बजेटमा करका दरहरु हेरफेर गर्न अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन समितिले प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको छ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल उद्योग वाणिज्य महासङ्घको भिजन पेपर २०३० सँग सरकारले सम्झौता गर्ने बताउनुभएको छ । २८ औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्ड एशोसिएशन (नेफा) ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताउनु भएको हो ।
जनार्जन खत्री सर्लाही, साउन १३ गते। सर्लाहीको बरहथवा नगरपालिका-१०, किसान टोलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। शुक्रबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक रौतहटको ईशनाथ नगरपालिका-५, लक्ष्मीनियाँ टोल बस्ने २६ वर्षीय मुकेश साहको मृत्यु भएको हो। बागमती प्रदेश ०३–००१ क ०१९६ नम्बरको टिपरले विपरीत दिशाबाट गइरहेको ना २१ प ७४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक साहको घटनास्थमै मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो। दुर्घटनामा संलग्न टिपर चालक मकवानपुरको भीमफेदी गाउँपालिका–६, सिमलटार बस्ने २७ वर्षीय राजु लामालाई बरहथवा प्रहरीले नियन्त्रणमा लिएको छ। यसैबीच, सर्लाहीको पर्सा गाउँपालिकामा शुक्रबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। पानी तान्ने मोटर चलाउनेक्रममा करेन्ट प्रवाह भएर पर्सा गाउँपालिका–६, बस्ने ४५ वर्षीय सुबोध झाको मृत्यु भएको हो। झालाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
काठमाडौंको नागार्जुन नगरपालिका–२ स्थित गाई फर्ममा आगलागी भएको छ । आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।
महोत्तरी जिल्लाको बर्दिबासमा सरकारले निर्माण गर्ने बहुप्रतीक्षित मेडिकल कलेज निर्माणको कार्य सर्वोच्च अदालतको आदेशले ठप्प भएको छ । बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका प्रमुख देवीप्रसाद सुवेदीले अहिलेसम्ममा निर्माण सम्पन्न भइसक्नुपर्नेमा अदालतको आदेशको कारणले निर्माण कार्य ठप्प रहेको जानकारी दिनुभयो ।
काठमाडौं, साउन १३ गते । निकेश खड्काको निर्देशनमा बनेको फिल्म 'चपली हाइट ३' पुनः सिनेमा हलमा प्रदर्शन हुने भएको छ । फिल्म गत पुस ३० गते रिलिज भएको थियो । तर लकडाउनका कारण प्रदर्शन बीचमै रोकिएको थियो । अब फिल्म साउन २० गतेदेखि फेरि प्रदर्शन गरिने निर्माता अर्जुन कुमारले जानकारी दिनुभयो । कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण धेरै दर्शकले ‘चपली हाइट ३’ हेर्न पाएका थिएनन् । फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतको मुख्य भूमिका छ ।
नेकपा (एमाले) की सांसद डा. शिवमाया तुम्बाहाङ्फेले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई महायज्ञमा पुगेर सरकारका मन्त्रीहरुले भेटेको भन्दै आपत्ति जनाउनुभएको छ ।
सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई गत साउन ९ गते नै दिएको बताएको छ ।
काठमाडौं, साउन १३ गते । अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा बनेको नेपाली चलचित्र ‘पानीफोटो’ आजबाट प्रदर्शनमा आएको छ । 'पानीफोटो'मा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशकअगाडि बेपत्ता भएको छोराको खोजीमा रहेको बाबुआमाको कथालाई प्रस्तुत गरिएको हो । चलचित्रमा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, मलिका महत, अशान्त शर्मा लगायतको अभिनय छ । टुकी आर्ट्स र मन्जुश्री फिल्म्सको निर्माणमा बनेको चलचित्रलाई रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले निर्माण गर्नुभएको हो । चलचित्रमा दीपक बज्राचार्यको छायाङ्कन, निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन छ ।
सङ्घीय संसद्का दुवै सदनबाट नागरिकता विधेयक पारित भएपछि लामो समयदेखि विभिन्न कारणले नागरिकता पाउन नसकेका लाखौँ नेपालीले नागरिकता पाउने बाटो खुलेको छ ।
सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपियाँ बढी रकम लिएर फरार भएपछि बचतकर्ताहरुको विचल्ली भएको छ ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको बैठकमा प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनुहुने छ ।
नेकपा (माओवादी केन्द्र) ले प्रदेशका पूर्व निर्धारित बैठकहरुको समय परिवर्तन गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले पूर्व निर्धारित प्रदेशस्तरीय बैठकको समय परिवर्तन गरेको हो ।
युक्रेनबाट खाद्यान्न आपूर्ति भएपछि विश्वमा खाद्यान्नअभावको समस्या केही हदसम्म समाधान संयुक्त राष्ट्र संघले बताएको छ । खाद्यान्न बोकेको पानी जहाजलाई पहिलो खेप युक्रेनी बन्दगाह (हाल रुसी कब्जा)बाट सुरक्षित रुपमा गन्तब्यतर्फ पठाउन सबै सम्बद्ध पक्षहरुले तयारी थालेका छन् ।