पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सानोसानो पुँजीलाई एकीकृत गरेर सहकारी संस्थाहरूले गरिबी निवारणका लागि दिएको योगदानको प्रशंसा गर्नुभएको छ। उहाँले नाफा कमाउन तथा स्वार्थ बोकेर स्थापना भएका सहकारी र जनहितमा खुलेका सहकारी बुझेर मात्र सदस्य बनेर कारोबार गर्न आग्रह गर्नुभयो।
निर्यातजन्य उद्योग स्थापना गरी व्यापार घाटा कम गर्ने उद्देश्यले सरकारले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो तर विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गर्ने घोषणा भएको ११ वर्ष बित्दासमेत कामले गति लिन सकेको छैन । वि.सं. २०६८ भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकले पाँचखाल नगरपालिका–७ र ८ मा सेज स्थापना गर्ने निर्णय गरे पनि २०७५ असार २४ गते मात्रै सेजको नाममा जग्गा प्राप्त भएको थियो । सरकारले सेज स्थापनाका लागि वन मन्त्रालयमार्फत तत्कालीन होक्से गाविसको देवीस्थान सामुदायिक वनको छ सय रोपनी र शिखरपुर सामुदायिक वनको चार सय रोपनी गरी एक हजार रोपनी जमिन उपलब्ध गराएको हो । सोबापत सरकारले वन मन्त्रालयलाई २० करोड रुपियाँ उपलब्ध गराएको थियो ।
नेपालको संविधानबमोजिम सङ्घीय संरचनामा अधिकार बाँडफाँटका बारेमा गरिएका नीतिगत व्यवस्थालाई परिमार्जन गर्नुपर्ने देखिएको छ । कार्यविभाजन नियमावली २०७४ मा तोकिएका अधिकारलाई अभ्यास गर्ने क्रममा भोगिएका समस्या र आएका चुनौतीलाई सम्बोधन गर्न संशोधन र परिमार्जनको आवश्यकता बोध गरिएको हो । प्रादेशिक संरचनामा बसेर काम गर्दाको अनुभवको आधारमा सञ्चारसँग सम्बन्धित विषयमा प्रदेश र स्थानीय तहको सहभागितामा सङ्घले नीतिगत निर्णय गर्न उपयुक्त हुने गरी सुझाव प्रस्तुत गरिएको छ ।
आजको युग सूचना प्रविधिको युग हो । अहिले सबैका हातमा ‘स्मार्ट फोन’ छन् । हातमा भएका स्मार्ट फोनकै कारण सबैको पहुँचमा सहजै सामाजिक सञ्जाल छन् । त्यसैले त आजको युगलाई सूचनाको मात्र नभई सामाजिक सञ्जालको युगभन्दा फरक नपर्ला । पछिल्लो एक दशकमा सूचना प्रविधिको क्षेत्रमा नेपाली समाजले पनि धेरै फट्को मारिसकेको छ ।
देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा आज मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
परापूर्वकालदेखि नै धार्मिक आस्थाले ओतप्रोत यस पुण्यभूमि नेपालमा सर्वसत्व प्राणीको कल्याणका लागि विभिन्न करुणामय लोकेश्वरहरूको उत्पत्ति भएको उल्लेख छ । सत्ययुगमा सुखावती भुवनबाट मत्र्यमण्डलमा अनेकौँ करुणामय लोकेश्वरहरूको आगमन भई यहाँका मानव जातिको उद्धार गरेका थिए । ती विभिन्न करुणामय लोकेश्वरहरूमध्येमा पनि प्रसिद्ध करुणामय लोकेश्वरहरूमा रक्तावलोकितेश्वर (रातो मच्छेन्द्रनाथ), आनन्दादि लोेकेश्वर (आदिनाथ), सृष्टिकान्त लोकेश्वर (नाला करुणामय) र आर्यावलोकितेश्वर (सेतो मच्छेन्द्रनाथ) आदिलाई विशेष महìव दिई हर्षोल्लासले प्रत्येक वर्ष विशेष जात्रा पर्व मनाउँदै आएका छन् । यी चार करुणामयमध्ये काठमाडौँमा गरिने जात्रामा सेतो मच्छेन्द्रनाथको रथजात्रा निकै महìवपूर्ण छ ।
अहिले कक्षा १० का विद्यार्थी बिहानदेखि बेलुकीसम्म भ्याइ नभ्याइ कक्षा लिइरहेका छन् । कतै भने स्कुलले एसईईको तयारीमा रहेका विद्यार्थीलाई बिदा पनि दिइसकेको छ । विद्यार्थी मात्रै होइन, विद्यार्थीसँगै अभिभावक, शिक्षक, स्कुल व्यवस्थापन पक्षसमेत अति नै व्यस्त देखिन्छन् । पढ्नका लागि भन्दै बिहान ६ बजे स्कुल पुगिसक्ने विद्यार्थीका लागि बिहानको खाजा अनि त्यसपछिको खानाको व्यवस्था गर्न स्कुल नजिक, टाढा बस्ने सबै अभिभावकले पनि त्यति नै सङ्घर्ष गर्नु परेको छ वर्षभरि ।
