नेपाली कांग्रेसले संसदमा दर्ता भएको शिक्षा विधेयक संसदीय प्रक्रियाबाट सर्वस्वीकार्य बनाउन पहलकदमी लिने प्रतिबद्धता जाहेर गरेको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण बिहीबार सार्वजनिक भएको छ । गएको वैखाख १४ गते मुख्यमन्त्री नियुक्त हुनुभएका सुरेन्द्रराज पाण्डेले वैशाख अन्तिममा मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको थियो ।
उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपाल भियतनामसँग पराजित भएको छ ।
पाँचथरको सदरमुकाम रहेको फिदिम नगरपालिकामा मात्रै दुई सय ५१ जना नागरिकलाई डेंगु संक्रमण पुष्टि भएको छ ।
पर्यटक आकर्षित गर्न धनकुटाकामा बिभिन्न जातजातीको कलासंस्कृति संग्रहगरी एक संग्रहालय निर्माण गरिएको छ । बिसं. २०३९ सालमा निर्माण गरी २०५१ बाट सर्बसाधारणका लागि अवलोकन खुला गरिए पनि यसले पर्यटक तान्न भने सकेको छैन ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षक महासंघको आन्दोलन भोलिदेखि फिर्ता हुने बताउनुभएको छ।
इलामको रोङ गाउँपालिका –३ कुट्टडाँडामा अवस्थित पाथीभरा मन्दिरमा उठेको भेटीको रकम हिनामिना भएको छ । जिल्ला प्रशासन कार्यालयले छानविन समिति बनाएर त्यसबारे छानविन बनाएको थियो ।
पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक अगुवालाई आज गृह मन्त्रालयमा बोलाएर गम्भीर छलफल गर्नुभएको छ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले सरकार र शिक्षकबीच ६ बुँदे सहमति पत्रमा हस्ताक्षर हुने तयारी भएको जानकारी दिनुभयो ।
उत्तरी गोरखाको मान्बुमा महिलाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनाल र नेपालका लागी बेलायती राजदुत रोब फेनबीच स्वास्थ्य मन्त्रालयमा आज शिष्टाचार भेटवार्ता भएको छ ।
भल्कोटवासी प्रत्येक वर्ष जेठ पहिलो सातादेखि पशुचौपाया लिएर लेक जान सुरु गर्छन् । चार महिनाअघि लेक चढेका उनीहरु असोज ५ मा मात्रै बेँसी झर्छन् ।
नेपालगञ्जका उद्योगी व्यवसायीले नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग उद्योग कलकारखाना तथा व्यवसाय गरेर गरिखाने वातावरण बनाइ दिन आग्रह गरेका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोस्ट डक्टरल फेलोसिपफेलोसिप कार्यक्रम सञ्चालन गर्ने भएको छ। स्वास्थ्य विज्ञान प्रतिष्ठानले कार्यक्रम गर्दै एक वर्षे जेरियाट्रिक मेडिसिनमा पोस्ट डक्टरल फेलोसिप सञ्चालन गर्नका लागि पाठ्यक्रम समेत तयार पारेको जनाएको छ।
पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ‘एचपिभि’ अभियानको समयावधि दोस्रो पटक थप गरिएको छ ।