सहरको व्यस्त र कोलाहलपूर्ण जीवनबाट शान्तिसँगै पहाडी जीवनको प्राकृतिक सुन्दरतामा रमाउनेको अहिले रोजाइ बन्ने गरेको छ, छिल्लीकोटमा रहेको मल्लागिरि सामुदायिक होमस्टे ग्राम। प्राकृतिक वातावरणमा रमाउने, स्थानीय खानपानको स्वाद लिनेसँगै दाङ उपत्यका र पहाडी क्षेत्रको अवलोकनका लागि समेत छिल्लीकोट उपयुक्त गन्तव्य बन्दै गएको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका लागि वित्तीय समानीकरण अनुुदानको सीमा घटाएको छ । आयोगले प्रदेश र स्थानीय तह दुवैका लागि वित्तीय समानीकरण अनुदान घटाएको हो । आयोगले आव २०८०/८१ का लागि प्रदेशमा ५८ अर्ब ६६ करोड ७५ लाख रुपियाँ वित्तीय सामानीकरण अनुुदान सङ्घीय सरकारलाई सिफारिस गरेको छ । आयोगले चालु आर्थिक वर्षका लागि ६१ अर्ब ४३ करोड २१ लाख रुपियाँ वित्तीय समानीकरण अनुुदानका लागि सिफारिस गरेको थियो । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि वित्तीय समानीकरण अनुुदान दुई अर्ब ७६ करोड ४६ लाख रुपियाँ कमी हो ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आमसञ्चार विधेयक पत्रकारमैत्री बन्नका लागि केही समय पर्खिनुपर्ने बताउनुभएको छ। अनलाइन पत्रकार सङ्घ, गण्डकी प्रदेशको तेस्रो साधारण सभामा उहाँले सो कुरा बताउनुभएको हो। “कानुन बनाउनका लागि मात्र बनाएर अर्थ छैन, केही समय पर्खनुहोस्। आमसञ्चार विधेयक पत्रकारमैत्री बनाउनेछौँ,” उहाँले भन्नुभयो। मुख्यमन्त्री अधिकारीले पत्रकार पत्रकारजस्तै हुनुपर्ने धारणा राख्नुभयो। “पत्रकार विज्ञापन उठाउन जानुहुँदैन। पत्रकारको काम समाचार लेख्ने हो। आफ्नो सीमामा बसियो भने बल्ल काममा गुणस्तर आउँछ,” उहाँले भन्नुभयो। अनलाइनसम्बन्धी जानकारी सबैमा नहुँदा समस्या आएको उहाँले बताउनुभयो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ–१ को उपनिर्वाचनमा आफूले उम्मेदवार दिने बताउनुभएको छ। आँबुखैरेनी बजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले जिल्लाको सबैभन्दा सिनियर नेता भएकाले पार्टीले आपूmलाई नै टिकट दिने दाबी गर्नुभयो।
कर्णालीका १० जिल्लामा औद्योगिक ग्राम बनाउने योजना अलपत्र परेको छ । आव २०७६÷७७ मा सङ्घीय सरकारले एक स्थानीय तह एक औद्योगिक ग्राम सञ्चालनमा ल्याउने योजनासहित औद्योगिक ग्राम बनाउने घोषणा गरेको थियो । स्थानीय तहले औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएपछि भौतिक संरचना निर्माण गर्ने गरी रकम व्यवस्थापन गर्ने सङ्घीय सरकारले जनाइएको थियो । छरिएर रहेका उद्योगलाई एकै स्थानमा समेटी स्थानीय स्रोतसाधन, कच्चा पदार्थ, प्रविधि र सीप प्रयोग गरी स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले निर्माण गर्ने सङ्घीय सरकारको योजना हो ।
मधेश प्रदेश सरकारले सञ्चालन गरेको छोरी शिक्षा बीमा कार्यक्रमबाट यहाँका २५ हजार छोरी वञ्चित भएका छन्। मधेशका २५ हजार छोरीको बीमा फाराम भरेको करिब दुई वर्ष भइसक्दा पनि हालसम्म प्रक्रिया अगाडि बढ्न सकेको छैन। मधेश प्रदेशमा मुख्यमन्त्री ‘‘बेटी पढाऊँ बेटी बचाऊँ’’ कार्यक्रमअन्तर्गत जन्मिएका छोरीलाई सरकारले छोरी शिक्षा बीमा/मुद्दती बचत कार्यक्रम गर्दै आएको छ। सुरुमा मुख्यमन्त्री कार्यालय मातहतबाट सञ्चालन भइरहेको यो कार्यक्रमका बारेमा चेतनामूलक शिविर नै सञ्चालन गरिएको कार्यक्रम संयोजक प्रियङ्का यादवले जानकारी दिनुभयो। शिविरबाट २५ हजार बालिकाको बीमा फाराम भरेर सम्बन्धित स्थानीय तहमा राखिएको थियो। ती फारामको हालसम्म बीमा गर्ने वा नगर्ने बारे कुनै निर्णय नै नभएको उहाँले बताउनुभयो।
