पित्तथैली र पित्तवाहिनी नलीमा सिर्जना हुने कोलेस्टेरोल र क्याल्सियमको क्रिस्टल स्वरूप नै पित्तथैलीको पत्थरी हो । पित्तथैलीको पत्थरी आकारमा फरक हुन सक्छ । बालुवाको कणदेखि गल्फको बल जत्रो आकारमा पत्थरी बन्न सक्ने देखिएको छ । कलेजोले शरीरमा प्रवेश पाएको र उत्पन्न विष राम्ररी विघटन गर्न नसकेको सङ्केतका रूपमा पित्तथैलीको पत्थरीलाई बुझ्न सकिन्छ । यसैले यस समस्यालाई पत्थरीको तहमा मात्र सीमित राखेर हेर्नु उचित हुँदैन । कलेजोको कार्यकुशलतामा असर परेर शरीरमा दुष्प्रभाव पर्ने खतरालाई पनि साथसाथै हेर्नु पर्छ ।
इस्वी संवत्को १९६० को दशक आसपास काठमाडौँका ठाउँ विशेष गरी नयाँ सडक, इन्द्रचोक, झोँछे तथा वसन्तपुर आदिमा अनौठा स्वभावका मान्छे एकाएक देखा पर्न थाले । जिङ्रिङ्ग कपाल पालेका, खुकुला लुगा र बेलिबटम पाइन्ट लगाएका ती मान्छे समूहमा हिँड्थे । अन्य विदेशी पर्यटक जस्तो उनीहरू पैसा खर्च गर्दैनथे अर्थात् किफायती थिए । तिनको स्वभाव निकै अनौठो थियो । दिनभरि झोँछेलगायतका ठाउँमा खुलमखुला रूपमा बेचिने गरेको गाँजा र चरेस खाएर तिनीहरू लट्ठ परेका हुन्थे । बौद्ध र स्वयम्भूमा हुलका हुल घुम्न जान्थे । त्यता जाने क्रममा कतै ढुङ्गेधारा देखिएमा तिनीहरू निर्वस्त्र भएर नाङ्गै नुहाउँथे । यो देखेर नेपाल प्रहरीलाई उनीहरूलाई नियन्त्रणमा लिन निकै गाह्रो पथ्र्याे । यस्ता अनौठा स्वभाव भएका ती मान्छेको समूहलाई हिप्पी भनिन्थ्यो ।
उसले घडीमा आँखा लगायो सैँतिस मिनेटमा ल्यान्ड गरेछ विमान । “अरूभन्दा छिटो पु-याउँछ यो विमानले,” उसले मनमनै भन्यो । नभन्दै भद्रपुरबाट उडेको सैँतिस मिनेटमा काठमाडौँमा उत्रिएको थियो विमान ।
चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ ।
बिपी राजमार्ग र मदन भण्डारी राजमार्गको सङ्गमस्थल सिन्धुलीको भिमानमा सुविधासम्पन्न बसपार्क निर्माण सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको लगानीमा कमलामाई नगरपालिका–९, भिमानमा बसपार्क निर्माण भएपछि अव्यव
प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । त्यसअघि प्रधानमन्त्री दाहाललाई उहाँका चिनियाँ समकक्षी लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गर्नुभएको थियो ।
त्रिभुवन विश्वविद्यालयले निश्चित मापदण्ड तोकेर क्याम्पसको गुणस्तर वृद्धि गर्न ताकिता गर्न थालेपछि गुणस्तर सुनिश्चिताको दौडमा क्याम्पस व्यवस्थापन लागेका छन्। प्राध्यापक, शिक्षक अतिरिक्त समयको व्यवस्थापन गरेर आफ्नै क्याम्पस सुधारमा लागिपरेका छन्। त्रिभुवन विश्व विद्यालयका आङ्गिक, सम्बन्धन प्राप्त सामुदायिक र निजी क्याम्पसले पनि गुणस्तर सुधारलाई अभियानकै रूपमा निरन्तर लागिपरेका छन् । उच्च शिक्षको गुणस्तर र मापन र सहयोग गर्ने निकाय विश्व विद्यालय अनुदान आयोगको परामर्श, निर्देशन र सहयोगमा क्याम्पस गुणस्तर सुधारमा लागेका हुन् । गुणस्तर सुनिश्चितता प्रत्यायनलाई (क्युएए) प्राप्तिका लागि परेको क्याम्पसको भनाइ छ ।
