• १५ असार २०८१, शनिबार

लोकोन्याभ बजारमा

blog

काठमाडौँ, साउन ९ गते । सिप्रदी ट्रेडिङ प्रालिले लोकोन्याभ नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । लोकोन्याभ उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन हो, जसले गाडीलाई प्रभावकारी रूपले व्यवस्थापन गर्न मद्दत पु-याउने गरेको प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताउनुभयो । 

गाडीको ट्र्याकिङ, इन्धन सुपरिवेक्षण र भिडियो टेलिम्याट्रिक्सजस्ता प्रयोजनका लागि लोकोन्याभ अन्यन्त उपयुक्त रहेको प्रालिले दाबी गरेको छ । लोकोन्याभ एक यस्तो सफ्टवेयर कम्पनी हो, जुन विश्वका उदीयमान एवं गतिशील बजारहरूका चालक एवं गाडीधनीको फ्लिट म्यानेजमेन्टको पहुँचलाई सरल बनाउने गर्दछ । विश्वका ५० भन्दा मुलुकमा उपस्थिति भएको लोकोन्याभ एउटै प्लेटफर्मबाट गाडी सञ्चालनको प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ ।