हा....कस्तो हुन्छ माया प्रीति यानीमाया, छाम्दा भेटिँदैनन्। हा....छेउमै बग्छ कालीगङ्गा यानीमाया, तिर्खा मेटिँदैनन्। उल्लिखित गीतको टुक्का चर्चित गायक खड्क गर्बुजाको डाँडैचरी ...बोलको यानीमाया गीतिसङ्ग्रहमा समावेश टुक्का हो। गीतमा कालीगण्डकी नदीछेउमै बगेपछि उपयोग गर्न नपाउँदा प्यासी नै बनेको सन्दर्भ उल्लेख छ।
सुदूरपश्चिम प्रदेशको मन्त्रिमण्डल गठन भएको डेढ महिना पुग्न लागे पनि मन्त्रिमण्डल अझै विस्तार हुन सकेको छैन। गठबन्धन दलबीच भागबन्डा मिलाउनमा भइरहेको ढिलाइका कारण मन्त्रिमण्डल विस्तार हुन नसकेको हो। मन्त्रालय भागबन्डाको सवालमा गठबन्धनबीच अझै छलफलसमेत नभएको बताइएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले माघ २७ गते तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्नु भएको थियो।
केही दिनको वर्षाले नियन्त्रणमा आएको वन डढेलो मौसममा सुधार हुनासाथ फेरि सुरु भएको छ। वर्षाले जोगाएको वन क्षेत्रबाट आगोको मुस्लो दन्कँदै गएको छ। धुवाँको मुस्लोले आवागमन ठप्प बनाएको छ।
सूचना प्रविधिको पहुँच गाउँगाउँसम्म पुगेसँगै ठगी गर्ने प्रकृति पनि फेरिएका छन्। मोरङको पथरीशनिश्चरे–३, सुन्दरी चोककी २९ वर्षीय माङ्माया लिम्बू नयाँ प्रकृतिको ठगीमा पर्नुभयो। उहाँ अहिले कानुनी उपचार खोजिरहनुभएको छ। ‘९८२८९७८३०६’ को नम्बरको मोबाइलबाट ह्वाट्सएपमार्फत माङ्मायासँग कुराकानी सुरु भयो। माङ्मायाका श्रीमान् मलेसिया जानुभएको पाँच वर्ष भयो। श्रीमान्सँग उति साह्रो फोन सम्पर्क पनि हुँदैनथ्यो।
घरेलु हिंसा तथा ५० लाख नगद दाइजो माग गर्दै आएको भनी श्रीमतीद्वारा आरोप लागेका राजविराज ३ का नवीन कुमार दासलाई बिहीबार सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
अन्नबालीको उत्पादन घटेपछि रौतहटका किसान व्यावसायिक केरा खेतीतर्फ आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ रौतहटले केरा खेतीको कार्यक्षेत्र विस्तार गरेसँगै किसान केरा खेतीतर्फ आकर्षित भएका हुन् । यस जिल्लाको १८ वटा स्थानीय तहमध्ये चन्द्रपुर, वृन्दावन, गरुडा, मौलापुरलगायत नौ स्थानीय तहका ३० वटा वडाको ३२१ हेक्टर जमिनमा माटो परीक्षण गरी केरा खेती गर्न छनोट गरिएको परियोजनाका कृषि अधिकृत दीपककुमार मिश्रले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश सरकारले बजेटमा कटौती गरेको छ । चालु आर्थिक वर्षको बजेटबाट २० प्रतिशत रकम घटाइएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । यसबाट करिब एक अर्ब १२ करोड रुपियाँ खर्च कटौती हुने बताइएको छ । खर्चमा मितव्ययिता कायम राख्न कर्णाली प्रदेश सरकारले खर्च कटौती गरेको आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले जानकारी दिनुभयो ।
