• २१ फागुन २०८२, बिहिबार

किरिया बसेका दिपेन्द्र रानाले गर्नुभयो मतदान

blog

बागलुङको काठेखोला गाउँपालिका–३, धम्जा निवासी किरियापुत्री दिपेन्द्र रानाले मतदान गर्नुहुँदै । तस्बिर सौजन्यः पत्रकार दिल श्रीस

नवराज नेपाली

बागलुङ (गलकोट), फागुन २१ गते। प्रतिनिधि सभा सदस्यको लागि बागलुङको काठेखोला गाउँपालिका–३, धम्जा निवासी किरियापुत्री  दिपेन्द्र रानाले मतदान गर्नुभएको छ ।

उहाँले  बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत पर्ने काठेखोला गाउँपालिका–३ पर्ने  लक्ष्मी माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । 

उहाँका आमा शसिकला रानाको ७ दिनअघि निधन भएको थियो। त्यसैले राना हाल किरिया बसेको अवस्थामा मतदानमा सहभागी हुनुभएको हो ।