यस जिल्लामा सबैभन्दा बढी फल्ने अन्नका रूपमा रहेको ‘अर्गानिक’ घोगा (मकै) भित्र्याउन किसानलाई भ्याइनभ्याइ छ। बैतडीको रैथाने धौलो घोगा (सेतो जातको मकै) फलाउन शुद्ध गोठेमल प्रयोग गरिन्छ। जेठमा रोपेको मकै भदौ अन्तिम सातादेखि असोज पहिलो साताभित्र पाक्न थालेपछि स्थानीय किसानले परम्परागत लुटा (चाङ/टौवा) बनाएर राख्न थालेका छन्। मकैको चाङलाई हिँउदभरि खुला राखेर घाममा सुकाइन्छ। जिल्लाको तल्लो स्वराड क्षेत्रको मेलौली, शिवनाथ, पञ्चेश्वर, च्वाँगढको सिगास, पुर्चौडी, दोगडाकेदार, सुर्नया र ग्वाल्लेक क्षेत्रका किसानलाई अहिले मकै भित्र्याउन भ्याइनभ्याइ छ । मकै भाँचेर लुटो (चाङ) मा राख्न चारदेखि छ वटा घोगालाई झुप्पो बनाएर बाँध्ने गरिन्छ ।
‘जसको कोही हुँदैन, त्यसको लागि ईश्वर हुन्छन्।’ यो भनाइ ११ महिने शिशु (बालिका) को जीवनमा लागु भएको छ। ती बालिका शुक्रबार बिहान कञ्चनपुर बेलौरी नगरपालिका–७ स्थित स्याली नदीनजिक उखुबारीमा बाँधिएको अवस्थामा भेटिएकी थिइन्। निर्दयी आमा २५ वर्षीया शर्मिला चौधरी ती बालिकालाई राति ७/८ बजेतिर उखुबारीमा बाँधेर भागेकी थिइन्। स्थानीयले बिहान उखुबारीमा बालिका रोइरहेको सुनेपछि प्रहरीलाई खबर गरी उद्धार गरेका हुन्।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको छैन ।
आख्यानकार विश्व कुइँकेलको ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास ‘गोपीचा’ को विमोचन गरिएको छ । राणाकालीन पात्र गोपी शर्मा अर्थात् गोपी च्यामेमाथि आख्यानीकरण गरिएको उक्त उपन्यास लेखकको दोस्रो साहित्यिक कृति हो । एक बाहुनले राणाकालमा गरेको जातीय विद्रोहमाथिको विषयवस्तु आख्यान ‘गोपीचा’ मा समेट्ने प्रयास गरिएको छ ।
आगामी पुसभित्र रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने गरी चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनको निर्माण अगामी डिसेम्बरभित्र सक्ने गरी समयसीमा तय गरिएको छ । प्राधिकरण मातहतको चिलिमे जलविद्युत् कम्पनीले बनाउँदै गरेका १११ मेगावाटको रसुवागढी र ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको विद्युत् उत्पादन आगामी पुसदेखि हुने तय भएका अवस्थामा सो पूर्व नै प्रसारण लाइन तयार गर्न प्राधिकरणले तदारुकता देखाएको हो ।
गत वर्ष घट्दो क्रममा रहेको आयातमा सुधार देखिन थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को भदौसम्मको तथ्याङ्क अनुसार साउनको तुलनामा भदौमा आयात केही बढेको हो । विभागका अनुसार भदौमा मात्रै एक खर्ब ३० अर्ब ५१ करोड रुपियाँको वस्तु आयात भएको छ । जब कि साउनमा एक खर्ब २९ अर्ब २३ करोड रुपियाँको वस्तु आयात भएको थियो । अत्यधिक आयातका कारण विदेशी मुद्राको सञ्चिति घट्दा केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धका कारण आयात घट्दो क्रममा थियो । साउनको तुलनामा भदौमा धेरै मूल्यको अन्तर नभए पनि खस्किँदो आयात व्यापार सुधारको सङ्केत भने देखिन थालेको छ ।