गायक तथा सङ्गीतकार कालीप्रसाद बास्कोटाको साङ्गीतिक कार्यक्रम ‘स्पेसल नाइट विथ कालीप्रसाद बास्कोटा’ काठमाडौँमा हुने भएको छ। ठमेलको ‘क्लब ओम्निया’मा आगामी चैत १७ गते कार्यक्रम आयोजना हुन लागेको हो। कार्यक्रममा बास्कोटाले नयाँ ब्यान्ड ‘साथीभाइ’सँगै प्रस्तुति दिनुहुनेछ। बास्कोटाले ‘अजम्बरी माया पिरती’, ‘नीरा’, ‘ओखती’, ‘बाटुली’, ‘लप्पन छप्पन’, ‘इन्स्टाको फोटो’ र ‘पन्छी’लगायतका लोकप्रिय गीत गाउने बताइएको छ।
हाम्रो समाजमा सम्मानका आआफ्नै शैली छन्। कही सासू–ससुराबाट ज्वाइँचेलाले सम्मान पाउँछन् त कतै ज्वाइँचेलाले सासू–ससुरालाई सम्मान गर्नुपर्छ। हुम्लाको सिमकोटको बरगाउँमा ज्वाइँले सासू–ससुरा मात्र होइन, जेठानलगायतलाई सम्मान गर्नुपर्ने परम्परा छ। सिमकोट गाउँपालिका–३ को बरगाउँको माने पर्वमा छोरीज्वाइँले परम्परागत मान्यताअनुसार आफ्नो जीवनकालमा एक पटक आफन्तलाई सम्मान गर्नैपर्ने हुन्छ।
वीर अस्पतालले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई विशेषज्ञता हासिल गरेका चिकित्सकबाट टेलिमेडिसिन सेवा प्रदान गर्ने भएको छ। वीर अस्पताल र वैदेशिक रोजगार बोर्डबीच वैदेशिक रोजगारीमा रहेका नेपालीलाई टेलिमेडिसिन सेवा उपलब्ध गराउने सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको छ। वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेल र बोर्डका निर्देशक राजन पौडेलले उक्त सम्झौतापत्रमा हप्ताक्षर गर्नुभयो। बोर्डसँगको सम्झौताअनुसार अस्पतालले नियमित रूपमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई टेलिमेडिसिन सेवा उपलब्ध गराउनेछ। अस्पतालका निर्देशक डा. पौडेलले हप्ताको दुई दिन शनिबार र आइतबार एमबीबीएस चिकित्सकको रेफरका आधारमा विशेषज्ञ चिकित्सकबाट टेलिमेडिसिन सेवा दिने बताउनुभयो।
उद्घाटन भएको आठ वर्ष बितिसक्दासमेत भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा सबै प्लट भरिने गरी उद्योग स्थापना हुन सकेका छैनन् । स्वदेशी उत्पादन वृद्धि गरी व्यापार घाटा कम गर्ने उद्देश्यसहित रुपन्देहीको तत्कालीन बगाहा गाविसमा १९ वर्षअघि निर्माण थालिएको विशेष आर्थिक क्षेत्र २०७१ मङ्सिर २ गते उद्घाटन भएको थियो ।
दोलखा सदरमुकाम चरीकोटमा रहेको पशुपति चौलगाईं स्मृति अस्पतालले शुल्क लिन थालेपछि बिरामीको चाप घट्न थालेको छ। अस्पतालले आर्थिक सङ्कट देखाउँदै गत माघ १ देखि सबै रोगका बिरामीलाई अनिवार्य टिकटलगायत सेवामा शुल्क लगाएपछि बिरामीको चाप घटेको हो। टिकटलगायतका अन्य सेवासमेत निःशुल्क हुँदा दैनिक करिब १५० जनाको हाराहारीका बिरामी उपचार गर्न आउने गरेका थिए। अहिले शुल्क निर्धारणपछि दैनिक ७० देखि ८० जना उपचार सेवा लिन आउने गरेको अस्पताल प्रशासनले जनाएको छ।
साढे तीन वर्षअघि सौराहास्थित हात्ती प्रजनन केन्द्रमा जन्मिएर हुर्किएको छावा गोपालगजलाई दिइएको तालिम सकिएको छ। गोपालगजलाई तीनमहिने तालिम लिई अब निकुञ्जमा पोस्टिङका लागि तयारी अवस्थामा राखिएको छ। गोपालगज जन्मिनेबित्तिकै माउ हिमालीकलीले दूध नदिएपछि पाउडर दूध खुवाएर हुर्काएको छावा भएको प्रजनन केन्द्रका प्रमुख मनिपुरन महतोले जानकारी दिनुभयो।
राष्ट्रपति रामचन्द्र पौडेलले सुनचाँदी व्यवसायलाई घरेलु उद्योगका रूपमा विकास गर्न सकिने बताउनुभएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको पदाधिकारीसँग शुक्रबार भएको भेटमा राष्ट्रपति पौडेलले सुनचाँदी व्यवसायीलाई घरेलु उद्यमका रूपमा विकास गर्न सकिए धेरै लाभ लिन सकिने धारणा व्यक्त गर्नुभएको हो ।
मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् ।