गृहमन्त्री बालकृष्ण खाणले बिहान खोटाङमा गएको ६ म्याग्निच्युडको भूकम्पबाट भएको क्षति र गर्नुपर्ने उद्धारबारे सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिनुभएको छ ।
स्याङ्जामा गत आर्थिक वर्ष २०७८÷७९ मा आठसय ९४ वटा नयाँ उद्योग थपिएका छन् ।
प्युठानमा जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। घटनास्थलमै एक र उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेट भएको छ ।
खोटाङको साकेला गाउँपालिका–५ मात्तिम बिर्ता केन्द्रबिन्दु बनाएर आज बिहान ८ बजेर १३ मिनेट जाँदा म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय, खोटाङले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुनुहुने भएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले गोरखापत्र अनलाइनलाई सो जानकारी दिनुभएको हो ।
नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य सुधारोन्मुख रहेको जनाइएको छ । समाजवादी नेताका रुपमा चिनिने गिरीका स्वकिय सचिव कृष्ण खनालले उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी दिनुभयो ।
कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा रु नौ अर्ब ५८ करोड २६लाख ५०हजार राजश्व सङ्कलन गरेको छ ।
मामुली कविले मामुली कविता लेख्छन् अनि अचाक्ली भ्रम पाल्छन् र आत्मरतिमा रमाइरहन्छन् । खतरनाक त गैरमामुली कविहरू पो हुन्छन् । जसका कविता पनि उतिक्कै गैरमामुली हुन्छन् । एक त्यस्तै गैरमामुली कवि हुन् पाब्लो नेरुदा । उनले दुनियाँ छाडेको नै आज पाँच दशक पुग्न लागिसकेको छ र पनि उनको असर भने अझै यस्तो छ, मानौँ उनी अहिले पनि यही दुनियाँमा छन्, यतै कतै छन् ।
२०७९ साल जेठ १३ गते उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सार्वजनिक महìवको वक्तव्यका क्रममा दिएको अभिव्यक्तिका कारण प्रतिनिधि सभामा गतिरोध उत्पन्न भयो। प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीमाथि असंसदीय भाषामा अप्रमाणित आरोप लगाएको भन्दै नेकपा (एमाले)का सांसदले शब्द रेकर्डबाट हटाउन माग गरे।
डडेल्धुराको नवदुर्गा गाउँपालिकाको डोजरको वार्षिक आम्दानीभन्दा खर्च २० गुणा बढी देखिएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ सालको वार्षिक प्रतिवेदनमा यस्तो देखिएको हो ।
गायक सञ्जीवसिंह राना मोफसलबाटै नेपाली साङ्गीतिक क्षेत्रमा जम्न सफल हुनुभएको छ । विभिन्न साङ्गीतिक प्रतियोगितामा भाग लिएर प्रतिस्पर्धा गर्न सक्ने क्षमता प्रदर्शन गर्ने गायक राना गीतहरुले दर्शक, स्रोताको मन जित्न सफल भएको छ ।
एनआईसी एसिया बैङ्कले अब नगद सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवाको शुभारम्भ गरेको छ । यो नयाँ सेवामार्फत अब ग्राहकले यो मेसिनको प्रयोग गरी सहज रूपमा आफ्नो वा अन्यको खातामा नगद रकम जम्मा गर्न सक्ने बैङ्कले जनाएको छ । यो मेसिनको प्रयोग गर्दा फारामबिना खाता नम्बरका आधारमा रकम जम्मा गर्न सक्ने व्यवस्था बैङ्कले गरेको हो । यो मेसिनबाट एक जना ग्राहकको खातामा एक पटकमा अधिकतम ९९ हजार पाँच सय रुपियाँ गरी दैनिक अधिकतम नौ लाख ९९ हजार पाँच सय रुपियाँसम्म नगद जम्मा गर्न सकिने व्यवस्था रहेको छ ।
ग्लोबल आईएमई बैङ्कले लमजुङको मध्यनेपाल नगरपालिका–३, सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैङ्कले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैङ्किङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै भोर्लेटार शाखाको मातहतमा रहने गरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
उद्योग, वाणिज्य तथा आपूूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिने गरी कुनै तयारी नभएको बताउनुुभएको छ । नेपाल एलपी ग्यास उद्योग सङ्घको २७औँ वार्षिक साधारण सभामा शनिबार मन्त्री बडूले पेट्रोलियम पदार्थको आपूर्ति निजी क्षेत्रको सहभागितामा भइरहेकाले निजीकरण हुने विषय हल्ला मात्र भएको बताउनुुभएको हो । “नेपाल आयल निगमले गर्दै आएको कारोबारलाई हस्तक्षेप गरेर निजी क्षेत्रलाई खुला गरिँदैन । यस क्षेत्रलाई देखिएका समस्यालाई सुधार गर्दै जानुपर्छ,” मन्त्री बडूले भन्नुुभयो ।