काठमाडौं, साउन १४ गते। नेकपा (एमाले) अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने बताउनुभएको छ। देशलाई जोगाउन र अगाडि बढाउन एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउने दाबी उहाँको छ। राष्ट्रिय युवा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले यस्तो दाबी गर्नुभएको हो। ओलीले भन्नुभयो, ‘‘सत्तारुढ दलका नेताले स्वार्थका लागि काम गरेपछि देश बर्बाद हुन्छ। यसबाट देशलाई जोगाउने उपाय भनेको हामीले आगामी निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउनु नै हो। जसबाट मात्रै देश बन्नसक्छ।’’ओलीले एमाले सरकारमा नपुगी मुलुक अघि बढन नसक्ने भनाइ पटकपटक दोहोर्याउनुभयो। त्यसैगरी उहाँले जथाभावी न्याय निरुपण नगर्न अदालतलाई पनि सचेत गराउनु भएको छ। उहाँले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई सहभागीता गराएको विषय छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदन पार्टीलाई स्वीकार्य नभएकोसमेत प्रष्ट पार्नुभएको छ।
स्पेनमा मङ्कीपक्सको दोस्रो बिरामीको मृत्यु भएको पुष्टि सरकारले गरेको छ।
महोत्तरी, साउन १४ गते। महोत्तरीको गौशाला-सम्सी सडकखण्डमा छुरा प्रहार गरी एक व्यापारीको पाँच लाख लुटिएको छ।इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने ३५ वर्षीय अरुणकुमार चौधरीमाथि अज्ञात समूहले छुरा प्रहार गरी उनको साथमा रहेको पाँच लाख लुटेको छ।आफ्नै गाउँमा वैष्णवी मनी ट्रान्सफर सञ्चालन गर्दै आएका अरुण शुक्रबार गौशालाबाट रकम बोकेर प्र२–०२–००४प ३३४७ नंको मोटरसाइकलमा घर जाँदै गर्दा मोटरसाइकलमा आएका तीन जनाको समूहले रकम लुटेको थियो। अरुणको मोटरसाइकल रोकी निजको तिघ्रामा छुराले हानेर घाइते बनाएर रकम लुटेर सो समूह भागेको थियो।छुरा प्रहारबाट घाइते भएका अरुणको गौशालास्थित पोलिक्लिनिकमा उपचार भइरहेको छ भने लुटेराको खोजतलास व्यापकरूपमा भइरहेको प्रहरीले जनाएको छ। रासस
साफ यू–२० च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा नेपालले आइतबार घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ । भुवनेश्वर स्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा नेपाल लगातार तेस्रो जित निकाल्दै फाइनलमा पुग्ने योजनामा छ ।
नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्षको उत्कृष्ट ‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गरेको छ । अन्तर्राष्ट्रिय कम्पनी कोकाकोलाले नेपालमा कर छली गरेको विषयलाई पत्रकारिताको माध्यमबाट सूचना सम्पे्रषण गरी राज्यलाई सात अर्ब रुपियाँ राजस्व असुल गर्न सहयोगी भूमिका निर्वाह गर्नुभएको भन्दै पत्रकार बुढाथोकीलाई सो सम्मान प्रदान गरिएको हो ।
श्रीलङ्काको प्रहरीले शनिबार ग्यास पसलमा अभद्र व्यवहार गरेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं, साउन १४ गते । गायक राजेश पायल राई र गायिका सुरेखा क्षेत्रीको स्वरमा रहेको गीत ‘दाइकी कान्छी साली’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा सन्तोष पोखरेलको शब्द र करण राज कार्कीको सङ्गीत छ ।गम्भीर विष्टको निर्देशनमा बनेको भिडियोमा सुधीर श्रेष्ठ र अन्जली अधिकारीक अभिनय देख्न सकिन्छ । नृत्यमा आधारित भिडियोमा गाउँले जीवनलाई चित्रण गरिएको छ जसका कोरियोग्राफर सुबोल थापा हुनुहुन्छ ।गीतमा पवन सुस्लिङको छायाङ्कन र नवीन निरौलाको सम्पादन एवं कलर ग्रेडिङ छ ।
दार्चुलाको लेकम गाउँपालिकाबाट एक जना सुत्केरी महिला र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । लेकम गाउँपालिका –२ गराडी भाटाइजर बस्ने ३० वर्षिया काली सार्कीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या बढेको छ । जेठमा शून्य सक्रिय सङ्क्रमित रहेकोमा पछिल्लो समय सङ्क्रमण बढेपछि सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गर्नुभएको छ।
पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ६९९ कोरोना परीक्षण गर्दा ४३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगविहीन बनेको छ । उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइनबाट वितरणका लागि विस्तृत परियोजना विवरण बने पनि काम हुन नसकेको बताइएको छ ।
किवानिज क्लब अफ एभरेष्टले सञ्चालन गर्दै आएको जुडो फर किड्स कार्यक्रमअन्तर्गत गोठाटारमा रहेको अनाथलय श्रृजनशील बाल गृहलाई शनिबार सहयोग हस्तान्तरण गरिएको छ ।
दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नम्बर ४ राउटे चौरमा राउटे समुदायको बस्ती।
श्रीलंकामा सेप्टेम्बर ५ देखि १४ तारिखसम्म आयोजना हुने साफ यू–१७ फुटबल च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार सार्वजनिक गरेको समूह विभाजनका नेपाल ‘बी’मा परेको छ ।