कतिपय सम्बन्ध यस्ता हुन्छन्, जो भित्रभित्रै टुसाउँछन्, भित्रभित्रै हुर्कन्छन्, बढ्छन् । यसलाई सही मानेमा परिभाषित गर्न मुस्किल पर्छ । प्रभात र मञ्चलाको सम्बन्ध पनि त्यस्तै थियो । मञ्चला प्रभातको मनको पातलो आवरणलाई छिचोल्दै भावनाभित्र पस्थी । यादको पानाभित्र फर्फराउँदै सुमधुर गाना गुन्गुनाउँथी ।
भारतसँग सीमा जोडिएको माडी नगरपालिका चितवन जिल्लाको उर्वर भूमि हो । दक्षिण र पूर्वमा चुरे पर्वत, उत्तर र पश्चिममा चितवन राष्ट्रिय निकुञ्जले घेरिएकाले यसलाई माडी उपत्यका भनेर चिनिन्छ । कृषि, पर्यटन र धार्मिक क्षेत्र भएकाले माडीको पहिचान
छिटै चढ्छ माथि ज्वरो नाप्दा थर्मोमिटरमा पारो चढे जस्तै अहङ्कार अनि त स्वयम्लाई बृहस्पति ठानेर भुलिदिन्छ आफूले टेक्ने जमिन
फूल रोपेथेँ गमलामा बुट्टा कसले भर्यो होला पुतलीका पखेटामा बुट्टा कसले भर्यो होला । मान्छेलाई सजावटकै साधन ठान्यो होला सायद
शास्त्रीय परिभाषाहरूलाई अलि पर पन्छाएर सजिलोसित महाकाव्यलाई चिनाउँदा लामो र रमाइलो कथालाई मिठो, मन छुने र मस्तिष्कलाई पनि झन्न पार्ने धेरै कवितामा रचिएको ठुलो काव्य नै महाकाव्य हो । विश्व साहित्यकै पुरानो विधा भएकाले संसारका अधिकांश विकसित साहित्यमा महाकाव्य पाइन्छन् । नेपाली साहित्यमा पनि महाकाव्यहरू छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तल (२००२) नेपाली साहित्यको पहिलो महाकाव्य हो । शाकुन्तलपछि नेपाली साहित्यका स्वनामधन्य स्रष्टाहरूका दर्जनौँ महाकाव्य प्रकाशित छन् । महाकाव्यहरूको लामो ताँतीमा कवि सीताराम अधिकारीको हालै प्रकाशित पृथु (२०८०) महाकाव्य
सामुदायिक विद्यालयका शिक्षक काठमाडौँ केन्द्रित विरोधमा उत्रिएका कारण मुलुकभरका सामुदायिक विद्यालय बन्द छन् । तर, दोलखाको शैलुङ गाउँपालिका–५ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालयमा भने पठनपाठन निरन्तर चलिरहेको छ ।
सुर्खेतस्थित इत्राम खोलाबाट पछिल्लो रातको चिसो स्याँठमा लपेटिँदै २३ किमी दुरीको छिञ्चु ओर्लिंदा बाहिरी दृश्य अँध्यारो र निःस्तब्ध थियो । रवि भाइको सौजन्यमा मोटरसाइकल लिफ्टमा हुइँकिँदा ठण्डीको असरले शरीर लल्याकलुलुक बन्यो । रात उज्यालोमा पदार्पण नगर्दै गन्तव्य ताकेका बसको टाँटाटुँटु आवाजले छिञ्चुलाई ब्युँताइसकेको छ । म भने डोल्पो सरोवर कन्या भेरी नदीको विपरीत धारको यात्रा भर्दै ८८ किमि पूर्वतर्फ खलङ्गा जाजरकोटको यात्रामा सोझिँदै छु । खलङ्गा छिचोलिने पहिलो बसको तलासीसहित तोकिएको सिटमा मैले आफ्नो स्थान लिन्छु । मिर्मिरेमै सीमित यात्रु समेट्दै छुटेको बसले पोथ्रै पोथ्राको सालघारी फेरो क्षण भरमै नाघ्यो । अँध्यारोको पर्दामा कैद बसको कापबाट धुमिलो पहिचान खुल्दै गरेको रामनगरको बिच गर्भ भएर बसले भेरी किनारमा ओर्लिन हतारको रफ्तार लियो ।
तरङ्ग तरङ्गिन्छन्, मनभित्रका उछाल पोखेर । भावनाका तरल तरङ्ग । रोक्न खोजेर रोकिन्न । कुनै हातलमा नि । हुन्न सम्भव । असम्भव प्रायः बनिन्छ । हुन्छ पनि उस्तै, यस्तै, त्यस्तै । जमानामै फ्रान्सेली शासक नेपोलियन बोनापार्टले ‘असम्भव शब्द मूर्खहरूका शब्दकोशमा मात्र भेटिन्छ’ भने थे । समय परिस्थितिले पल्टाइदिए । उनकै महान् वाणी । उनका आवेश शक्ति उपासना साबितिए । युद्ध एक्लै लडिन्न । न लडिन्छ पाखुरीकै भरमा । असम्भव हुन्छ त्यो । तरङ्ग मनभित्रकै आफ्नै । निबन्ध लेखन आफ्नै ।
