रुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन अध्यक्ष केवशनन्द बानियाविरुद्ध ९१ लाख ८६ हजार ५४३ रुपियाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ।
छेडागाड नगरपालिकाको प्रशासकीय केन्द्र मनघाट, खारा लगायतका क्षेत्रमा सिँचाइ सुविधा पुगेसँगै लगाएको गहुँबाली
मधेश प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षामा (एसइई) ७९ हजार ९४ जना विद्यार्थी सहभागी जनाउने भएको छ ।
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताउनुभएको छ।
वातावरणीय प्रभावका असरहरू नेपालमा द्रुतगतिमा देखिन थालेको भन्दै विज्ञहरूले सरकार र निजी क्षेत्रले यसको नियन्त्रणमा हातेमालो गरेर अघि बढ्नु पर्ने बताएका छन्।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले दर्जनौँ योजना तथा कार्यक्रम संशोधन गरेको छ । चालू आर्थिक वर्ष सकिन अन्तिम चौमासिक अर्थात् चार महिना बाँकी रहेका बेला नगरपालिकाले पाँच दर्जन बढी योजना तथा कार्यक्रम संशोधन गरेको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आउनुभएको छ । बिहीबार अपराह्न उहाँ झापाको भद्रपुर विमानस्थल हुँदै आफ्नो निर्वाचन क्षेत्र दमकमा आउनुभएको हो ।
कैलालीको कैलारी गाउँपालिका –७ स्थित भारतमा आश्रित हौसलपुर गाउँका बासिन्दाका लागि मोहना नदीमा झोलुङ्गे पुल निर्माण भएको छ ।
प्रधान सेनापति प्रभुराम शर्माले अवकाश प्राप्त सैनिकहरूलाई सेवा अवधिमा आर्जित अनुभव र क्षमता यही माटोमा आत्मसम्मानका साथ रोपी समाजमा सबल र समृद्ध बनेर स्थापित हुन आग्रह गर्नुभएको छ ।
विगत १४ वर्षदेखि विश्वभर छरिएर रहेका नेपालीबीच लोकप्रिय नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र पञ्चाङ्ग मार्फत शताब्दी पुरानो सेवा दिँदै आएको राष्ट्रिय पञ्चाङ्गबीच सहकार्यका लागि सम्झौता भएको छ ।
काठमाडौंको विभिन्न सडकको सतह एकैनासको नरहेकाले सडक डिभिजन कार्यालय काठमाडौंले पिच सडक भत्काएर मर्मत गरिरहेको छ।
विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
नेपाल प्रहरीको महानिरीक्षक पदको प्रतिस्पर्धामा रहनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य ।
काठमाडौं महानगरपालिकाले चैत १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन–२०७९ सञ्चालन गर्ने भएको छ।
प्रदेश सरकारले विभिन्न विधाका खेलमा कर्णालीलाई पदक दिलाउने खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।