उत्तरी छिमेकी चीन स्वशासित क्षेत्र तिब्बतको खासा भएर तातोपानी भन्सारमा आयात हुने सामानको परिमाण दोब्बरले वृद्धि भएको छ । भदौ १५ गतेदेखि मानव आवतजावत खुला भएपछि आयातमा वृद्धि भएको हो । साउनसम्म दैनिक तीनदेखि पाँच कन्टेनर सामान आयात हुन्थ्यो तर भदौ १५ गतेयता दैनिक २० गाडी सामान आयात भएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले जानकारी दिनुभयो । दसैँ नजिकिँदै गर्दा नाकामा चहलपहल बढेको छ ।
पर्वतको कुस्मा नगरपालिकास्थित दुर्लुङ थुममा रहेको सूर्यप्रकाश माध्यमिक विद्यालयले भवन निर्माणका लागि आएको रकम मन्त्रालयमै फिर्ता गर्ने भएको छ । दुई वर्षसम्म पनि भवन निर्माण गर्न नसकेपछि विद्यालयले भवन निर्माणका लागि आएको ३६ लाख रकम फिर्ता पठाउन लागेको हो ।
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा बैङ्क तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैङ्कबाट एक खर्ब ४५ अर्ब ९० करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेका छन् । समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधामार्फत एक अर्ब २० करोड रुपियाँ र ओभरनाइट तरलता सुविधामार्फत एक खर्ब ४४ अर्ब ७० करोड रुपियाँ गरी कुल एक खर्ब ४५ अर्ब ९० करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेका हुन् । राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधालगायतका विभिन्न उपकरणमार्फत खुद आठ खर्ब ६४ अर्ब नौ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा राष्ट्र बैङ्कले विदेशी विनिमय बजार (वाणिज्य बैङ्कहरू) बाट अमेरिकी डलर ४६ करोड ३७ लाख खुद खरिद गरी ६१ अर्ब २२ करोड रुपियाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३१ करोड ९२ लाख खुद खरिद गरी ४० अर्ब ५३ करोड रुपियाँ तरलता प्रवाह गरिएको थियो ।
मुगुमा धार्मिक मेला सुरु भएको छ । ऐतिहासिक धार्मिक महत्त्व राख्ने गुरादेब, बिजयगुरादेब लगायतका मेलाहरू सुरु भएको हो ।
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’ को नयाँ गीत सार्वजनिक गरिएको छ। बडादसैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ‘हिजो काम’ बोलको गीत सार्वजनिक गरिएको हो। यस गीतले परदेशीकै कथा वाचन गरेको छ। सतीश चापागाईंले रचना गर्नुभएको गीतमा चलचित्रमा अभिनेतासमेत रहनुभएका प्रशान्त तामाङले स्वर दिनुभएको छ। बिबी अनुरागीको सङ्गीत र एरेन्ज रहेको गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गर्नुभएको हो।
सतहत्तर वर्षका गायक गणेश रसिकले श्रोता/दर्शकलाई आफ्ना कालजयी गीत/सङ्गीत सुनाउनुभएको छ। भोजपुर छिनामखु सरोकार समाजद्वारा शनिबार राजधानीमा आयोजित गणेश रसिक एकल साँझमा उहाँले करिब पाँच दशकदेखि नेपाली गीत/सङ्गीतको क्षेत्रमा आफूले सङ्कलन गरेका, लेखेका र गाएका गीत सुनाउनुभएको हो।
नेपालमा खुला कविता प्रतियोगिता गरी विद्यालय दुध दिवस मनाइने भएको छ । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार विश्वभर यो दिवस मनाइन्छ । यो दिन विश्वमा कुनै पनि स्कुल बन्द हुँदैनन् भन्ने मान्यता रहेको छ र सबै बालबालिकालाई दुधको महत्त्व बुझाई दुध तथा दुग्ध पदार्थबाट कोही पनि वञ्चित नहोस् भनी अन्तर्राष्ट्रिय विद्यालय दुध दिवस मनाउन सुरु गरिएको पाइन्छ ।
