चालु आर्थिक वर्षको भदौ महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा उल्लेख्य गिरावट आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार भदौ महिनामा चालु आवको दुई महिनामा १४ अर्ब रुपियाँ प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ । भदौ महिनामा मात्र ५१ वटा परियोजनामार्फत दुई अर्ब ७२ करोड २४ लाख रुपियाँ प्रतिबद्धता आएको विभागले जनाएको छ । गत साउन महिनामा ६० उद्योगमार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपियाँ लगानीको प्रतिबद्धता आएको हो । भदौ महिनामा उद्योग दर्तासँगै प्रतिबद्धता रकममा कमी आएको हो ।
बझाङमा एक जनाको खुकुरी प्रहार गरी हत्या गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले शुक्रबार खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
कञ्चनपुरको दैजीलाई डडेलधुरा हुँदै बझाङ जिल्लाको देउरा जोड्ने सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजना अन्तर्गत पोखरा–बेलापुर सडक कालोपत्रेको काम कमसल भएको गुनासो स्थानीयको छ। नवदुर्गा गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा सञ्चालित बजेट तथा कार्यक्रमको बिहीबार आयोजित सार्वजनिक सुनुवाइमा उपस्थित स्थानीय तथा प्रतिनिधिले सडक कालोपत्रे कमसल भएको गुनासो गरेका हुन्।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
शुक्रबार हलमा दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन्। हलिउडको ‘एक्सपेन्डेबल्स ४’ र बलिउडको ‘द ग्रेट इन्डियन फ्यामिली’ प्रदर्शनमा आएका हुन्। कलाकारहरू जेसन स्थाथम, सिल्भर स्टालोन, फिफ्टी सेन्ट, मेगन फक्स अभिनीत हलिउड चलचित्र ‘एक्सपेन्डेबल्स ४’ सन् २०१४ मा प्रदर्शन भएको ‘एक्सपेन्डेबल’ को यो चौथो शृङ्खला हो। चलचित्रमा आणविकको दुरुपयोग रोक्ने जिम्मा एक्सपेन्डेबल्स टिमलाई दिइएको हुन्छ र उनीहरू आफ्नो जासुसी मिसन लिएर एसियामा निस्कन्छन्।
हास्यव्यङ्ग्य कलाकार तथा गायक राजा राजेन्द्र पोखरेलको गीत ‘सालको पात’ सार्वजनिक भएको छ। गीतमा वैदेशिक रोजगारीको कथालाई उठान गरिएको छ। गीतमा अभिनेत्री शिल्पा पोखरेलले साउदीको जेलमा परेका श्रीमान्लाई झिकाउन सक्दो प्रयास गरिरहेकी श्रीमतीको भूमिका निर्वाह गर्नुभएको छ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
आर्थिक मन्दीका कारण काठमाडौँ महानगरपालिकाभित्र घर वा सटर खाली गराउन निवेदन दिनेको सङ्ख्या बढ्दै गएको छ । काठमाडौँ महानगरमा विभिन्न व्यापार व्यवसाय गरेर बसेका व्यवसायी सम्पर्कविहीन भएपछि घरधनीले खाली गराउन निवेदन दिएका छन् । कतिपय व्यवसायी सम्पर्कमा भए पनि भाडा उठाउने विषयमा असहमति हुँदा पनि घर वा सटर खाली गराउन निवेदन पर्ने गरेको पाइएको छ ।
नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सहमति भएको छ। शुक्रबार साँझ सरकार र शिक्षक महासंघबीच सात बुँदामा सहमति भएको हो।
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले महिला र पुरुष एकजुट भएर अघि बढे मात्र समृद्ध नेपाल, सुखि नेपालीको परिकल्पना यथार्थमा परिणत हुने बताउनुभएको छ ।
शुक्रबार गृह मन्त्रालयमा भएको सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको हो। तर, राहत शिक्षकले भने सहमतिप्रति असन्तुष्टि जनाएका छन्।
जाजरकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका –८ पटाङ्ग्रीका ४८ बर्षीय राजेन्द्र सिंहको भीरबाट लडेर मृत्यु भएको हो ।
शनिबार सशस्त्र प्रहरी बलको मुख्यालय हलचोक परिसरमा ‘ध्यानद्वारा ऊर्जा जागरणको एक दिवसीय कार्यशाला’ सम्पन्न हुँदैछ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिले अवैध भरुवा बन्दुक र बिष्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मुसीकोट नगरपालिका वडा ६ मैलचौरका ३६ वर्षीय झकेन्द्र भण्डारीलाई बिहीबार बेलुका पक्राउ गरेको जनाएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अपराधजन्य घटना नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।