नेपाली भाषा र संस्कृत साहित्यका मूर्धन्य विद्वानहरू प्राडा पूर्णचन्द्र ढुङ्गेल, प्राडा दयाराम श्रेष्ठ, प्रा. प्रभा भट्टराई सम्मानित हुनुभएको छ । पं काशीनाथ उपाध्याय हरिप्रिया वाङ्मय प्रतिष्ठान, धरानद्वारा राजधानीमा आयोजित कार्यक्रममा उहाँहरूलाई सम्मान गरिएको हो । त्यसै गरी प्रतिष्ठानले सिन्धुली जिल्लास्थित कुशेश्वर संस्कृत विद्यालयलाई पनि सम्मान गरेको छ । सो अवसरमा प्रतिष्ठानका अध्यक्ष प्राध्यापक नारायणप्रसाद शर्मा कट्टेलको पुस्तक ‘जीवन तरङ्ग’ कृतिको लोकार्पण पनि गरिएको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
संसारमा बुद्धका मूर्ति विभिन्न आकार र प्रकारका छन् । बुद्धका रूप नै फरक फरक रहेका अवस्थामा त्यो स्वाभाविक पनि मानिन्छ । ती सबैको पूर्वरूप भने हालको पाकिस्तानको गान्धारमा बनाइएको मानिएको छ । प्राचीन कपिलवस्तुमा भएको आक्रमणबाट बच्न भागेका शाक्य सेनाको एक समूह गान्धार पुगेको र अर्को काठमाडौँ आएको बौद्ध इतिहासमा पाइन्छ । गान्धार पुगेका तिनै शाक्यहरूबाट त्यहाँ बौद्ध परम्परा विस्तार भएको इतिहासविद् बताउँछन् ।
बासस्थानको खोजी गर्दै दक्षिण भेगबाट कैलालीस्थित मोहना नदी बगरमा बथानका बथान पानीगौँथली आइपुगेका छन् । एक सातादेखि पानीगौँथली मोहना नदीको बलौटे बगरमा देखिएका छन् । भारतमा रहेको उत्तर प्रदेशस्थित घाँघरा, गङ्गा र शारदा जस्ता ठुला नदी बगरका रैथाने पानीगौँथली गर्मी याममा बसाइँ सरेर कैलालीको मोहना नदीमा आउने गरेका छन् । यो वर्ष छ हजार तीन सय पानीगौँथली मोहना नदीमा आएको चराविद् हिरूलाल डङ्गौराले जानकारी दिनुभयो । यहाँ आउने पानीगौँथली चराको हरेक वर्ष गणना हुँदै आएको छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका—४ भिन्तुना डाँडामा रहेको श्री एयरलाइन्सको हेलिकप्टर घुन्सा दुर्घटनामा तत्कालीन वन तथा भू–संरक्षण राज्य मन्त्री गोपाल राई सहितका २४ जना दिवंगत संरक्षणविदहरुको सालिक ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीन दुई देशबीचको आपसी सम्बन्ध थप मजबुत बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
नेकपा एमाले ताप्लेजुङले पार्टीको कोशी प्रदेश अधिवेशनका लागि पचास जना प्रतिनिधि छनोट गरेको छ । जिल्ला कमिटीले प्रदेश अधिवेशनमा उम्मेदवार बन्न र मतदान गर्न पाउने अधिकार रहनेगरी प्रतिनिधिको छनोट गरेको हो ।
प्रहरीले गैँडा मारेर खाग चोरी गरेको मुद्दाका फरार दुई जनालाई पक्राउ गरेको छ। हेटौँडा उपमहानगरपालिका १६ स्थित हटियाबाट हाल सोही वडामा बस्दै आएका चितवन जिल्ला पदमपुर घर भएका विष्णु कार्की र काले बानियाँलाई प्रहरीले पक्राउ गरेको हो।