मध्यपहाडी लोकमार्गको धनकुटा खण्ड अन्तर्गत सबैतिर सडक निर्माणकार्य पूरा हुँदा पनि माङ्गमायादेखि वरडाँडासम्म तीन किलोमिटर सडक भने अझै पूरा हुन सकेको छैन। अन्यन्त्र सबै ठाउँमा सडक निर्माण भएको सात वर्ष बित्न लाग्दासमेत यो क्षेत्रमा भने काम भएको छैन।
सल्यानको सिद्ध कुमाख ३ हुँदै प्रदेश राजधानी सुर्खेत जोड्ने ढोरचौर– छापडाँडा–डाँडाकटेरी– मैदुपोखरी– सल्लीबजार सडकको स्तरोन्नतिको काम सुरु भएको छ । ट्याक खोलेको झन्डै १५ वर्षपछि स्तरोन्नतिको काम सुरु भएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुराना आयोजना चाँडो सक्न र नयाँलाई उत्पादनसँग जोड्न निर्देशन दिनुभएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा विभिन्न स्थानीय तहका प्रमुखहरूको बैठकमा मुख्यमन्त्री कार्कीले यस्तो निर्देशन दिनुभएको हो।
प्रभु बैङ्कको दिक्तेल शाखाका प्रबन्धक होमराज खतिवडा ग्राहकसँग करोडौँ रुपियाँ सापटी लिएर फरार भएका छन् । प्रभु बैङ्कमा कारोबार गरिरहेका दर्जनौँ व्यक्तिसँग उक्त रकम सापटी लिएर एक महिनादेखि खतिवडा फरार रहेका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङ घर भएका खतिवडा फागुन १ गतेदेखि सम्पर्कविहीन भएका हुन् । खतिवडा सम्पर्कविहीन बनेपछि पैसा सापटी दिनेहरू अत्तालिएका छन् ।
सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको हो । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कृषि तथा पशुपक्षी विकास मन्त्रालयमार्फत कृषकलाई उपलब्ध गराइँदै आएको रासायनिक मलमा अनुदानको दरमा कटौती गर्ने निर्णय हाललाई कार्यान्वायन नगर्ने निर्णय भएको जानकारी दिनुभयो ।
सल्यानको एउटा सरकारी विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालय भवन निर्माण गरेको रकम भुक्तान नभएको भन्दै चार दिन पहिले देखि लागेको ताला नखुल्दा पठनपाठन हुन सकेको छैन ।
सरकारले नेपाल प्रहरीका पाँच जना अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको सिफारिस सदर गर्दै बढुवा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण वज्राचार्यलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै नेपाल प्रहरीमा पहिलो पटक महिला प्रहरी अधिकारी आईजीपीको प्रतिस्पर्धी बन्नुभएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास कार्यालय, कालीकोटका निमित्त कार्यालय प्रमुख भरतबहादुर बस्नेतसहित १२ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सिमनाथ कृषि विकास सहकारी संस्था लिमिटेड, रास्कोट–३ मा उच्च प्रविधियुक्त नर्सरी स्थापनाका लागि उपलब्ध गराएको सरकारी अनुदानको पेस्की रकम सम्झौताअनुसार काम नगरी रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरिएको हो। बस्नेतले कृषि ज्ञान केन्द्र कालीकोटको निमित्त प्रमुख रहेका बेला उक्त रकम हिनामिना गरेको आयोगको दाबी छ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । चैत ५ गते सम्पन्न भएको निर्वाचनको मतगणना उपत्यकाबाहिरका केही क्याम्पसमा जारी रहे पनि उपत्यकामा निर्वाचन भएका १५ वटै आङ्गिक क्याम्पसमा मतगणना सम्पन्न भएको छ।