वर्षका युवतीले प्रतियोगितामा सहभागिता जनाउन सक्ने जनाएको छ । नेपाललाई विश्वमाझ नेवार भाषा, कला, संस्कृतिले चिनाएको जनाउँदै आयोजक संस्थाकी प्रमुख हेमा मानन्धरले आधुनिकीकरणको युगमा नेवार कला, संस्कार, संस्कृतिलाई पुस्ता हस्तान्तरण गर्नु आवश्यकता रहेको बताउँदै भन्नुभयो, “यसका लागि हाम्रो प्रयास हो मिस नेवा ।”
असनमा बुधबार अधिकांश मानिस रातो, नीलो, पहेँलो टोपी र टिसर्टमा सझिएका थिए भने देवीको खट घुमाइएको थियो । नेवार समुदायको चाडअन्तर्गत पाहाँचह्रेको तेस्रो दिन असनमा जात्रा धुमधामका साथ मनाइयो । हरेक वर्ष घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात् लुँमधी अजिमा, कङ्ग अजिमा र तेबहाल अजिमालाई आआफ्नो ठाउँबाट बाजागाजासहितको टोलीले खट जात्रा गरी असन पु¥याएर जात्रा मनाउने परम्परा छ । यो जात्रालाई नेवारी भाषामा ‘द्यःल्वाकेगु’ जात्रा (खट जुधाउने जात्रा) पनि भनिन्छ ।
पछिल्ला महिना घट्दो क्रममा रहेको आयात फागुनमा भने उकालो लागेको छ । भन्सार विभागका अनुसार फागुनमा करिब १३ अर्ब रुपियाँले आयात बढेको छ । माघमा एक खर्ब २६ अर्ब ४९ करोड रुपियाँको वस्तु आयात भएकामा फागुनमा एक खर्ब ३९ अर्ब २२ करोड रुपियाँको आयात भएको विभागको तथ्याङ्क छ । विदेशी मुद्राको सञ्चिति खस्किँदै गएपछि गत वैशाखदेखि सरकारले विभिन्न १० वटा वस्तुको आयातमा लगाएको प्रतिबन्धका कारण आयात व्यापार घट्दो क्रममा थियो । विदेशी मुद्राको सञ्चितिमा सुधार भएपछि पुसदेखि प्रतिबन्ध फुकुवा गरिएकामा त्यसको दुई महिनापछि आयात बढेको हो ।
कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् । प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ ।
एसियाली विकास बैङ्क (एडीबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले जलाशययुक्त तनहुँ जलविद्युत्् आयोजना निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । तनहुँ हाइड्रोपावरले निर्माण गरिरहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना र १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको सोमबार र मङ्गलबार स्थलगत निरीक्षण गरी सो निर्देशन दिएको हो ।
रुकुमपश्चिममा परीक्षण र प्रदर्शनका लागि चैतेधान रोपिएको छ । मुसीकोट नगरपालिका–४, सोलाबाङमा चैतेधान रोपिएको हो । चैतेधानको सम्भाव्यता अध्ययनका लागि करिब तीन रोपनी खेतमा हर्दिनाथ–१ जातको चैतेधान रोपिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीका अनुसार आव २०७९/८० को चैतेधान उत्पादन प्रदर्शन कार्यक्रमअन्तर्गत चैतेधान रोपिएको हो । पानी कम हुने क्षेत्रमा चैतेधान राम्रो उत्पादन हुने केसीको भनाइ छ ।
पोखरा विश्वविद्यालयको शिक्षण अस्पतालले आगामी वैशाखदेखि आकस्मिक सेवा सुरु गर्ने तयारी गरेको छ । विसं २०७९ भदौ २२ गतेदेखि ओपिडी सञ्चालन गर्दै आएकामा अस्पताललाई पूर्णरूपमा सञ्चालन गर्ने तयारी गर्दै आकस्मिक सेवा सञ्चालन गर्न लागिएको हो ।
सप्तरीमा सामुदायिक विद्यालयले सञ्चालन गरेको परीक्षाको प्रश्नपत्र परीक्षा हुनुअघि नै बाहिरिएको छ । चैत ६ देखि कक्षा ८ बाहेक १ देखि ९ सम्मको परीक्षा सञ्चालन भइरहेको छ । राजविराज नगरपालिका–५ स्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत कक्षाकी प्रथम छात्रा नेहाकुमारी झाले सोमबार र मङ्गलबार अङ्ग्रेजी र नेपाली विषयको परीक्षा दिनुभयो तर बुधबारको सामाजिक विषयको परीक्षा दिन विद्यालय जान मान्नु भएको थिएन् ।
अन्तर्राष्ट्रिय लायन्स क्लबअन्तर्गत ‘डिस्ट्रिक्ट ३२५’ एफको महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही चैत १० र ११ गते आयोजना हुने महाअधिवेशनको तयारी अन्तिम चरणमा पुगेको तयारी समितिका संयोजक मनिषरमण साहले जानकारी दिनुभयो ।
चार दशकअघिसम्म धनकुटाको खाल्सा क्षेत्रका प्रत्येक घरमा खाँडीको कपडा बुन्ने तान भेटिन्थ्यो । त्यस बेला उद्योगबाट उत्पादन भएका कपडाको विकल्पका रूपमा सबैले यही कपडा प्रयोग गर्थे । गाउँघरमै पाइने कच्चा पदार्थ र परम्परागत सीपबाट खाँडी कपडा उत्पादन हुन्थ्यो । गाउँघरमै उत्पादन भएको कपासबाट धागो कातेर खाँडी कपडा बुनिन्थ्यो । खाँडी बुन्ने तान स्थानीय रूपमै बनाइन्थ्यो र परम्परागत रूपमा सीप हस्तान्तरण हुँदै आएको थियो तर अहिले खाँडी बुन्न जान्ने मान्छे भेट्न मुस्किल हुँदै आएको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका अधिकांश सचिव वडामा नजाने गरेको पाइएको छ । १५ वडा रहेको नगरपालिकाको सातवटा वडाका सचिव कार्यालयमा नगई सदरमुकाममा बस्ने गरेको पाइएको हो । वडा सचिवहरू वडा कार्यालय नबसी सदरमुकाममा बसेर अड्डा जमाएपछि सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । दिक्तेलस्थित एक फोटोकपी पसलमा सातवटै वडाका सचिवहरूको बसोबास हुने गरेको पाइएको हो ।