चीनसँग सीमा जोडिएको दोलखाको बिगु गाउँपालिका–१ को लप्ची सीमानाका आइतबार (आज) देखि खुल्ने भएको छ । चार वर्षदेखि कोभिड महामारीको कारण देखाउँदै बन्द गरिएको नाका दुई देशको सहमति अनुसार एक हप्ताका लागि नाका खुल्ने भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । उहाँका अनुसार लप्ची नाका एक हप्ताका लागि खुलाउने सूचना आएको छ ।
विश्वका १९३ देश सदस्य रहेको संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा नेपालले अति कम विकसित मुलुकले भोगिरहेका सङ्कटहरू सम्बोधन गरी विकासोन्नति गर्न अन्तर्राष्ट्रिय सहयोगको खाँचो प्राथमिकतासाथ उठाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महासभाको उच्चस्तरीय छलफल तथा सँगसँगै भएका अन्य छलफलमा खास गरी जलवायु परिवर्तन र महामारीजन्य विपत्का नकारात्मक परिणामहरूको सामना गरिरहेका देशहरूप्रति विकसित राष्ट्रहरूको दायित्व पूरा गरिनुपर्ने अ
अर्थतन्त्र बलियो भए शासन व्यवस्था प्रभावकारी हुन्छ । नागरिक क्रियाशील र सम्पन्न हुन्छन् । शासकीय भूमिकामा सरकार मियोको रूपमा रहे पनि आर्थिक क्रियाकलापमा भने निजी क्षेत्रका भूमिका बृहत् छ । निजी क्षेत्रको सक्रियताबाट समग्र अर्थतन्त्रमा उत्पादन वृद्धि, रोजगारी सिर्जना र वितरणको समुच्च सुव्यवस्था कायम भई अर्थतन्त्र गतिशील हुन्छ । सरकारले आर्थिक विकासको उपयुक्त वातावरण बनाउने हो भने निजी क्षेत्रले उपयुक्त वातावरणको फाइदा प्राप्त गर्न सक्षमता देखाउने हो । अर्थतन्त्रको सुधारका गर्न लगानी वृद्धि, स्रोतसाधनको उपयोग, प्रविधिको प्रयोग एवं माग र आपूर्तिको सहजताका लागि निजी क्षेत्रको प्रयत्न निरन्तर हुनु पर्छ । अर्थतन्त्रको लाभ प्राप्त गर्दा सामाजिक उत्तरदायित्व र शासकीय साझेदारीमा जिम्मेवार बोध गर्नु निजी क्षेत्रको दायित्व हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
जुन देशले विकासको अनुपम उदाहरण हासिल गरेको हुन्छ, त्यस देशको शैक्षिक स्तर उच्च हुन्छ । विकसित देशले शिक्षालाई जहिले पनि उच्च स्थानमा राखेका हुन्छन् । अल्पविकसित अनि अति कम विकसित राष्ट्रहरूको शैक्षिक चेतना तथा शिक्षकको आर्थिक अवस्था ज्यादै नै दयनीय हुने गरेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
बालबालिकाले अपराध गर्दैनन्, गल्ती मात्रै गर्दछन् । यदि बालबालिकाले गल्ती गरेमा वा बालबालिकाको कार्यबाट कानुन उल्लङ्घन भएमा न्यायिक प्रक्रियामा रहँदा कानुनको विवादमा परेका बालकलाई गरिने व्यवहार नै बाल न्याय हो । बाल न्याय फौजदारी कानुनको एक अङ्गका रूपमा विकास भएको नवीनतम अवधारणा हो; जसले विवादित बालबालिकाको अधिकार संरक्षण गर्ने मूल उद्देश्य बोकेको हुन्छ । बदलिँदो परिवेशमा बाल न्यायको अवधारणा, अन्तर्राष्ट्रिय अभ्यास र नेपालको सन्दर्भमा
दिगो विकास लक्ष्य एउटा साहसिक र विश्वव्यापी सम्झौता हो; जसमा सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिका लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना गरिएको छ । दिगो विकासमा १७ लक्ष्य तथा १६९ सहायक लक्ष्य समावेश गरिएका छन् । जुन संयुक्त राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्र सम्मिलित सेप्टेम्बर २०१५ को ऐतिहासिक राष्ट्रसङ्घीय साधारण सभाको शिखर सम्मेलनले पारित गरेर १ जनवरी, २०१६ देखि लागु गरेको थियो । विश्वभरका राष्ट्रिय सरकारहरू तथा लाखौँ नागरिकलाई एउटै थलोमा ल्याई यी महìवाकाङ्क्षी कार्यसूचीमा व्यापक छलफल र परामर्श गरी यी दिगो विकास लक्ष्यहरू तय गरिएका हुन् ।