दोलखाको सदरमुकाम चरीकोटमा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) दोलखा शाखाले आयोजना गरेको चारदिने खोज पत्रकारिता तथा मल्टिमिडिया तालिम सम्पन्न भएको छ ।
सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको छन् । कपुरकोट गाउँपालिका ३ चोर खोला बिहान ६ बजे राप्ती राजमार्गमा रोल्पाबाट दाङ तर्फ तरकारी बोकी जाँदै गरेको रा १ च. १०२५ नं. को जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी दुई जनाको मृत्यु, एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
नेपाली उपभोक्ता महँगीको चर्को मारमा पर्न थालेका छन् । केही साताअघि प्रतिकेजी एक सय रुपियाँमा पाउने चिनी अहिले झन्डै १५० रुपियाँ हाराहारी पुगेको छ तर पनि बजारमा खुला रूपमा चिनी पाइँदैन । महँगो मोलमा कारोबार भने भइनै रहेको छ । स्रोत बजारमा चिनीको उपभोक्ता मूल्य प्रतिकिलो ७३ रुपियाँको हाराहारीमा छ । प्रतिकिलो एक सय रुपियाँमा बेच्नु नै अधिक मुनाफा हो तर कृत्रिम अभाव सिर्जना गरी चर्को भाउ बढाइएको छ । चर्को भाउमा पनि बजारमा चिनी नपाउँदा कालो बजारी बढेको स्पष्टै छ । चिनी त झट्ट आउने उदाहरण मात्र हो । चामल, पिठो, तेल, मसला, तरकारीलगायत नागरिकका दैनिक जीवनसँग जोडिएका
चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उहाँका चिनियाँ समकक्षीसँग आज द्विपक्षीय भेटवार्ता गर्दै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल र उहाँका समकक्षी लि छ्याङसँग ग्रेटहल अफ दि पिपलमा स्थानीय समयअनुसार १०ः५५ मा भेटवार्ता हुन लागेको हो ।
थोरै थोरै मानिस मिलेर वा उनीहरूको सहकार्यबाट सुरक्षित भविष्य खोज्दै बचत गर्ने प्रचलन सुरु भएसँगै सहकारीको विकास भएको हो । जब मानिस मानिस मिलेर बचत गर्न थाले, त्यसपछि सहकारी संस्था खोलिने क्रम बढ्यो । हाल गाउँघर होस् या सहर बजार सबैतिर सहकारी नै सहकारी छन् । सहकारी नपुगेको ठाउँ छैन । अझै पनि दिनभरिको कमाइ मानिसले सुरक्षित भविष्यको कामना गर्दै थोरै भए पनि सहकारीमा बचत गर्दछन् तर आमसर्वसाधारणले आफ्नो कमाइको थोरै रकम
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ मा रहेको हिले जलजले सामुदायिक वन ‘ख’ मा ताल निर्माण हुने भएको छ । उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बागमती प्रदेश सरकारको सहयोगमा यो तालको निर्माण गर्न लागेको हो ।
नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिनुभयो । सर्वसम्मत नभए मतदानको प्रक्रियाबाट प्रतिनिधि चुनिने उहाँले बताउनुभयो ।
चिनियाँ वाणिज्य मन्त्रालयका भाइस मिनिस्टर ली फिईले नेपालमा चिनियाँ लगानी विस्तार, पर्यटन प्रवर्धन र द्विदेशीय व्यापार सहजताका लागि आपसी सहकार्य विस्तारमा चीन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टे«ड (सिसिपिआइटी) ले संयुक्त रूपमा चीनमा आयोजना गरेको नेपाल–चीन बिजनेस समिटमा उहाँले नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको वताउनुभयो ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विभिन्न बैङ्कसँग सम्झौता गरेर बिनाधितो किसानलाई ऋण उपलब्ध गराइने बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैङ्क लहान शाखाको नवनिर्मित भवन आइतबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पाँच कट्ठादेखि पाँच बिघा जमिन भएका किसानलाई कृषि उत्पादकत्व बढाउन आवश्यकता अनुसार ऋण दिन राष्ट्रिय वाणिज्य बैङ्कले नीति ल्याउनुपर्ने सुझाव
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रका खाली भित्तामा कर्णालीका संस्कृति र सम्पदाका चित्र बनाउन थालिएको छ । नेपाल कमर्सियल आर्टिस्ट सङ्घमा आबद्ध सुर्खेतका कलाकारले । ‘संस्कृति र सम्पदाको सहर, हाम्रो वीरेन्द्रनगर’ नारासहित यो अभियान थालेका हुन् ।
बेलका नगरपालिका–६, लामीडाँडा गाउँका पूर्णबहादुर राईले स्थानीय सिसुवा बजारमा लामो समयदेखि केरा बिक्री गर्दै आउनुभएको छ । आफ्नो भिरालो बारीमा उत्पादन गरेको केराको घरी नै काटेर बजारमा ल्याएर बिक्री गर्दा राम्रै मुनाफा हुने गरेको उहाँ बताउनुहुन्छ ।
रुकुमपश्चिममा उत्पादित कागतीले बजार नपाउँदा किसान चिन्तित बनेका छन् । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–१ मा मात्रै करिब ४० क्विन्टल कागती उत्पादन हुने गरेको छ । त्रिवेणी गाउँपालिका–१, रुघाका किसान पदमबहादुर मल्लको छ सय बोट कागती छन् । बिक्रीका लागि आठ क्विन्टल टिपिए पनि उचित मूल्य र बजार नपाउँदा घरमै थन्काएर राखिएको छ ।
काठमाडौँको चन्द्रागिरि नगरपालिकाले इँट्टाभट्टा, होटल, यात्रायात क्षेत्र तथा कृषि कर्ममा प्रयोग भएका तथा घरेलु कामदारका रुपमा राखिएका बालश्रमिकको खोजी गरी पुनःस्थापनका कामलाई तीव्र पारेको छ ।
काठमाडौँ महानगरपालिकाले आह्वान गरेको श्रम बैङ्कमा चार सय जना सिपयुक्त बेरोजगारको आवेदन परेको छ । महानगरपालिकाले सिप भएर पनि बेरोजगार भएका जनशक्तिलाई श्रम बैङ्कमा आबद्ध हुन गत भदौ पहिलो सातादेखि गरेको माग अनुसार सो सङ्ख्याको आवेदन परेको हो । आवेदन दिनेमा स्नातकोत्तर अध्ययन पूरा गरेकादेखि विभिन्न सिप तालिम लिएकासम्म रहेका छन् ।
जिल्लाको पचालझरना गाउँपालिका–७ र ८ को सिमाना पर्ने बयाल झरना ओझेलमा परेको छ। झरना हेर्न छिमेकी ठाउँबाट आउने गरेका छन्। तथापि यसको उचित प्रचारप्रसार हुन सकेको छैन। स्थानीय कृष्णबहादुर बमले झरनाका बारेमा पर्याप्त प्रचार हुन नसकेको बताउनुभयो।