हुँदा कसैको अन्त्यमा कसैको आदिमा हुन्छ, भलो कसैको भक्तिमा कसैको शक्तिमा हुन्छ । ‘भैगो, जिन्दगी बाँच्दिनँ’ भन्नेले नबुझेका हुन्, पहिलो पन्ध्रमा औँसी, दोस्रोमा पूर्णिमा हुन्छ ।
प्रत्येक दिन एक एक, खुड्किलो चढ्दै जिन्दगीको कहिले हतारै हतारमा कहिले अल्छी हुँदै फुर्सदिलो जस्तै ।
तिमीबिना शून्य लाग्ने त्यो रातलाई सम्झिएँ प्रेमिल संसारमा गरेका त्यो बातलाई सम्झिएँ । हरेक यादमा आई सपनीमा छाउँछौ तिमी कसम खाई समाएका त्यो हातलाई सम्झिएँ ।
बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बगेको कर्णाली नदीले धार परिवर्तन गर्दै कैलालीको चिसापानी कर्णाली सामुदायिक वनतर्फ बढेको छ। नदीमा स्काभेटर प्रयोग गरी जथाभाबी ढुङ्गा उत्खनन गरिएकै कारणले कर्णाली नदी कोल्टे फेर्दै सामुदायिक वनतर्फ बढेको स्थानीय बताउँछन्। जानकी गाउँपालिका–८ मटेराका दीनबहादुर चौधरीका अनुसार ठेकेदारले जथाभाबी ढुङ्गा उत्खनन गरेपछि कर्णाली नदीले खतराको घन्टी बजाइरहेको छ। ढुङ्गा उत्खनन रोक्ने र बेलैमा तटबन्ध गर्ने कार्य नभए जानकी, टीकापुरदेखि चिसापानी पुलसम्मै असर गर्नेछ।
बैतडीको सतबाँझ–श्रीभावर–हाट हुँदै दार्चुला सडक कालोपत्रे सुरु भए पनि हाटस्थित जमाडी नदीको चार करोडको पुल तीन वर्षदेखि अलपत्र परेको छ। प्रदेश गौरवको आयोजनाका रूपमा सो सडक निर्माण तथा कालोपत्रे हुँदै छ। सो सडकखण्डको पुरचौँडी नगरपालिका–१, खडिखेतनजिकै जमाडी नदीमा निर्माण भइरहेको पुलको करिब डेढ करोड भुक्तानी भइसके पनि पुल निर्माण भने अलपत्र परेको छ। यो सडकखण्डको रिगा पत्थरकोटमा पर्ने अर्को पुलका विषयमा ठेक्का नै आह्वान हुन सकेको छैन। आर्थिक वर्ष २०७६/७७ मा जगदम्बा कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको थियो। भुक्तानी लिएर ठेकेदारले पुल निर्माण नगरेपछि अघि–अघि पुल अलपत्र, पछि–
चैतेदशैँका अवसरमा बैतडीको प्रसिद्ध निङ्लासैनी भगवती मन्दिरको हिङ्लो (परम्परागत पिङ) फेरिएको छ। मन्दिरको पुरानो हिङ्लोको काठ जीर्ण भएपछि स्थानी द्वारसल्लाको नयाँ हिङ्लो निर्माण गरी नवरात्रिका अवसरमा पुनःस्थापना गरिएको हो। बैतडीका भगवती मन्दिरमा १४औँ शताब्दीदेखि मन्दिर परिसरमा हिङ्लो राख्ने परसम्पारा सुरु भएको मानिन्छ। बैतडीको प्रसिद्ध निङ्लासैनी भगवती, त्रिपुरासुन्दरी, मेलौली, डिलासैनी, कफलासैनी मन्दिरमा हिङ्लो रहेका छन्। यहाँ दशैँका बेला मन्दिरमा लाग्ने मेलापर्वमा हिङ्लोमा पिङ खेल्ने चलन रहेको छ।
जुम्लाका शहीद परिवारले प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दा खारेजीको माग गरेका छन्। जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गराउँदै प्रस्तुत तीनबुँदे मागमा सो मुद्दाले द्वन्द्व सिर्जना गर्ने, शान्ति प्रक्रिया बिथोल्ने भएकाले त्यसको अविलम्ब खारेजी गर्न, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ मा संशोधन गर्न बनेको विधेयक यथाशीघ्र पारित गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पु-याउन माग गरिएको छ।
