काठमाडौं, असोज ५ गते । सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच वार्ता जारी रहेको हो ।
शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले शुक्रबार अपराह्नदेखि उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा वार्ता जारी रहेको जानकारी दिनुभयो । वार्तामा शिक्षामन्त्री अशोक राई, कानुनमन्त्री धनराज गुरुङ, शिक्षा सचिव सुरेश अधिकारीसहित गृह, अर्थ र कानुन मन्त्रालयका सचिवहरु सहभागी हुनुहुन्छ ।
यसअघि बिहीबार सरकार र शिक्षकबीच दुई चरणमा छलफल भएको थियो ।
यही असोज ३ गतेदेखि विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक नेपाल शिक्षक महासङ्घ १८ बुँदे माग राख्दै आन्दोलनमा छ ।