यो वर्षको वसन्त ऋतुका लागि सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न १५ जनाले अनुमति लिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शुक्रबार पहिलो आरोही समूहलाई आरोहणको अनुमति दिनुभएको पर्यटन विभागले जनाएको छ। विभागका आरोहण शाखा अधिकृत विज्ञान कोइरालाले १० जना पुरुष र पाँच जना महिलाले पहिलो आरोहण अनुमति लिएको बताउनुभयो। उहाँले भन्नुभयो, “सगरमाथा आरोहण गर्न अस्ट्रेलिया, चीन, जर्मनी, हङ्गेरी, सिङ्गापुर, दक्षिण अफ्रिका, थाइल्यान्ड र अमेरिकाका नागरिकले पहिलो अनुमति लिनुभएको छ। अहिले खुम्बु आइसफलसम्म बाटो बनाउने काम भइरहेको र लगत्तै डोरी टाँग्ने काम सकेपछि अबको तीन सातापछि सगरमाथामा आरोहण सुरु हुन्छ।”
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनले पाँच वर्ष नै निरन्तरता पाउने दाबी गर्नुभएको छ। नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (समाजवादी)को तेस्रो केन्द्रीय कमिटीद्वारा आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उहाँले वर्तमान गठबन्धनको दृष्टिकोण स्पष्ट भएकाले पाँच वर्षसम्म सरकार कायम रहने बताउनुभयो।
ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको रानीपोखरी सर्वसाधारणका लागि खुला गरिएको छ । यसअघि रानीपोखरी तिहारको बेला भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्थ्यो । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले निःशुल्क रूपमा घुमफिर तथा अवलोकन गर्न बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सर्वसाधारणका लागि रानीपोखरी खुला गरिएकोे जानकारी दिनुभयो । शान्ति सुरक्षा तथा सामाजिक वातावरणमा कुनै असर नपरेमा ३६५ दिन नै रानीपोखरी खुला गरिने महानगरपालिकाको योजना रहेको उहाँको भनाइ छ । २०७२ को भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण गरी रानीपोखरीलाई पुरानै स्वरूप दिइएको थियो ।
नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ। आज सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा छोरा ५२ दशमलव आठ प्रतिशत र छोरी ४७ दशमलव तीन प्रतिशत जन्मिएको पाइएको हो।
नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन सञ्चारमाध्यमको सङ्ख्या मात्र बढेको तर विश्वसनीयता बढ्न नसकेको बताउनुभएको छ ।
गण्डकी सरकारबाट नेकपा (माओवादी) का दुई मन्त्रीले राजीनामा बुझाएका छन्। माओवादीबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र वनमन्त्री रेशमबहादुर जुग्जालीले शुक्रबार मुख्यमन्त्री खगराज अधिकारीसमक्ष राजीनामा बुझाएका हुन्।
सामाजिक रूपमा रहेको बालविवाहलाई रोक्न धामिझाँक्री र पुरोहितलाई परिचालन गरिएको छ । जिल्लाको तिलागुफा नगरपालिकाले धामिझाक्री र पुरोहित सम्मेलनको आयोजना गरी बालविवाह रोक्न धामिझाँक्री परिचालन गरेको हो ।
शुक्रबार सार्वजनिक नतिजा अनुसार देशका ७७ जिल्लामध्ये सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला काठमाडौ रहेको छ।
नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमालेलाई उपेक्षा गरेर देशको राजनीति अघि बढ्न नसक्ने बताउनुभएको छ । एमाले देशको मियो अर्थात् नेता शक्ति रहेकाले एमालेलाई केन्द्र मानेर राष्ट्रिय राजनीति घुमिरहेको बताउनुभयो ।
नेपालमा मातृ मृत्युदर घटेको अध्ययनले देखाएको छ।
कुल जनसङ्ख्याको २.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता देखिएको छ।
कोशी प्रदेश नामाङ्कन खारेजीको मागसहित पहिचानवादी समूहले गरेको विराटनगर प्रदर्शनमा घाइते भएका पदम लिम्बु लाजेहाङको शुक्रबार मृत्यु भएको छ । उहाँलाई शहीद घोषणा गर्नुपर्ने सङ्घर्ष समितिले माग गरेको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हरेक निकायमा युवा प्रतिनिधित्व हुनुपर्ने बताउनुभएको छ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जुनसुकै निकायमा भ्रष्टाचार रहेको बताउनुभएको छ।