सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्ने शुल्क घटाउन भारत सकारात्मक रहेको बताउनुभएको छ ।
पूर्वमुख्यसचिव लिलामणि पौडेलले बैंकको ब्याजदर मूल्य वृद्धिदरभन्दा माथि हुनुपर्ने बताउनुभएको छ । शुक्रबार नेकपा (एकीकृत समाजवादी) पार्टीको अर्थ विभागले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै पौडेलले यस्तो बताउनुभएको हो ।
यस वर्षको वसन्तकालीन यामको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आज (शुक्रबार) देखि आरोहण अनुमति दिन सुरु गरिएको छ ।
सरकारले प्रसव फिस्टुलाको उपचारका लागि तीनवटा अस्पताल तोकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना निकाल्दै सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, काठमाडौं मोडेल अस्पताल, काठमाडौं र पादेशिक अस्पताल, सुर्खेत गरी तीनवटा अस्पताललाई प्रसव फिस्टुलाको उपचारका केन्द्र तोकेको जनाएको छ ।
राष्ट्रपति इम्यानुल म्याक्रोँले अघि सार्नुभएको निवृत्तिभरण सुधारसम्बन्धी योजनाविरुद्धको विरोध प्रदर्शन अझ चर्कने सङ्केत देखापरेको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानव सभ्यताभन्दा पहिले कोशीको उत्पत्ति भएको हुँदा कोशीको नामकरणमा विवाद गर्नु आवश्यक नभएको बताउनुभएको छ ।
कपिलवस्तु नगरपालिका वडा नं. ८ दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।
राष्ट्रिय जनगणना २०७८ को नतिजा शुक्रबार सार्वजनिक भएको छ । जनगणना नतिजाअनुसार परिवार संख्याका आधारमा महिलाको नाममा घरजग्गा रहेको प्रदेशमध्ये सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा देखिएको छ ।
नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त हुनुभएको छ ।
ताप्लेजुङमा दोस्रो औद्योगिक कृषि तथा पर्यटन मेला तथा प्रदेशस्तरीय अर्गानिक महोत्सव–२०७९ को तयारी सुरु गरिएको छ ।
ग्लोबल आईएमई बैंक लिमिटेडले मण्डला चित्रकलालाई समावेश गरिएको विसं २०८० को क्यालेण्डर सार्वजनिक गरेको छ ।
बेलारुसमा अलपत्र नौ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ । शुक्रबार उनीहरूलाई नेपाल फर्काइएको हो ।
नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट शुक्रबार विश्वासको मत लिनेक्रममा एमाले बागमती प्रदेश संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्री जम्कट्टेललाई संयुक्त राजीनामा पत्र बुझाउनुभयो ।
डिभिजन सडक कार्यालयले भने सडकको स्तरोन्नतिका लागि उक्त सर्भिस लेन भत्काइएको जनाएको छ । बल्खु–कलंकी सडक खण्डको सर्भिस लेनको एक किलोमिटर सडक खण्डमा कालोपत्रे मुनिको बेस फेलियर भइ कालोपत्रे सतह बिग्रिएको पाइएको जनाएको छ ।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिँदासम्म उनीहरूमाथि भएको उत्पीडनको अन्त्य नहुने बताउनुभएको छ।