राष्ट्रिय प्रसारण लाइन नपुगेका गण्डकी प्रदेशका सात स्थानीय तहका १२ सय पाँच घरधुरीमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान गरिएको छ । मुस्ताङ, म्याग्दी, मनाङ र गोरखाका विकट गाउँमा सौर्य ऊर्जामार्फत बिजुली पुर्याइएको हो ।
पर्यटन प्रवर्द्धनका लागि टेवा पुर्याउने उद्देश्यले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र काभ्रे सेवा समाजको संयुक्त आयोजनामा शनिबार सांस्कृतिक शान्ति पदयात्रा सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणबाट फर्किनुभएपछि नेपाल समाजवादी पार्टीसँगको एकता टुङ्गो लाग्ने भएको छ । प्रधानमन्त्री प्रचण्ड र नेसपा अध्यक्षद्वय डा. बाबुराम भट्टराई भारत र महेन्द्र राय यादव चीन भ्रमणमा रहनुभएकाले स्वदेश फर्किनुभएपछि एकताको छिनोफानो लाग्ने भएको हो ।
गैरआवासीय नेपालीले राजनीतिक र प्रशासनिक अधिकारबाहेकका अधिकारसहित गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन पाउने बाटो खुलेको छ । सरकारले नागरिकता नियमावली २०६३ मा तेस्रो संशोधन गरेर गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने व्यवस्था गरेको हो । त्यस्तो नागरिकता प्राप्तिका लागि गैरआवासीय नेपालीले विदेशबाटै आवेदन दिन सक्ने व्यवस्था भएको गृह मन्त्रालयले जनाएको छ ।
“सोचेअनुरुप काम गर्न नसक्दा म आफैँ पनि सन्तुष्ट छैन !” विधायिकाको भूमिकाबारे राससको जिज्ञासाको जवाफ दिँदै सङ्घीय सांसद निशा डाँगीले सांसदहरू आफ्नो मुख्य भूमिकामा धेरै हदसम्म चुकेको स्वीकार्नुभयो ।
पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क ९एनआरइएन०बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चाडपर्वलक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षीय कार्यदल गठन गरेको छ । मन्त्रालयमा शुक्रबार सरोकारवाला सबै पक्षसँग छलफल गरी यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण थप अनिश्चित बनेको छ । मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स र मुख्य बाँधमा माटोको लेदो र गेग्य्रान थुप्रिएपछि पानी वितरण अनिश्चित बनेको हो ।
चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा पोथी गैँडालाई कोशीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार असोज १० गते पुष्पा र अञ्जली नाम राखिएका पोथी गैँडालाई स्थानान्तरण गर्न लागिएको हो । कोशीटप्पु अहिले गैँडाविहीन छ । सरकारले कोशीमा गैँडाको बासस्थान विस्तार गर्ने उद्देश्यले स्थानान्तरण गराउन लागेको हो । “गैँडा स्थानान्तरणको तयारीमा छौँ,” चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले भन्नुभयो, “तोकिएकै मितिभित्र गैँडा स्थानान्तरण गर्ने छौँ ।”
मनाङको प्रवेशद्वार ताल गाउँ । ताल गाउँमाथि डाँडामा मनै लोभ्याउने झरना । मर्स्याङ्दी नदीको किनारैमा रहेको गाउँलाई दुई झरनाको बिचबाट कलकल झरेको पानीले अझै सुन्दरता थपिएको छ । जिल्ला प्रवेश गर्नासाथ एकसाथ झुरुप्प बनेर बसेको ताल गाउँ र झरनाले स्वागत गर्छ । ताल गाउँको सुन्दरताको रूपमा रहेको दुई झरनाले जिल्ला प्रवेश गर्नासाथ स्वागत गरेको आभास हुन्छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले आज (आइतबार) देखि मुलुक बाहिर रहेका नेपालीका लागि विधानमाथि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।
बागलुङको निसीखोला गाउँपालिका–५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र स्थानीय प्रजातिका दुई सय गरी पाँच सय स्याउका बिरुवा छन् । उहाँले दुवै प्रजातिका स्याउबाट गत वर्षमात्रै १५ क्विन्टल उत्पादन गरेर बिक्री गर्नुभयो । तर यसपटक भने उहाँको स्याउ बगान रित्तै छ ।
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज सम्पन्न नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय साधारणसभा तथा अधिवेशनबाट निर्वाचित अध्यक्ष र पदाधिकारीहरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारबाट पत्रकार निर्मला शर्मालाई सम्मानित गर्नुभएको छ ।
ताप्लेजुङका किसानलाई यतिबेला अलैँची टिप्न भ्याइनभ्याई भएको छ । जिल्लाकै प्रमुख नगदेबालीको रुपमा रहेको अलैँची पाक्न थालेपछि किसानलाई टिप्न भ्याइनभ्याई भएको हो ।