दोलखाका नौ स्थानीय तहमा रहेका ७४ वडामध्ये ११ वटा वडा कार्यालयको भवन अझै निर्माण भएका छैनन्। सङ्घीयता कार्यान्वयनमा आएको करिब छ वर्ष लाग्दा जग्गाको अभावसँगै सहमति हुन नसक्दा वडा कार्यालय भवन निर्माण हुन नसकेको हो। ६३ वडामा मात्र कार्यालय भवन निर्माण भएको बताइएको छ। जिल्लाको वैतेश्वर गाउँपालिकाले आठै वडामा कार्यालय भवन निर्माण सम्पन्न गरेको छ। पालिका अध्यक्ष छवि लामाले वडाहरू भाडामुक्त भएपछि ६० लाख रुपियाँ वार्षिक बचत हुन थालेको जानकारी दिनुभयो।
मन्थली नगरपालिकाको तीनवटा वडाको घरघरमा खानेपानी धारा पु-याउने उद्देश्यले बृहत् खानेपानी आयोजना निर्माणाधीन रहेको छ। तामाकोशीको पानीलाई लिफ्ट गरेर मन्थली नगरपालिकाको वडा नं. ७, भटौली, वडा नं. ८, चिसापानी र वडा नं. ९, पुरानागाउँका दुई हजार एक सय घरधुरीलाई शुद्ध पिउनेपानी पु-याउन सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजनामार्फत यो आयोजना सञ्चालन भइरहेको हो।
नेपाल राष्ट्र बैङ्कले २०८० सालका लागि बैङ्क तथा वित्तीय संस्थाको सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । आगामी वर्ष बैङ्कमा ३५ शीर्षकमा बिदा हुने राष्ट्र बैङ्कले बिहीबार प्रकाशित सूचनामा उल्लेख छ ।
गैर आवासीय नेपाली सङ्घ बेल्जियमको संयोजनमा नेपाली दूतावास ब्रसेल्स र लुभेन महानगरपालिका मिलेर नयाँ वर्ष २०८० को अवसर पारेर ‘नेपाल फेष्टिवल २०२३’ आयोजना गर्ने भएको छ ।
हास्य अभिनेता हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वरमा रहेको ‘काउली’ बोलको गीत युट्युब ट्रेन्डिङको नम्बर एकमा परेको छ । छ दिनअगाडि सार्वजनिक भएको उक्त गीतलाई १७ लाख पटक हेरिएको छ । गीत आरटी इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको थियो ।
जापानी संस्कृतिको प्रवद्र्धन गर्दै काठमाडौँमा जापान डे तथा जापानी चलचित्र महोत्सव हुने भएको छ । महोत्सव शुक्रबारदेखि काठमाडौँको राष्ट्रिय नाचघरको हलमा सुरु हुने नेपालस्थित जापानी राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका श्रमिकका आफन्त र अङ्गभङ्ग वा बिरामी भएर स्वदेश फर्किएका श्रमिकले पाउँदै आएको आर्थिक सहायताबापतको रकम बढाउने तयारी भइरहेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार कल्याणकारी कोषबाट हाल उपलब्ध गराउँदै आएको उक्त रकम समयसापेक्ष नभएको भन्दै यसलाई बढाउन बोर्डले आवश्यक तयारी थालेको हो ।
कुनै समय हेयका दृष्टिले हेरिने र गरिबले मात्र खाने भनिएको कोदो पछिल्लो समय उपभोक्ताको खोजी र रोजाइको खाद्यान्न बन्दै गएको छ । कोदोमा हुने पोषक तत्व र लाभबारे उपभोक्तामा जानकारी बढ्दै जाँदा कोदो सहर र धनीमानीका भान्छामा पनि पाक्न थालेको छ । मकवानपुरगढी गाउँपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत कोदो उत्पादन, प्रशोधन र बिक्री वितरणमा स्थानीय किसानलाई प्रोत्साहन गर्ने रणनीतिसहित काम गर्दै आएको छ ।