• ७ जेठ २०८१, सोमबार

‘हुलाक टिकटले देशको सभ्यता जोगाएको छ’

blog

कास्की समाचारदाता

कास्की, साउन ९ गते  । गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापाले हुलाक टिकटले देशको सभ्यता झल्किने बताउनुभएको छ। पश्चिमाञ्चल फिलाटेलिक सोसाइटीले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले हुलाक टिकटमार्फत देश चिनाउन सफल भएको बताउनुभएको हो।  

“कला संस्कृतिको संरक्षण गर्दै ऐतिहासिक महìवका विषयवस्तुलाई टिकटमार्फत झल्काउनु आफैँमा महìवपूर्ण काम हो। पश्चिमाञ्चल फिलाटेलिक सोसाइटीले ऐतिहासिक महìव बोकेका टिकटहरूलाई सङ्कलन गरी संरक्षण गरेको काम प्रशंसनीय छ,” उहाँले भन्नुभयो। 

मन्त्री थापाले हुलाक टिकटको सङ्ग्रह गर्दा पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने विश्वास लिनुभएको छ। देश विदेशका विभिन्न टिकटलाई सङ्कलन गरी त्यसको महìव दर्शन गरी सङ्ग्रहालयको निर्माण गर्नुपर्ने र पर्यटक आकर्षणको नयाँ गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभएको छ। 

पश्चिमाञ्चल फिलाटेलिक समाजले गरेका कामप्रति गण्डकी सरकारसमेत साथमा रहेको प्रतिबद्धता मन्त्री थापाको छ। उहाँले प्रदेश सरकार हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो।  कार्यक्रममा प्राध्यापक डा. यामबहादुर पौडेलले सोसाइटीले विश्वभरको सभ्यतालाई संरक्षण गर्ने दायित्वका साथ अगाडि बढिरहेको देख्दा खुसी लागेको बताउनुभयो। 

जिल्ला प्रशासन कार्यालय कास्कीका साहयक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले हुलाकका टिकटले देश बोकिरहेको बताउनुभयो। डा. कुश्माकर न्यौपानेले सतकर्म गरेर जिउनु नै मानवीय धर्म भएको उल्लेख गर्दै तिरस्कार गरिएका चिजहरूलाई जोगाउने कार्य आफैँमा महत्त्वपूर्ण भएको बताउनुभयो। 

क्षेत्रीय हुलाक निर्देशनालयकी साधना श्रेष्ठले टिकटले सामाजिक, सांस्कृतिक, प्राकृतिक गतिविधिलाई सजीव राख्ने काम गरिरहेको अभिव्यक्ति दिनुभयो। प्राध्यापक डा. इन्द्रप्रसाद तिवारीले हुलाकका टिकटमा नै देशको पहिचान रहेको हुँदा यसको संरक्षण गर्ने दायित्व सबैको भएको उल्लेख गर्नुभयो।