परापूर्वकालदेखि नै नेपालले मित्रराष्ट्रलाई सैनिक सहयोग दिएको प्रमाण छन् तर आधुनिक काल (विसं १८०१ देखि) को मात्र यहाँ उल्लेख गरिएको छ : पृथ्वीनारायण शाहको पालामा भारतमा अङ्गे्रजको राज थियो । त्यो बेला विशेष गरी सीमा क्षेत्रका गाउँबस्तीमा लुटपाट हुन्थ्यो । मान्छे मारिन्थ्यो । यस्तो आतङ्ककारी काम गर्ने टोलीलाई गोसाइ र बैरागी भनेर चिनिन्थ्यो । आतङ्ककारी कामबाट अङ्गे्रज हैरान भएका थिए । यो समस्या समाधानका लागि अङ्ग्रेजले पृथ्वीनारायण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा हुनुहुन्छ । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भई अमेरिकाबाटै प्रधानमन्त्री चीन भ्रमणमा जानुभएको हो । सन् १९५५ बाट राज्यस्तरीय सम्बन्धसँगै १९६० मा आपसी दूतावास स्थापना अगावै नेपाल–चीनबिच सामाजिक, सांस्कृतिक, धार्मिक अनि व्यापारिक रूपमा घनिष्ट सम्बन्ध थियो । उपहारको आदान/प्रदान र भ्रमणसमेत हुन्थे । चीनबाट हामीलाई आर्थिक, सामाजिक, व्यापारिकलगायत क्षेत्रमा उल्लेखनीय सहयोग छ । दोस्रो लगानी सम्मेलनमा १२ अर्ब डलरको प्रतिबद्धता प्राप्त भयो । यस्तो हितकर मित्रदेशको भ्रमण स्वाभाविक हो र निरन्त
राष्ट्र, राष्ट्रियता, राष्ट्रवाद, स्वाधीनता, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता आदि शब्दावलीको आफूलाई लागे अनुसारको व्याख्या गर्नु नै राष्ट्रिय चरित्र र विशेषता मानिन्छ । अथवा कुनै न कुनै रूप आकारको देशभक्त । अझ यसमा ‘माटो सुहाउँदो’ सनातनी परम्पराको धर्म र शासकीय परम्परालाई स्थापित गर्न खोज्ने खाँटी राष्ट्रवादी हुने भाष्य निर्माण गरिँदो छ । एउटा यस्तो भाष्य; जहाँ परम्परागत राजतन्त्र र हिन्दु धर्मसापेक्ष पुनस्र्थापित भयो भने देश रहने नत्र देशै नरहने भाका प्रयोग हुँदै आएको छ । केही हदसम्म यो कुविचारले घर गर्दै गरेको पनि देखिन्छ ।
नेपाल कृषिप्रधान देश भन्ने कथन हाम्रो योजनाबद्ध विकासको अवधारणाभन्दा पनि पुरानो छ । नेपालमा कृषि विकासको वृद्धि नेपालीको क्रय शक्ति वृद्धिको दरसँग मेल नखानाले केही दशकपहिले कृषि उपज निर्यातक देशबाट नेपाल कृषि उपजको खुद आयात गर्ने स्थितिमा पुगेको छ । यसबिच नेपालले कृषिमा निकै ठुलो लगानी पनि गरेको छ । यसको बाबजुद नेपालले कृषिमा आशातीत फल भने पाउन सकेको छैन । अझ विश्वव्यापी तापमान वृद्धिबाट हुने क्षतिको कारण विश्वव्यापी खाद्यान्न सङ्कटको प्रक्षेपण
प्रथम गोरखा कप अन्तरविद्यालयको उपाधि सूर्यमुखी बोर्डिङले उचालेको छ । अन्तिम फाइनल खेलमा सूर्यमुखी बोर्डिङ ए लाई ३–० गोलले पछि पार्दै सूर्यमुखी बोर्डिङले सी ले उपाधि उचालेको ओसन क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिनुभयो ।
मानव जीवनमा भोजन र स्वास्थ्यको अन्योन्याश्रित सम्बन्ध छ । स्वस्थ जीवनका लागि भोजनको भूमिका अवर्णनीय छ । भोजनको महìव र आवश्यकता केवल शारीरिक स्वास्थ्यका लागि मात्रै नभएर यो मानसिक, आत्मिक र आध्यात्मिक स्वास्थ्यका लागि पनि त्यत्तिकै आवश्यक र महìवपूर्ण छ । मानिसको शरीरमा रोगको प्रवेश खान नपाएरभन्दा पनि खान नजानेर हुन्छ । एक छाक वा एक दिन हामीले नखाँदा वा खान नपाउँदा स्वास्थ्यलाई खासै हानि गर्दैन । एक छाक वा एक दिन हामीले
दुर्लभ पाटेबाघको संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको देशकै सबैभन्दा कान्छो निकुञ्जका रूपमा रहेको बाँके राष्ट्रिय निकुञ्ज पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वार्डेन श्यामकुमार साहले निकुञ्ज स्थापना भएको १० वर्षमै पाटेबाघको सङ्ख्या उल्लेख्य रूपमा बढेकाले यो निकुञ्जमा बाघ अवलोकन गर्नका लागि पर्यटक आउने क्रम पनि बढेको बताउनुभयो। उहाँका अनुसार बाँके राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु पाटेबाघ अवलोकनको गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। यो निकुञ्ज पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जबाट करिब १६ किलोमिटरको दुरीमा पर्छ।