• १५ असार २०८१, शनिबार

दराज महाबचत बजार

blog

काठमाडौँ, साउन ९ गते । दराज कम्पनीले आफ्नो वार्षिक अभियान दराज महाबचत बजार सुरु भएकोे घोषणा गरेको छ । ग्राहकलाई दराजमा किनमेल गर्दा ६० प्रतिशतसम्म छुट र अनलाइन प्री पेमेन्टमा एक हजार पाँच सय छुटको व्यवस्था गरेको छ । सो सेवा आइतबारदेखि सुरु भएको कम्पनीले जनाएको छ । डेबिट कार्डबाट प्री पेमेन्ट गरेमा १० प्रतिशत र क्रेडिट कार्डबाट प्री पेमेन्ट गरेमा १२ प्रतिशतसम्म छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

नेपाल इन्भेस्टमेन्ट बैङ्क लिमिटेड, सानिमा बैङ्क, माछापुच्छ्रे बैङ्क, एभरेस्ट बैङ्क, बैङ्क अफ काठमाण्डू, नेपाल बैङ्क, मुक्तिनाथ विकास बैङ्क, ज्योति विकास बैङ्क र एनसीसी बैङ्कका कार्डवाहकले छुटको सुविधा लिन सक्ने कम्पनीले जनाएको छ । वालेटमार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशतसम्म छुटको व्यवस्था पाउनेछन् ।