तातोपानी गाउँपालिकाले सूचना प्रवाह गर्न सजिलोका लागि महिला स्वास्थ्य स्वंसेविकालाई मोबाइल वितरण गरेको छ। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंका अनुसार सूचना प्रवाह प्रभावकारी बनाउन मोबाइल सेट वितरण गरिएको हो। गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले हाल २६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गर्नुभयो। गाउँपालिकामा जम्मा ६७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई नै मोबाइल वितरण गरिने कार्यक्रम रहेको बताइन्छ।
मोहम्मद बसिरको घर भारत बलरामपुर जिल्ला रनियापुरमा पर्छ। उहाँ उमेरले ८० वर्ष पुग्नुभयो। बसिरको आँखा बिस्तारै धमिलो हुँदै गयो। स्थानीय चिकित्सकले आँखाको अप्रेसन गर्नुपर्ने सल्लाह दिए। आर्थिक अवस्था कमजोर भएका बसिर उपचार नगरी घरै बस्नुभएको थियो तर कोइलाबासमा निःशुल्क आँखा शिविर चलेको खबर पाएपछि भने उहाँ आँखाको उपचार गर्न नेपाल आउनुभयो।
नेपाली कांग्रेस पार्टीको लुम्बिनी प्रदेश सभास्तरीय पहिलो सम्मेलन बाँकेको कोहलपुरबाट सुरु भएको छ। कांग्रेस बाँके क्षेत्र १ प्रदेश (ख) कार्यसमितिले सो सम्मेलनको आयोजना गरेको हो। सो अवसरमा कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पदका लागि मात्र राजनीति नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो। उहाँले राजनीति पद मात्र नभई समाजसेवा र देशसेवा पनि भएको बताउनुभयो। “जसले समाजसेवाको भावले राजनीति गर्छ, त्यसले एक दिन पद र प्रतिष्ठा पनि अवश्य हासिल गर्छ। पदकै निम्ति राजनीतिमा आउनेहरू सफल हुन नसकेका धेरै उदाहरण छन्,” उहाँले भन्नुभयो।
प्राकृतिक तवरले हुने उत्पादनले बढ्दो जनसङ्ख्यालाई धान्न नसकेपछि रासायनिक मलको आविष्कार भयो । उत्पादन वृद्धि र रोगकीराबाट जोगाउन रासायनिक विषादीको प्रयोग सबैतिर निरन्तर बढ्दै गएको छ । नेपालमा पनि खाद्य तथा तरकारीमा रासायनिक विषादीको प्रयोग बढ्दै गएको छ । आर्थिक वर्ष २०५४/५५ मा नेपालमा जम्मा ५६ मेट्रिक टन रासायनिक विषादी भित्रिएकोमा आर्थिक वर्ष २०७८/७९ मा ७८३ मेट्रिक टन पुगेको छ । साढे दुई दशकमा झन्डै १४ गुनाले रासायनिक विषादीको प्रयोग बढ्नु पक्कै पनि खुसीको खबर होइन ।
लोकतन्त्रको प्रमुख अभीष्ट नै कोही पनि पछि नपरुन् भन्ने हो। लोकतान्त्रिक मुलुकले आफ्नो सामथ्र्यका आधारमा समृद्धि र समन्यायका नीति रणनीति कार्यान्वयन गरी अवसर निर्माण तथा वितरण गर्दै आएका छन्। नेपालमा पनि २०४६ सालकोे जनआन्दोलनपछि कार्यान्वयनमा ल्याइएको संविधानले विकासलाई न्यायपूर्ण बनाउन र आर्थिक एवं सामाजिक रूपमा पछि परेका वर्गका लागि विशेष व्यवस्था गर्न राज्यलाई निर्देश गरेको थियो। दोस्रो जनआन्दोलनपछि निर्माण भएको संविधानले
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।
संवेग जन्मजात आउने मानवीय गुण हो। संवेग भनेको खुसी, दुःख, डर, रिस, घृणा, आश्चर्य आदि मनोभावबाट उत्पन्न भएको प्रतिक्रिया हो। यो मुख्य गरेर मन र मस्तिष्कसँग सम्बन्धित हुन्छ । उदाहरणका लागि खुसी हुँदा मानिसले प्रसन्न मुद्रामा हाँसेर प्रतिक्रिया दिन्छ भने दुःखी हुँदा आँखाबाट आँसु खसालेर । यसैले डर, रिस, घृणा, आश्चर्य आदिको भावलाई मानिसले अवस्थाअनुसार प्रकट गर्छन् । यसर्थ, यी सबै मनोभाव संवेग हुन् । यसैगरी मानव जीवनको बाल्यावस्था र वयस्कबीचको एउट