• २१ फागुन २०८२, बिहिबार

सल्यानमा ३७ प्रतिशत बढी मतदान, सबैभन्दा बढी सिद्धकुमाखमा

blog

मतदान गर्दै मतदाता ।

शंकर केसी

सल्यान, फागुन २१ गते । सल्यानमा हालसम्म ३७ प्रतिशत बढी मतदान भएको छ ।

जिल्ला निर्वाचन कार्यालय सल्यानको पछिल्लो अपडेट अनुसार दिउँसो सवा तीन बजेसम्म स्थायी र अस्थायी मतदाता गरी कुल एक लाख ६६ हजार ७४१ मतदातामध्ये ६२ हजार ३४० जनाले मतदान गरेका छन् ।

स्थायी मतदातातर्फ एक लाख ६४ हजार ५९५ मध्ये ६२ हजार २६१ जनाले मत हाल्दा ३७.८३ प्रतिशत मतदान भएको छ । 

अस्थायीतर्फ करागार कार्यालय सल्यानका १९ जना मतदातामध्ये सबैले मतदान गरेका छन् भने जिल्ला अदालतको खुला चौर (क) मा एक हजार ८० मध्ये ४७ र (ख) मा एक हजार ४७ मध्ये १३ जनाले मत प्रयोग गरेका छन् ।

१० वटा स्थानीय तहका मतदान केन्द्रहरुमा ६२ हजार २६१ मत खसेको छ । पालिकामध्ये सिद्धकुमाख गाउँपालिकामा सबैभन्दा बढी ५५.६६ प्रतिशत मतदान भएको छ । यहाँ आठ हजार ८४८ मतदातामध्ये चार हजार ९२५ जनाले मत हालेका छन् ।

त्यस्तै कालिमाटी गाउँपालिकामा ५३.६९ प्रतिशत (१५ हजार ५५३ मध्ये ८ हजार ३५०) र शारदा नगरपालिकामा ४९.९३ प्रतिशत (२६ हजार ९६४ मध्ये १३ हजार ४६२) मतदान भएको छ ।

छत्रेश्वरी गाउँपालिकामा ४०.२२ प्रतिशत (१६ हजार १३७ मध्ये ६ हजार ४९१), कपुरकोट गाउँपालिकामा ३७.२४ प्रतिशत (१२ हजार २२५ मध्ये ४ हजार ५५३) र त्रिवेणी गाउँपालिकामा ३५.९१ प्रतिशत (११ हजार ८५९ मध्ये ४ हजार २५८) मतदान भएको छ ।

नगरपालिकातर्फ बनगाड कुपिण्डे नगरपालिकामा ३०.९३ प्रतिशत (२२ हजार ४९ मध्ये ६ हजार ८२०) र बागचौर नगरपालिकामा ३२.७० प्रतिशत (२३ हजार १२६ मध्ये ७ हजार ५६३) मत खसेको छ ।

सबैभन्दा कम मतदान दार्मा गाउँपालिकामा १९.१६ प्रतिशत मात्र भएको छ । यहाँ १२ हजार ४९७ मतदातामध्ये दुई हजार ३९५ जनाले मतदान गरेका छन् । कुमाख गाउँपालिकामा २२.४६ प्रतिशत (१५ हजार ३३७ मध्ये ३ हजार ४४४) मत खसेको छ ।

मतदान कार्य शान्तिपूर्ण रूपमा जारी रहेको र तोकिएको समयसम्म मतदाताको सहभागिता अझ बढ्न सक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।