विगतका वर्षमा जस्तै यस वर्ष पनि ५९ औँ बाल दिवस ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसरी नै हरेक वर्ष बाल दिवस मनाइँदै आए पनि राज्यले बालबालिकालाई केन्द्रमा राखेर शिक्षा नीति निर्माण गर्न सकेको छैन, उनीहरूको सर्वाङ्गीण विकासमा ध्यान गएको देखिँदैन । बालबालिकाको विकास दुई प्रकारले हुन्छ– एउटा शारीरिक विकास र अर्को मानसिक वा आत्मिक विकास । शारीरिक विकासका लागि खानपानको आवश्यकता पर्छ भने आत्मिक वा मानसिक विकासका लागि कला, साहित्य, सङ्गीतको आवश्यकता पर्छ ।
नेपालको संविधान दिवसको अवसरमा लन्डनस्थित नेपाली दूतावासले एक कार्यक्रमसहित राष्ट्रिय दिवस मनाएको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर छ। साथै बङ्गालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ।
वीरेन्द्रनगर नगरपालिकाले भारतको केरलाबाट प्रतिबिरुवा १० हजार रुपियाँ मूल्य तिरी पाम ट्रीका बिरुवा ल्याएर सडक किनारमा रोपेको छ। सडक विस्तारका क्रममा सडक किनारका रुख काट्नु परेपछि भारतबाट १२ वर्ष उमेरका बिरुवा ल्याएर रोप्नु परेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताउनुभयो।
ताँजाकोट गाउँपालिका–३, मासपुरका बासिन्दाले जग्गा नापजाँच भएको ३० वर्षपछि लालपुर्जा पाएका छन्। दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका–३ को मासपुर गाउँकी बिरकला बुढाले जग्गा नापी भएको ३० वर्षपछि लालपुर्जा पाएको बताउनुभयो। यसअघि एक जनाले मात्र लालपुर्जा पाएकोमा अहिले गाउँका २४ घरधुरीले लालपुर्जा प्राप्त गरेका छन्। मालपोत कार्यालयबाट कर्मचारी नजाने र स्थानीय पनि लालपुर्जा लिन सदरमुकाम नआउने हुँदा मासपुरवासी लालपुर्जा पाउनबाट वञ्चित हुँदै आएका थिए। लालपुर्जा वितरण गर्न मालपोत कार्यालयबाट कर्मचारी खटिएका थिए।
गुल्मीको धुर्कोट र इस्मालाई जोड्ने झोलुङ्गे पुल निर्माण भएसँगै विचित्र गुफा हेर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। इस्मा गाउँपालिका–६ र धुर्कोट गाउँपालिका–५, बस्तु जोड्ने गरी पुल निर्माण भएपछि बस्तुमा रहेको पर्यटकीय स्थल विचित्र गुफा हेर्न आउनेको सङ्ख्या बढेको हो।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपाली हस्तकला वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सके सजिलै विदेशी मुद्रा आर्जन गर्न सकिने बताउनुभएको छ । नेपाल हस्तकला महासङ्घद्वारा मङ्गलबार ललितपुरमा आयोजित ‘हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधान’ छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मौलिक कला, संस्कृति र सम्पदाको झल्को विदेशसम्म उपहारका रूपमा पु¥याउन सके नेपाली सिप र कलाको उत्कृष्टताको पहिचान उजागर गरी विदेशी मुद्रा नेपालमा भित्र्याउन सकिने बताउनुभएको हो ।
संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधबार भेटघाट भएको छ ।
वैदेशिक रोजगार विभागले जर्मनीमा नेपाली सहायक श्रमिकको माग भएको भन्ने भ्रमपूर्ण सूचना केही दिनदेखि सामाजिक सञ्जालमा लगातार प्रकाशित भएकाले त्यस्ता भ्रमपूर्ण सूचनाको विश्वास नगर्न आग्रह गरेको छ । विभागले सामाजिक सञ्जालमा आएका त्यस्ता सूचनाहरू भ्रमपूर्ण र झुटा भएकाले त्यस्ता सूचनाबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको हो ।
मुस्ताङ जिल्लाको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई लेक लागेमा त्यहीँ नै उपचार गर्ने व्यवस्था गरिएको छ। हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१, मुक्तिनाथ मन्दिरमा ‘हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’ (मुक्तिनाथ स्वास्थ्य सेवाश्रम अस्पताल) स्थापना भएपछि भक्तजनलाई सहज भएको छ। मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकलाई समस्या भएमा आकस्मिक उपचार गर्न सहज भएको छ। गत पुस महिनादेखि मुक्तिनाथ मन्दिरमा सेवाश्रम स्थापना गरिएको हो।
आर्थिक गतिविधि सङ्कुचित हुँदा विस्तार हुन नसकेको अर्थतन्त्रमा सुधारका सङ्केत देखा परेको प्रक्षेपण गरिएको छ । एसियाली विकास बैङ्क (एडिबी) ले बुधबार सार्वजनिक गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक’ ले नेपालको अर्थतन्त्रमा सुधार हुने प्रक्षेपण गरेको हो । जस अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालले ४.३ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने अनुमान गरिएको छ । यो अनुमान गत आर्थिक वर्षको १.९ प्रतिशतको वृद्धिदरभन्दा माथि हो ।
निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली चलचित्र ‘मायावी’ मा अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित हुनुभएको छ । चलचित्रका लागि मुख्य नायिकामा दीपिका प्रसार्ईं र मुख्य नायकमा पल शाह तथा सुशील सिटौला र अभिनेतृ करिश्मा श्रेष्ठ अनुबन्धित भइसक्नुभयो ।