नवलपरासीपूर्वमा विभिन्न जातजातिका नाममा साम्प्रदायिक झैझगडाका कारण विभिन्न घटना हुन नदिन यहाँका राजनीतिक दल र धार्मिक सङ्घ सङ्गठनले अपिल गरेका छन्। पछिल्लो समय धरानमा धर्म र जातका नाममा भएको घटना अन्य जिल्लामासमेत फैलन सक्ने भन्दै हल्लाका पछि नलागि सामाजिक सद्भाव कायम राख्न आग्रह गरिएको हो। साम्प्रदायिक घटनाले समाजलाई फाइदा नहुने बताइएको छ।
चितवनको नारायणगढ घर भएका सुधीर न्यौपाने हतारिँदै जिल्ला प्रहरी कार्यालय भरतपुरमा पुग्नुभयो । आफन्तलाई साथ लिएर जानुभएका न्यौपाने आफ्नो फेसबुक पेजमा अरू कसैले अश्लील तस्बिर
मनाङ जिल्ला प्रवेश नाकामा झुरुप्प बनेर बसेको तालगाउँ र झरनाको आकर्षण बढ्दै गएको छ। मनाङ जाने जो कोहीलाई यी दुई कृत्रिम तथा प्राकृतिक सौन्दर्यले स्वागत गर्छ। तालगाउँको आकर्षण त्यसमाथि डाँडामा मनै लोभ्याउने झरनाले जिल्ला प्रवेश गर्नासाथ स्वागत गरेको आभास हुन्छ। मस्र्याङ्दी नदीको किनारैमा रहेको गाउँलाई दुई झरनाको बिचबाट कलकल झरेको पानीले अझै सुन्दरता थपेको छ।
बागमती प्रदेश सरकारले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना प्रव्रिmया अगाडि बढाएको छ । प्रदेश उच्च शिक्षा ऐन २०७८ बनेको डेढ वर्षपछि प्रदेश सरकारले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालनका लागि प्रव्रिmया अगाडि बढाएको हो ।
सन् १९६० अप्रिल २८ मा नेपाल चीन शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएपछि निरन्तर भरोसापूर्ण मित्रका रूपमा नेपाल र चीनले सहयोग आदानप्रदान गरिरहेका छन् । संयुक्त राष्ट्रसङ्घमा अरूले के भन्लान् भन्ने पर्वाह नगरी एक चीनको पक्षमा उभिँदै उसलाई त्यो विश्व संस्थाका सदस्यता दिलाउन नेपालको भूमिका ऐतिहासिक महìवको छ । यस्तै नेपालको भौतिक पूर्वाधार विकासमा तत्कालीन गच्छे अनुसार, तेस्रो देशसँगको सम्बन्ध बिग्रेला कि भन्ने वास्ता नगरी चीनले सहयोग गरिरहेको छ । नेपाललाई हरेक अप्ठ्यारोका बेला सबभन्दा अगाडि सरेर सहयोगको हात बढाइरहेको छ । यतिखेर यही सहृदयी छिमेक
पुरानो भाषामा भन्दा सरकारी विद्यालयमा पढाउने शिक्षक अनायास सडक आन्दोलनमा उत्रिए । प्रतिनिधि सभामा प्रस्तुत शिक्षा विधेयक शिक्षक आन्दोलनको कारण बन्यो । सडक आन्दोलनले शिक्षकका अपेक्षा गरेभन्दा बढी माग पूरा भए होलान् । शिक्षा विधेयकमा उल्लेखित माग र प्रसङ्गलाई विषयान्तर गरेर पनि माग पूरा गर्न सरकार तयार भयो होला । त्यस अनुरूपका सहमति भए होलान् तर सरकारसँग जित्दै गरेका शिक्षक समाजसँग हारेका छन् । उनीहरूको सडक प्रदर्शनले राज
साँघुरो सडक, कालोपत्रे भत्किएर खाल्डैखाल्डा भएका कारण हिउँदमा धुलाम्मे र वर्षादमा हिलाम्मे हुनुपर्ने बाध्यता हटेकाले सर्वसाधारणमा उत्साह छाएको जानकी गाउँपालिकाका अगुवा पदमबहादुर धितालले बताउनुभयो ।
विवाह यस्तो सम्बन्ध हो, जुन मानवजातिको उत्पत्ति सँगसँगै स्थापित भएर आएको देखिन्छ । धर्मग्रन्थ अनुसार शिवशक्ति या ब्रह्मा र सरस्वतीको होस् या इभ र आदमको होस् परापूर्वकालदेखि नै यो सम्बन्ध स्थापित हुँदै आएको पाइन्छ । ऋषि सभ्यतामा छोरीलाई दक्ष र योग्य बनाएर मात्र विवाह गरिदिने चलन थियो । राजा महाराजा कुलकी